कञ्चनपुरमा विद्यार्थी नेता जाग्रीको घाँटी रेटेर हत्या
सारांश
- कञ्चनपुर ।
- कञ्चनपुरमा एकाबिहानै अखिल क्रान्तिकारीका एक नेताको हत्या भएको छ ।
- शनिबार बिहान ९ बजेतिर नेकपा माओवादी केन्द्र अखिल क्रान्तिकारीका जिल्ला सदस्य डम्बर जाग्रीको हत्या भएको हो ।
कञ्चनपुर । कञ्चनपुरमा एकाबिहानै अखिल क्रान्तिकारीका एक नेताको हत्या भएको छ । शनिबार बिहान ९ बजेतिर नेकपा माओवादी केन्द्र अखिल क्रान्तिकारीका जिल्ला सदस्य डम्बर जाग्रीको हत्या भएको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानस्थित सिद्धनाथ विज्ञान क्याम्पसको छात्रावासभित्रै २५ वर्षीय जाग्रीको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रकासबहादुर चन्दले छात्रावासको स्टोर कक्षमा जाग्रीको घाँटी रेटी हत्या भई रगताम्य भएको अवस्थामा भेटिएको जानकारी दिए ।
सिद्धनाथ विज्ञान क्याम्पस बिएस्सी चौथो बर्षमा अध्ययनरत जाग्री अखिल क्रान्तिकारी विज्ञान क्याम्पसका संयोजक हुन् । उनी बझाङ्ग–६ गलेदुर्गाका बासिन्दा हुन् ।
छात्रावासका क्यान्टिन सञ्चालक भारतीय नागरिक सुरेन्द्रसिंह रावतले आफू दाल पकाईरहेको अवस्थामा स्टोरबाट डाडु ल्याउन सहयोगी सुरज ढगौरालाई पठाएका बेला जाग्री मृत्य अवस्थामा भेटिएको बताए ।
प्रतिक्रिया