आज प्रधानमन्त्री देउवाको सम्बोधन सहित राजिनामा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ३, २०७४
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ३ फागुन – प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहिबार राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने भएका छन् ।
  • देउवाले आज बिहान ९ बजे मन्त्रिपरिषद्को अन्तिम बैठक बोलाएका छन् ।
  • अन्तिम मन्त्रिपरिषद्को बैठकलगत्तै प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।

काठमाडौं, ३ फागुन – प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहिबार राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने भएका छन् ।

देउवाले आज बिहान ९ बजे मन्त्रिपरिषद्को अन्तिम बैठक बोलाएका छन् । अन्तिम मन्त्रिपरिषद्को बैठकलगत्तै प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् । ‘प्रधानमन्त्रीज्यूले बिहीबार बिहान ९ बजे मन्त्रिपरिषद्को अन्तिम बैठक बोलाउनुभएको छ, त्यसलगत्तै राष्ट्रका नाममा सम्बोधन गरेर नयाँ सरकारका लागि मार्गप्रशस्त गर्नुहुनेछ,’ परियारले भने ।

हिजो बेलुका निर्वाचन आयोगले प्रतिनिधिसभाको मतपरिणाम सहितको सांसदको नामावली राष्ट्रपतिलाई बुझाइसकेको छ । आयोगले बुधबार प्रतिनिधिसभामा निर्वाचित सांसदको सूची राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार बनाउने प्रक्रिया स्वतः अघि बढेको छ । देउवाले हिजो बुधबार नै राजिनामा दिने बताइएपनि आयोगले राष्ट्रपतिलाई मत परिणाम ढिलो बुझाएका कारण नदिएका हुन् ।

देउवा करिब साढे आठ महिना अघिदेखि प्रधानमन्त्री छन् । कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्वपछि देउवा चौथो पटक गत जेठ २३ गते मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?