श्रीलंकामा तीस सदस्यीय मन्त्रीपरिषद् गठन
सारांश
- काठमाडौ।
- श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले बिहीबार तीस जनालाई मन्त्रीको रूपमा नियुक्त गरेका छन।
- सर्वोच्च अदालतले संसद विघटन गर्न नमिल्ने अन्तिम फैसला सुनाएपछि उनले आफैले अपदस्त गरेका विक्रमासिंघेलाई गत आईतबार प्रधानमन्त्रीमा पुनः नियुक्त गरेका थिए ।
काठमाडौ। श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले बिहीबार तीस जनालाई मन्त्रीको रूपमा नियुक्त गरेका छन।सर्वोच्च अदालतले संसद विघटन गर्न नमिल्ने अन्तिम फैसला सुनाएपछि उनले आफैले अपदस्त गरेका विक्रमासिंघेलाई गत आईतबार प्रधानमन्त्रीमा पुनः नियुक्त गरेका थिए ।
राष्ट्रपति सिरिसेनाले गत अक्टोबर २६ तारिखका दिन तत्कालिन प्रधानमन्त्री विक्रमासिङ्घेलाई अपदस्त गरेर पुर्व राष्ट्रपति महेन्दा राजापाक्षेलाई नियुक्त गरेपछि श्रीलंकाको राजनीति एकाएक तनावपूर्ण बनेको थियो । तर संसद र सर्वोच्च अदालतले राष्ट्रपतिको यो कदम गलत र अवैधानिक भएको भन्दै मान्यता नदिएपछि उनले पुरानै अवस्थामा फर्किनु परेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया