प्रदेश २ मा स्वास्थ्य मन्त्रालयले पठायो टोली
सारांश
- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश २ मा कोरोना सङ्क्रमणबारे आवश्यक समन्वय गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशकको नेतृत्वमा टोली परिचालन गरेको छ ।
- कोरोना सङ्क्रमणबाट प्रदेश २ हालका दिनमा सबैभन्दा बढी प्रभावितमध्ये एक हो ।
- मन्त्रालयका प्रवक्ता डा.
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश २ मा कोरोना सङ्क्रमणबारे आवश्यक समन्वय गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशकको नेतृत्वमा टोली परिचालन गरेको छ । कोरोना सङ्क्रमणबाट प्रदेश २ हालका दिनमा सबैभन्दा बढी प्रभावितमध्ये एक हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा प्रदेश २ मा टोली पठाएको जानकारी दिए । उनले टोली प्रदेश २ को वीरगञ्ज पुगेर समन्वयको काम सुरु गरिसकेको बताए । उक्त टोलीले नै प्रदेश २ मा सङ्क्रमित बढी भएको अन्य शहर तथा क्षेत्रमा आवश्यक समन्वय तथा निर्देशन र सहयोगको काम अगाडि बढाउनेछ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमले स्वास्थ्य मन्त्रालयले कोरोना प्रभावित अन्य प्रदेशहरूमा पनि उच्च स्तरीय टोली पठाइने तयारी गरिरहेको बताए । पछिल्लो समयमा प्रदेश २ को वीरगञ्ज, प्रदेश १ को विराटनगर र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा सङ्क्रमित हुनेको सङ्ख्या दैनिक बढ्दो रहेको आजको गोरखापत्रले छापेको छ ।
प्रतिक्रिया