चुडामणि शर्माको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले आज बृहद पूर्ण इजलासमा सुनुवाई गर्दै..

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ८, २०७४
|
|
५६ पटक हेरिएको
Shares
चुडामणि शर्माको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले आज बृहद पूर्ण इजलासमा सुनुवाई गर्दै..

सारांश

  • आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले आज बृहद पूर्ण इजलासमा सुनुवाई गर्दैछ ।
  • शर्मालाई गैरकानुनी थुनामा राखेको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको रिटमा आज बृहद् पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो ।
  • बृहद् पूर्ण इजलासमा न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदा प्रसाद घिमिरे र अनिलकुमार सिन्हा रहेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले आज बृहद पूर्ण इजलासमा सुनुवाई गर्दैछ । शर्मालाई गैरकानुनी थुनामा राखेको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको रिटमा आज बृहद् पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो ।

बृहद् पूर्ण इजलासमा न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदा प्रसाद घिमिरे र अनिलकुमार सिन्हा रहेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले आफ्ना श्रीमानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी तरिकाले थुनामा राखेको भन्दै उनको रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट हालेकी थिइन्।

यसअघि न्यायाधीशद्व चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको इजलासले कर फर्छ्यौट आयोग अर्धन्यायीक निकाय भएकोले संवैधानिक प्रश्न उठेको भन्दै सुनुवाइ पूर्ण इजलासले गर्नुपर्ने ठहर गरेको थियो।

सो इजलासले सर्वोच्च अन्तिम निर्णयमा नपुगेसम्म मुद्दा अगाडि नबढाउन विशेष अदालतलाई आदेश दिएको थियो। अर्बौ रुपैयाँ कर छुट दिएको आरोपमा अख्तियारले शर्मालाई पक्राउ गरी अनुसन्धान अगाडी बढाईरहेको थियो । शर्मासहित ३ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको थियो । तर सर्वोच्चको आदेशपछि उक्त घटनाले अर्कै मोड लिएको छ ।
टिभी अन्नपूर्ण बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छोराको कुटपिटबाट आमाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
रवि लामिछानेको सांसद पद खारेज हुने फैसलाको पूर्णपाठ यस्तो छ
रवि लामिछानेको सांसद पद खारेज हुने फैसलाको पूर्णपाठ यस्तो छ
शनिबार उत्साहित देखिएका बाबुराम भोलिपल्टै निराश, भाँडियो उपेन्द्रसँगको एकता
शनिबार उत्साहित देखिएका बाबुराम भोलिपल्टै निराश, भाँडियो उपेन्द्रसँगको एकता
चीनलाई उछिनेर भारत बन्दै छ विश्कै सबैभन्दा बढी जनसंख्या भएको देश
चीनलाई उछिनेर भारत बन्दै छ विश्कै सबैभन्दा बढी जनसंख्या भएको देश
बन्ला त फूलै फूलको सहर ?
बन्ला त फूलै फूलको सहर ?
एमालेले राष्ट्रियसभाका उम्मेदवारहरको नाम टुंगो लगायो (नामावलीसहित)
एमालेले राष्ट्रियसभाका उम्मेदवारहरको नाम टुंगो लगायो (नामावलीसहित)
डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्लादिमीर पुटिनबीच  गोप्य भेटवार्ता भएको खुलासा
डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्लादिमीर पुटिनबीच गोप्य भेटवार्ता भएको खुलासा
नेपालको कानुनी इतिहासमा पहिलो पटक महिला महान्यायाधिवक्ता पदमा सविता भण्डारी
मंसिर पहिलो साता चीन भ्रमणमा जाँदै प्रधानमन्त्री ओली
मंसिर पहिलो साता चीन भ्रमणमा जाँदै प्रधानमन्त्री ओली
पर्यटन प्रवर्द्धनका लागि उद्यान र पदमार्ग
पर्यटन प्रवर्द्धनका लागि उद्यान र पदमार्ग