श्रीमानमाथि घडी बेचेको आरोप लगाउदै अलग्गिइन् सोफिया

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २२, २०७५
|
|
१९ पटक हेरिएको
Shares
श्रीमानमाथि घडी बेचेको आरोप लगाउदै अलग्गिइन् सोफिया

सारांश

  • मोडलबाट नन बनेकी सोफिया हयात विवाहको एक वर्षपछि श्रीमानसँग अलग्गिएकी छिन् ।
  • उनले श्रीमानलाई धोका दिएको भन्दै घरबाट निकालेकी छिन् ।
  • सोफियाले श्रीमानमाथि इन्गेजमेन्टको औंठी र घडी बेचेको आरोप लगाएकी छिन् ।

मोडलबाट नन बनेकी सोफिया हयात विवाहको एक वर्षपछि श्रीमानसँग अलग्गिएकी छिन् ।

उनले श्रीमानलाई धोका दिएको भन्दै घरबाट निकालेकी छिन् । सोफियाले श्रीमानमाथि इन्गेजमेन्टको औंठी र घडी बेचेको आरोप लगाएकी छिन् ।

श्रीमानको धोकाले सोफिया निकै दुःखी भएको देखिन्छिन् । उनले इन्स्टाग्राममा एउटा भिडियो पोष्ट गरेकी छिन् जसमा उनी क्वाँक्वाँ रोइरहेको देखिन्छिन् ।

सोफियाले रुँदै ब्रेकअपसँग डील गर्न निकै गाह्रो भएको बताउँछिन् । उनी भन्छिन्, ‘एउटै समयमा श्रीमान र बच्चा गुमाउनु ठूलो पीडा हो । मैले यो कुरा सार्वजनिक गर्नुको कारण यो हो कि म उसलाई पाठ पढाउन चाहन्छु । यी सबै कुरा सहन निकै गाह्रो भइरहेको छ । केही चमत्कार भइदिए हुन्थ्यो र चाँडै नै यो समय बिते हुन्थ्यो । म भ्लादलाई घृणा गर्दिनँ तर उनले जे गरे त्यसपछि उनी मेरो जीवनबाट अलग्गिएकै राम्रो ।’

आफ्नो इन्स्टामा सोफियाले मेसेज पनि पोष्ट गरेकी छिन् । जसमा लेखिएको छ, ‘म तिमीलाई माफ गरिदिन्छु तर तिम्रो लागि होइन, मेरै लागि । म आफ्नो मनमा रिस पाल्न चाहन्नँ । म तिमीलाई माफ गर्छु किनभने कसैलाई घृणा गर्नु भनेको ती व्यक्तिलाई आफूसँग होल्ड गर्नु हो । म तिमीसँग कुनै सम्बन्ध राख्न चाहन्नँ ।’

एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?