“अध्ययनका लागि दक्षिण कोरिया गएकी कमल गाउँपालिकाकी मनिषा दाहाल सडक दुर्घटनामा परी निधन”

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २५, २०८२
|
|
९७ पटक हेरिएको
Shares
“अध्ययनका लागि दक्षिण कोरिया गएकी कमल गाउँपालिकाकी मनिषा दाहाल सडक दुर्घटनामा परी निधन”

सारांश

  • विदेशको माटोमा उज्यालो भविष्य र उच्च शिक्षाको सपना बोकेर पुगेकी २२ वर्षीया नेपाली छात्रा मनीषा दाहालको सडक दुर्घटनामा दर्दनाक मृत्युले नेपाली समुदायलाई स्तब्ध पारेको छ।
  • दक्षिण कोरियाको चुङबुक उम्सङ क्षेत्रमा शनिवार सडकछेउ हिँड्दै गरेकी मनीषा मालवाहक ट्रकको ठक्करबाट गम्भीर रूपमा घाइते भइन्।
  • उनीलाई तत्काल वनजु सेब्रान्स क्रिश्चियन अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले उनको ज्यान जोगाउन सकेनन्।

विदेशको माटोमा उज्यालो भविष्य र उच्च शिक्षाको सपना बोकेर पुगेकी २२ वर्षीया नेपाली छात्रा मनीषा दाहालको सडक दुर्घटनामा दर्दनाक मृत्युले नेपाली समुदायलाई स्तब्ध पारेको छ।

दक्षिण कोरियाको चुङबुक उम्सङ क्षेत्रमा शनिवार सडकछेउ हिँड्दै गरेकी मनीषा मालवाहक ट्रकको ठक्करबाट गम्भीर रूपमा घाइते भइन्।

उनीलाई तत्काल वनजु सेब्रान्स क्रिश्चियन अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले उनको ज्यान जोगाउन सकेनन्।

झापाको कमल गाउँपालिका–तोपगाछिकी कान्छी छोरी मनीषा तीन दिदीबहिनीमध्ये सबैभन्दा सानी थिइन्।
केही दिनअघि मात्र उनी साथीहरूसँग रमाइलो गर्दै २२औँ जन्मदिन मनाएकी थिइन्। कलेजको शनिवार–आइतबारको बिदामा साथीहरूसँग घुम्न निस्किएकी उनी दुर्भाग्यवश यस दुःखद घटनाको शिकार भइन्।
“उनी हामीसँगै हाँस्दै, सपना साट्दै थिइन्, तर अचानक सबै सकियो,” आफन्तले प्रदेश खबरसँग दुखेसो पोखे। उनका शब्दमा, “मनीषाको उज्यालो भविष्यलाई एक क्षणमै अन्धकारले ढाक्यो।”
मनीषाको शव नेपाल ल्याउने तयारीमा उनका परिवारका सदस्यहरू काठमाडौँ पुगेका छन्।

प्रतिक्रिया

8 कमेन्ट

    Comment Author

    Lola1619

    Comment Author

    Kendall1928

    Comment Author

    Lola862

    Comment Author

    Everett4692

    Comment Author

    Zoe571

    Comment Author

    Kourtney3491

    Comment Author

    open a binance account

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://accounts.binance.info/ar/register-person?ref=FIHEGIZ8

    Comment Author

    Skapa personligt konto

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://www.binance.com/register?ref=JW3W4Y3A

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?