चुनावको अन्तिम तयारी नवलपरासीमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १९, २०७४
|
|
३२ पटक हेरिएको
Shares
चुनावको अन्तिम तयारी नवलपरासीमा

सारांश

  • नवलपरासी, १९ मंसिर दोस्रो चरणमा निर्वाचन हुन लागेको नवलपरासीमा पनि निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।
  • चारवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्र्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सबै तयारीसहित शान्तिसुरक्षालाई व्यवस्थित पारिएको छ ।
  • मतदान केन्द्रमा आवश्यक सबै सामग्रीसहित कर्मचारी पुगिसकेका छन् ।

नवलपरासी, १९ मंसिर दोस्रो चरणमा निर्वाचन हुन लागेको नवलपरासीमा पनि निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।

चारवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्र्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सबै तयारीसहित शान्तिसुरक्षालाई व्यवस्थित पारिएको छ । मतदान केन्द्रमा आवश्यक सबै सामग्रीसहित कर्मचारी पुगिसकेका छन् । नवलपरासीमा प्रतिनिधिसभातर्फ चार निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ आठवटा निर्वाचन क्षेत्र छन् ।

जिल्लामा कूल २३२ मतदान स्थलका ५१५ वटा मतदात केन्द्रका लागि करिब चार हजार कर्मचारी परिचालन गरिएको छ । प्रदेश नं ४ मा नवलपरासी पूर्वतर्फ प्रतिनिधिसभामा दुई र प्रदेशसभातर्फ चारवटा निर्वाचन क्षेत्र छन् भने प्रदेश नं ५ मा नवलपरासी पश्चिम प्रतिनिधिसभामा दुई प्रदेशसभातर्फ चारवटा निर्वाचन क्षेत्र छन् । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन म्यादी प्रहरीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी जिल्लामा करिब चार हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ४६ र प्रदेशसभा सदस्यतर्फ १०५ उम्मेदवार चुनाबी प्रतिस्पर्धामा छन् कूल चार लाख २९ हजार ९५१ मतदाता छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?