यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २१, २०८०
|
|
२५ पटक हेरिएको
Shares
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

सारांश

  • काठमाडौं।
  • नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
  • जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ २५ पैसा र बिक्री दर १३२ रूपैयाँ ८५ पैसा रहेको छ भने युराेपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ६९ पैसा र बिक्री दर १४५ रूपैयाँ ३५ पैसा रहेको छ।

हिजो अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा कायम हुदाँ युरो एकको खरिद दर १४४ रूपैयाँ ४१ पैसा र बिक्री दर १४५ रूपैयाँ ०६ पैसामा किनबेच गरिएकाे थियो।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ९६ पैसा र बिक्री दर १६७ रूपैयाँ ७२ पैसा पुग्दा अस्ट्रेलियन डलर एकको खरिद दर ८६.६८ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.७ रुपैयाँमा तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३७ पैसामा खरिदबिक्री हुनेछ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा तथा दक्षिण काेरीया १०० को खरिदमा १० रूपैयाँ ९ पैसा र बिक्रीदर १० रूपैयाँ १४ पैसा कायम हुदाँ खाडी मुलुकका राष्ट्रकाे मुल्य भने बढेकाे छ।

जसअनुसार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३१ पैसा र बिक्री दर ३६ रूपैयाँ ४७ पैसा कायम भएकाे जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४१ रुपैयाँमा, मलेसियन रिंगिट एकको खरिद दर २९.३ रुपैयाँ रहेको छ भने बिक्री दर २९.१७ रुपैयाँमा तथा कुवेती दिनार १ को खरिदमूल्य ४२८९.८७ पैसा विक्रीदर ४३१.८२ पैसामा काराेबार गर्ने अनुमति दिएकाे छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?