एमाले अध्यक्ष ओलीबाट भूकम्प प्रभावित विद्यार्थीलाई साइकल बितरण

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १७, २०७४
|
|
५१ पटक हेरिएको
Shares
एमाले अध्यक्ष ओलीबाट भूकम्प प्रभावित विद्यार्थीलाई साइकल बितरण

सारांश

  • मदन भण्डारी मेमोरियल फाउन्डेसनको आयोजना र मदन भण्डारी स्पोर्टस एकेडेमीको व्यवस्थापनका आज यहाँ आयोजित कार्यक्रममा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाका वडा नं १, २ र ३ का भूकम्प प्रभावितका ३०० विद्यार्थीलाई साइकल हस्तान्तरण गरिएको छ ।
  • नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रमबीच ती साइकल हस्तान्तरण गर्नुभएको हो ।
  • अध्यक्ष ओलीले नेपाल र चीनबीच सरकार र जनस्तरमा कायम रहँदै आएको सम्बन्धबारे चर्चा गर्दै भूकम्पपछिको अवस्थामा नेपाललाई चीनबाट प्राप्त सहयोगको सराहना गर्नुभयो ।

मदन भण्डारी मेमोरियल फाउन्डेसनको आयोजना र मदन भण्डारी स्पोर्टस एकेडेमीको व्यवस्थापनका आज यहाँ आयोजित कार्यक्रममा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाका वडा नं १, २ र ३ का भूकम्प प्रभावितका ३०० विद्यार्थीलाई साइकल हस्तान्तरण गरिएको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रमबीच ती साइकल हस्तान्तरण गर्नुभएको हो ।

अध्यक्ष ओलीले नेपाल र चीनबीच सरकार र जनस्तरमा कायम रहँदै आएको सम्बन्धबारे चर्चा गर्दै भूकम्पपछिको अवस्थामा नेपाललाई चीनबाट प्राप्त सहयोगको सराहना गर्नुभयो । उहाँले सो सहयोगलाई भावनात्मक सहकार्यका रुपमा लिई आफ्नो उच्च शिक्षाको पढाइ पूरा गर्न विद्यार्थीहरुलाई सुझाव पनि दिनुभयो ।

एमाले काभ्रेका पूर्व जिल्ला अध्यक्ष गोकुल बास्कोटाले प्राप्त सहयोगका लागि चिनियाँ संस्थाप्रति आभार व्यक्त गर्नुभयो ।

मदन भण्डारी फाउन्डेसनका महासचिव डा राजन भट्टराईले चीन र अन्य देशका सामाजिक संस्थाहरुसँग फाउन्डेसनले सहकार्यका दायरा बढाउने बताउनुभयो ।

एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले वितरण हुन बाँकी विद्यार्थीका साइकल आगामी साउन २ गते बनेपामा हुने कार्यक्रममा हस्तान्तरण गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंको आजको तापक्रम यो वर्षकै कम
काठमाडौंको आजको तापक्रम यो वर्षकै कम
निजी क्षेत्रलाई आफ्नो दायरमा ल्याउने पर्ने अख्तियारको प्रस्तावमा समिति अनिर्णीत
निजी क्षेत्रलाई आफ्नो दायरमा ल्याउने पर्ने अख्तियारको प्रस्तावमा समिति अनिर्णीत
प्रदेश २ मा पूर्वमाओवादीको झगडा, नेपालभन्दा ओली बलियो
प्रदेश २ मा पूर्वमाओवादीको झगडा, नेपालभन्दा ओली बलियो
युवा संघ नेपालको केन्द्रीय कार्यालयमा सयौं युवाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा  प्रवेश .
युवा संघ नेपालको केन्द्रीय कार्यालयमा सयौं युवाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा  प्रवेश .
विवाह गरेर फर्कदै गर्दा  बेहुला बेहुली इन्स्पेक्टर दम्पतीसहित सातको मृत्यु !
विवाह गरेर फर्कदै गर्दा बेहुला बेहुली इन्स्पेक्टर दम्पतीसहित सातको मृत्यु !
रित्तो जिन्दगी..
रित्तो जिन्दगी..
नबिल बैंकले माग्यो ८९ जना कर्मचारी
नबिल बैंकले माग्यो ८९ जना कर्मचारी
विवेकशिल नेपाली र साझा पार्टीबीच भोली पार्टी एकता हुने
विवेकशिल नेपाली र साझा पार्टीबीच भोली पार्टी एकता हुने
सत्ताबाट हटाउने प्रयास विफल पार्न ओलीले तयार गरेका यी अस्त्र
आईजीपी नियुक्ति विवादबारे सर्वोच्चले आज फैसला गर्दै
आईजीपी नियुक्ति विवादबारे सर्वोच्चले आज फैसला गर्दै