चुनावको समयमा मात्र जनताको घरमा पुग्नेलाई भोट किन दिने – छन्द पहराई

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २८, २०७४
|
|
५२ पटक हेरिएको
Shares
चुनावको समयमा मात्र जनताको घरमा पुग्नेलाई भोट किन दिने – छन्द पहराई

सारांश

  • गुल्मी निर्वाचन क्षेत्र नं.
  • २ प्रदेश सभा नं.
  • २ मा नेपाली काँगे्रसका उम्मेदवार छन्द बहादुर पहराई आइतबार चुनाव प्रचार प्रसार तथा घरदैलो अभियानको क्रममा आज मालिका गाउँपालिका वडा नं.

गुल्मी निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा नं. २ मा नेपाली काँगे्रसका उम्मेदवार छन्द बहादुर पहराई आइतबार चुनाव प्रचार प्रसार तथा घरदैलो अभियानको क्रममा आज मालिका गाउँपालिका वडा नं. ६ अर्जेमा पुगेका छन।

उम्मेदवार पहराईले भने ः जित्छु हार्छु म केही भन्दिन। यो गर्छु त्यो गर्छु पनि भन्दैन तपाईसँग केवल म नेपाली काँग्रसको पक्षमा मत माग्छु। जितेपछि के गरौं भनेर योजना माग्न, समस्या समाधान गर्न तपाईसँगै आउँछु। तपाईको भोगाई, अनुभव र योग्यता नै योजना हुनेछ। केवल एउटा मात्र प्रतिबद्धता व्यक्त गर्दछु भगवानसँग प्राथना गर्दछु जितेपछी अरुको जस्तो मेरो मतिभ्रष्ट नहोस भनेका छन।

अभियानको क्रममा उम्मेदवार पहराई मतदाताहरुको घर घरमा पुगेका छन। अभियानको क्रममा उम्मेदवार पहराईले भने ः अहिले जनताको मत खेर नजानको लागी नेपाली काँग्रसको चुनाव चिन्ह रुखमा भोट हाली नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन।

उम्मेदवार पहराईले भने ः विकास निर्माणका कार्यलाई निरन्तरता दिनुपर्छ तर त्यो भाषणमा मात्र सिमित गरेर कहिल्यै विकास हुन सक्दैन, म अरुले जस्तो जनतालाई झुठा आश्वसन दिन जान्दैन, म आफु जे बोल्छु त्यो गरेको पनि छु र मैले जनतालाई भनेका कुरा गरेर पनि देखाउछु भन्ने बिशेष मान्यता सहित चुनाव प्रचार प्रसार तथा घरदैलो अभियानमा लागेको बताएका छन।

अभियानको क्रममा उम्मेदवार पहराईले गुल्मी निर्वाचन क्षेत्र नं. २ को प्रदेश नं. २ लाई समुन्नत र समृद्ध प्रदेश बनाउनको आफ्नो उम्मदवारी रहेको बताएका छन। उनले भने जनताको चाहना र इच्छा विपरीत कुनै पनि काम गर्न नसक्ने भन्दै उनले भने चुनाव हार्नु र जित्नु ठुलो कुरा होइन हामिले हाम्रो राजनीति जिति सक्यौ नैतिकता इमानदारीता र जनताको सानिध्यमा रहि काम गर्ने छु।

उम्मेदवार पहराईले भने जनताले लोकतन्त्रलाई बचाउन र आफु स्वतन्त्र भई बाच्न चाहेका छन। त्यसकारण जनताले नेपाली काँग्रेसलाई नै विजयी गराउने छन भन्ने विश्वास गरेका छन।

घरदैलो अभियानको क्रममा जनताहरुले खानेपानी मोटरबाटो, बिद्यालयका समस्याहरुको विषयमा उम्मेदवार पहराईसँग माग राखेका थिए। भने उम्मेदवार पहराईले आफ्ना भावी योजनाहरुसँगै ती विषयमा समाधान गर्ने कुरा बताएका छन।

उम्मेदवार पहराईले गरिब, दलित, जनजाती, किसान, मजदुर र युवक सम्पूर्णलाई समान अबसर दिने, स्वास्थ्य, शिक्षा विकास निर्माणका कार्यलाई निरन्तरता दिनको लागी गुल्मी निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा नं. २ मा नेपाली काँग्रेस तर्फबाट उम्मेदवारी दिएको, पटक पटक यस क्षेत्रका जनताहरु नझुक्किने र यसपटक नेपाली काँग्रसका उम्मेदवारहरुलाई विजयी बनाई समृद्ध गुल्मी निर्माणको अभियानमा लाग्ने बताएका छन।

उम्मेदवार पहराईले भने चुनावको बेला आएर जनताको घर पुग्ने अनि जनतालाई नभएको भ्रम फिजाएर मैले यसो गरे उसो गरे भन्दै हिड्नेलाई किन भोट दिने ? जसले भ्रमको राजनीति गरेको छ, त्यस्तालाई किन भोट दिनुहुन्छ, भनेका छन।

उम्मेदवार पहराईले भने म जनताको प्रत्यक्ष नजिक भएर जनताको काम गर्न सक्छु, भन्दै जनताको मतद्वारा आफुलाई जिम्मेवारी प्रदान गर्न आग्रह गर्दै विजय पश्चात आफु जनताको मत खेर गएको भन्ने अनुभुती हुन नदिने बताएका छन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारी कमाउ भन्सारमा जान तँछाडमछाड, कमाइ नहुने रित्तै
कर्मचारी कमाउ भन्सारमा जान तँछाडमछाड, कमाइ नहुने रित्तै
प्रदेश पर्यटन गुरुयोजनाको मस्यौदा तयार
प्रदेश पर्यटन गुरुयोजनाको मस्यौदा तयार
मंसिर १७ गते मंगलबारको राशिफल यस्तो छ
मंसिर १७ गते मंगलबारको राशिफल यस्तो छ
देउवाले मिनाहाको आग्रह गर्दा मोदीले कुरा अर्कैतिर मोडे
देउवाले मिनाहाको आग्रह गर्दा मोदीले कुरा अर्कैतिर मोडे
सडक बिस्तारमा मेयरको घर बाधक!
सडक बिस्तारमा मेयरको घर बाधक!
चिकित्सा शिक्षा अध्यादेश जारी, कार्यान्वयन चुनातीपूर्ण !आगामी १० वर्ष नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था !
चिकित्सा शिक्षा अध्यादेश जारी, कार्यान्वयन चुनातीपूर्ण !आगामी १० वर्ष नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था !
“अध्ययनका लागि दक्षिण कोरिया गएकी कमल गाउँपालिकाकी मनिषा दाहाल सडक दुर्घटनामा परी निधन”
“अध्ययनका लागि दक्षिण कोरिया गएकी कमल गाउँपालिकाकी मनिषा दाहाल सडक दुर्घटनामा परी निधन”
लोसपाका अध्यक्ष महन्थ ठाकुर दिल्ली प्रस्थान
लोसपाका अध्यक्ष महन्थ ठाकुर दिल्ली प्रस्थान
भोज खाएर भोट नदिएको भन्दै  झडपमा एकको मृत्यु
भोज खाएर भोट नदिएको भन्दै झडपमा एकको मृत्यु
बक्सिङमा नेपालका सनिलले जिते स्वर्ण, नेपालको स्वर्ण ५० पुग्यो
बक्सिङमा नेपालका सनिलले जिते स्वर्ण, नेपालको स्वर्ण ५० पुग्यो