डडेल्धुरामा भाइरल ज्वरोको प्रकोप

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १३, २०७५
|
|
३६ पटक हेरिएको
Shares
डडेल्धुरामा भाइरल ज्वरोको प्रकोप

सारांश

  • डडेल्धुरा, १३ चैत ।
  • मौसम बदलीसँगै डडेल्धुरामा भाइरल ज्वरोको सङ्क्रमण फैलिएको छ ।
  • केही दिन यतादेखि भएको मौसम बदलीपछि डडेल्धुराका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीसहित निमोनियाका बिरामीको चाप बढेको जनाइएको छ ।

डडेल्धुरा, १३ चैत । मौसम बदलीसँगै डडेल्धुरामा भाइरल ज्वरोको सङ्क्रमण फैलिएको छ । केही दिन यतादेखि भएको मौसम बदलीपछि डडेल्धुराका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीसहित निमोनियाका बिरामीको चाप बढेको जनाइएको छ ।

केही दिनयता डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पताललगायतका अन्य स्वास्थ्य संस्थामा ज्वरो र रुघाखोकीका बिरामीको चाप ह्वात्तै बढेको छ । दैनिक १०० बिरामी पुग्ने डडेल्धुरा अस्पतालमा आजभोलि १५० भन्दा बढी बिरामी आउने गरेको डडेल्धुरा अस्पतालले जनाएको छ ।

बिरामीमध्ये बढी बालबालिका रहेका छन् । स्वास्थ्य संस्थामा उपचारका लागि आउने बालबालिकामा बढीजसो ज्वरोका बिरामी रहेका छन् । ज्वरो र रुघाखोकीका मात्रै दैनिक ४० देखि ५० बालबालिका उपचारका लागि अस्पतालमा आउने गरेको डडेल्धुरा अस्पतालका डा ललित सुरीले बताउनुभयो ।

दूषित खानेपानी, चेतना अभाव, सरसफाइ अभाव, रोगबारेको अज्ञानतालगायतका कारणले यस क्षेत्रमा गर्मीको शुरुआतसँगै सरुवा तथा भाइरलजन्य रोग सङ्क्रमण बढ्दै गइरहेको छ । जिल्लाका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा समेत भाइरलजन्य रोगका बिरामीको चाप बढेको स्वास्थ्य संस्थाका कर्मचारी बताउँछन् ।

जिल्लाका सबै अस्पताल र स्वास्थ्यचौकीमा भाइरल रोगका बिरामीले भरिएको र जाँच गर्ने बिरामीको चाप बढिरहेको स्वास्थ्यकर्मी बताउँछन् । डडेल्धुरा जिल्लाको उपक्षेत्रीय अस्पताल, जोगबुढा अस्पताललगायतका विभिन्न स्वास्थ केन्द्रमा भाइरलजन्य रोगका बिरामीको चाप बढेको छ । स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप दोब्वरले बढेको जोगबुढा अस्पतालले जनाएको छ ।

झाडापाखाला, रुघाखोकी, ज्वरो, टाइफाइट, एलर्जी, निमोनियालगायतका भाइरलजन्य रोगका बिरामीको सङ्ख्या ह्वात्तै बढेको उपक्षेत्रीय अस्पताल डडेल्धुराकाले जनाएको छ । रोगको सङ्क्रमण हुनेमा बढी बालबालिका र वृद्धवृद्धा रहेको भागेश्वर गाउँपालिकाका स्वास्थ्य प्रमुख मानबहादुर शाहुले बताउनुभयो ।

मौसम बदलीका कारण पानी फोहर हुने हुँदा विभिन्न रोगको सङ्क्रमण हुने चिकित्सकहरुको भनाइ छ । बालबालिका र वृद्धवृद्धा यसबाट बढी प्रभावित हुने गर्दछन् । वर्षाका कारण पानीका मुलमा फोहर मिसिने हुँदा भाइरलजन्य रोगको सङ्क्रमण बढेको उपक्षेत्रीय अस्पतालका ल्याव प्रमुख ईश्वरीप्रसाद भुसालले जानकारी गराउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुस्सु
कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुस्सु
निर्वाचन परिणाम सार्वजनिक गर्न माग
निर्वाचन परिणाम सार्वजनिक गर्न माग
कांग्रेसको किचलो : शुक्रबार सहमतिको प्रचार, शनिवार भाँडभैलो
कांग्रेसको किचलो : शुक्रबार सहमतिको प्रचार, शनिवार भाँडभैलो
भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय
भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय
कोरोना सङ्क्रमित परिवारका सदस्यको नमूना सङ्कलन
कोरोना सङ्क्रमित परिवारका सदस्यको नमूना सङ्कलन
कैटरिनाले सलमानलाई विवाहकालागि गरिन् प्रपोज
कैटरिनाले सलमानलाई विवाहकालागि गरिन् प्रपोज
मनाेरञ्जन समाचार: शाहिद कपुरको फिल्म शुटिङ हुँदै गर्दा दुर्घटना, एक जनाकाे घटनास्थलमै ज्यान गयो
मनाेरञ्जन समाचार: शाहिद कपुरको फिल्म शुटिङ हुँदै गर्दा दुर्घटना, एक जनाकाे घटनास्थलमै ज्यान गयो
फेरि अनसन बस्ने डा. गोविन्द केसीको घोषणा
फेरि अनसन बस्ने डा. गोविन्द केसीको घोषणा
नयाँ स्मार्ट लाइसेन्सका लागि आगामी आइतवारदेखि आवेदन खुला गरिने
नयाँ स्मार्ट लाइसेन्सका लागि आगामी आइतवारदेखि आवेदन खुला गरिने
भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ
भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

तपाईंले छुटाउनुभयो कि?