नेपालको कानुनी इतिहासमा पहिलो पटक महिला महान्यायाधिवक्ता पदमा सविता भण्डारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ३०, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • ३० भदौ, काठमाडौं ।
  • नेपालको कानुनी इतिहासमा पहिलो पटक महिला महान्यायाधिवक्ता पदमा सविता भण्डारी पुगेकी छन् ।
  • आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भण्डारीलाई सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्ता नियुक्त गरेका थिए ।

३० भदौ, काठमाडौं । नेपालको कानुनी इतिहासमा पहिलो पटक महिला महान्यायाधिवक्ता पदमा सविता भण्डारी पुगेकी छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भण्डारीलाई सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्ता नियुक्त गरेका थिए ।

सोमबार दिउँसो सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै भण्डारीले रामशाहपथस्थित कार्यालयमा औपचारिक रुपमा काम सुरु गरेकी हुन् ।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी सविता भण्डारी यसअघि सूचना आयुक्तको जिम्मेवारी सम्हालेकी थिइन् । राजीनामा दिएका महान्यायाधिवक्ता रमेश बडालको स्थानमा उनको प्रवेशलाई कानुनी क्षेत्रमा महिलाको अग्रगमनको प्रतीकका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?