बाढी-पहिरोबाट तीन दिनमा ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन १२, २०८१
|
|
४४ पटक हेरिएको
Shares
बाढी-पहिरोबाट तीन दिनमा ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता

सारांश

  • काठमाडौं।
  • पछिल्लो तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर शनिबार साँझसम्म ६६ जनाको मृत्यु भएको छ।
  • गृहमन्त्रलायले दिएको जानकारी अनुसार अहिलेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन्।

काठमाडौं। पछिल्लो तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर शनिबार साँझसम्म ६६ जनाको मृत्यु भएको छ।

गृहमन्त्रलायले दिएको जानकारी अनुसार अहिलेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन्। हालम्म विपदमा परेर ६० जना घाइते भएको मन्त्रालयले जानकारी दिएको छ।

उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ। जसमा काठमाडौंमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो। त्यस्तै पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको छ।

त्यसैगरी ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौंमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता रहेका छन्।

अहिलेसम्म २ हजार बढीको उद्धार गरिएको छ। दुई सयभन्दा बढी घर क्षति भएको पनि जनाइएको छ।

विपद् जोखिममा परेका नागरिकहरुको खोज तथा उद्दारका लागि मुलुकभर २० हजार भन्दा बढी प्रहरी परिचालन गरिएको छ। राहत तथा उद्धारमा नेपाल प्रहरीबाट दश हजार ४१ जना र सशस्त्र प्रहरी बल नेपालबाट दश हजार ५४० जना प्रहरी परिचालन भएका छन्। जसमध्ये काठमाण्डौ उपत्यकामा मात्रै नेपाल प्रहरीको चार हजार सात सय ६० र सशस्त्र प्रहरी बलबाट तीन हजार ५ सय सुरक्षाकर्मी उद्दारमा खटिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो बफादार कुकुर : जसले हराएकी तीन वर्षीया बालिकालाई १६ घण्टासम्म कुरेर बस्यो
यस्तो बफादार कुकुर : जसले हराएकी तीन वर्षीया बालिकालाई १६ घण्टासम्म कुरेर बस्यो
को हुन् सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका शाह ?
को हुन् सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका शाह ?
सम्माननिय परराष्ट्रमन्त्री कृष्णबहादुर महरालार्इ मलेसियाबाट नेपाली कामदारको खुल्लापत्र !
सम्माननिय परराष्ट्रमन्त्री कृष्णबहादुर महरालार्इ मलेसियाबाट नेपाली कामदारको खुल्लापत्र !
सिएमी अन्तर वडा मेयर कपमा १० नम्बर वडाको विजयी सुरुवात
सिएमी अन्तर वडा मेयर कपमा १० नम्बर वडाको विजयी सुरुवात
बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय
बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय
शुक्रबारदेखि एस ५ मा ठूला बस, टेम्पो विस्थापित हुने
शुक्रबारदेखि एस ५ मा ठूला बस, टेम्पो विस्थापित हुने
सन्दीपले भने– जाहेरीवाला नाबालिग होइनन्
सन्दीपले भने– जाहेरीवाला नाबालिग होइनन्
बालेन शाहको उम्मेद्वारी दर्ता, भन्छन् कांग्रेस एमालेको भोट काटेर जित्छु
बालेन शाहको उम्मेद्वारी दर्ता, भन्छन् कांग्रेस एमालेको भोट काटेर जित्छु
खाद्यपदार्थ प्रशस्त हुँदापनि पाकिस्तानमा लाखौँलाई कुपोषण
खाद्यपदार्थ प्रशस्त हुँदापनि पाकिस्तानमा लाखौँलाई कुपोषण
फाल्गुनन्द जयन्तीमा सार्वजनिक बिदा दिन माग
फाल्गुनन्द जयन्तीमा सार्वजनिक बिदा दिन माग