फास्ट ट्रयाक डिपिआरको काम शुरु !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ९, २०७५
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, ९ कातिक ।
  • राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौँ–तराई– मधेस दू्रतमार्ग (फास्ट ट्र्याक)को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने सन्दर्भमा दक्षिण कोरियाको सुसुङ इञ्जिनियरिङ कम्पनीले भौगर्भिक अध्ययन शुरु गरेको छ ।
  • नेपाली सेना र दक्षिण कोरियाको सुसुङ इञ्जिनियरिङ कम्पनी लिमिटेडबीच द्रूतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणसम्बन्धी सम्झौतापत्रमा असोज १६ गते हस्ताक्षर भएको थियो ।

काठमाडौँ, ९ कातिक । राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौँ–तराई– मधेस दू्रतमार्ग (फास्ट ट्र्याक)को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने सन्दर्भमा दक्षिण कोरियाको सुसुङ इञ्जिनियरिङ कम्पनीले भौगर्भिक अध्ययन शुरु गरेको छ । नेपाली सेना र दक्षिण कोरियाको सुसुङ इञ्जिनियरिङ कम्पनी लिमिटेडबीच द्रूतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणसम्बन्धी सम्झौतापत्रमा असोज १६ गते हस्ताक्षर भएको थियो । सम्झौताअनुसार उक्त कम्पनीले यही कात्तिक ५ गतेदेखि लागू हुने गरी १०५ दिनभित्र डिपिआर तयार गर्नेछ ।

डिपिआरलाई अघि बढाउने सिलसिलामा सुसुङ कम्पनीले भौगर्भिक अध्ययनको काम शुरु गरिसकेको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाली सेना र सुसुङ कम्पनीका भौगर्भविद्सहितको प्राविधिक टोली स्थलगत अध्ययनका लागि खटिसकेका छन् । नेपाली सेना र सुसुङ कम्पनीबीच डिपिआर १० करोड १३ लाखको लागतमा तयार गर्ने सहमति भएको थियो । भारतीय कम्पनी आइएल एण्ड एफएसले डिपिआर तयार गरेकामा प्रतिवेदनको मूल्यका विषयमा सहमति नभएपछि नेपाली सेनाले अर्काे बोलपत्रमार्फत सुसुङ कम्पनी छनोट गरेको हो ।

एशियाली विकास बैंकले सन् २००८ मा तयार गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनलाई आधार मानेर अहिले सेनाले निर्माणसम्बन्धी आधारभूत र प्रारम्भिक कार्य गर्दै आएको छ । फास्ट ट्र्याक आफँैमा बृहत् र विशिष्ट आयोजना भएकाले समयसीमाभित्र जिम्मेवारी पूरा गर्ने सन्दर्भमा यकिन रेखाङ्कन, सडकको ढाँचा, लागत अनुमान एवं पर्न सक्ने वातावरणीय प्रभावसमेतको विश्लेषणका आधारमा निर्माणसम्बन्धी सबै क्रियाकलाप एकैसाथ अघि बढाइएको आयोजना प्रमुख योगेन्द्र खाँणले जानकारी दिनुभयो । प्रस्तावित ७६ किमी लामो उक्त सडकलाई १० भागमा विभाजन गरेर सेनाले २८ वटा सम्झौताकर्तामार्फत काम गराइरहेको छ ।

यसअघि उक्त द्र्रुतमार्गको भारतीय कम्पनी आइएल एण्ड एफएसले डिपिआर तयार गरेकामा प्रतिवेदनको मूल्यका विषयमा सहमति नभएपछि नेपाली सेनाले अर्काे परामर्शदाताको छनोट गरेको हो । सडक निर्माण गर्ने क्रममा आवश्यक पर्ने ९० प्रतिशत जग्गा अधिग्रहण र द्रुतमार्ग क्षेत्रमा पर्ने २० हजारको सङ्ख्यामा रूख कटान भइसकेको छ । आयोजना अघि बढाउने सिलसिलामा छोक्रेडाँडादेखि बादरे खोल्सीसम्मको करीब १२ किलोमिटर क्षेत्रमा तीन वटा सुुरुङ निर्माण गर्ने गरी दु्रतमार्गको यसअघिको रेखाङ्कन परिवर्तन गर्नुपर्ने देखिएको सेनाले जनाएको छ । यद्यपि यो विषय डिपिआर निर्माणसँगै टुङ्गिनेछ ।

विस २०७४ वैशाख २१ गते मन्त्रिपरिषद्ले नेपाली सेनाको व्यवस्थापनमा निर्माण गर्ने निर्णय गरेको उक्त दू्रतमार्गको प्रारम्भिक अनुमानित लागत रु एक खर्ब ११ अर्ब रहने अनुमान गरिएकोे छ ।

नारायण न्यौपाने

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौैंबाट आयो माधव नेपालका लागि खुसीको खबर
काठमाडौैंबाट आयो माधव नेपालका लागि खुसीको खबर
निर्वाचन रोकिए देश द्वन्द्वमा जान्छ -पूर्व मन्त्री महेश बस्नेत
निर्वाचन रोकिए देश द्वन्द्वमा जान्छ -पूर्व मन्त्री महेश बस्नेत
डिप्रोक्स लघुवित्तको १८औ स्थापना दिवसको अबसरमा रक्तदान कार्यक्रम
डिप्रोक्स लघुवित्तको १८औ स्थापना दिवसको अबसरमा रक्तदान कार्यक्रम
सत्र परिवारद्वारा सञ्चालित होमस्टे, जहाँ पर्यटक फर्कीफर्की आउँछन्
सत्र परिवारद्वारा सञ्चालित होमस्टे, जहाँ पर्यटक फर्कीफर्की आउँछन्
बद्री पंगेनी,रेखा थापा र राजेश हमालले पनि  गरे मतदान
बद्री पंगेनी,रेखा थापा र राजेश हमालले पनि गरे मतदान
कांग्रेस सभापति देउवा आफ्नै नेताबाट घेराबन्दीमा
कांग्रेस सभापति देउवा आफ्नै नेताबाट घेराबन्दीमा
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारी : विदेशमन्त्री वाङ यी असोज ८ मा नेपाल आउने
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारी : विदेशमन्त्री वाङ यी असोज ८ मा नेपाल आउने
भत्कायो एमालेले`माओवादीको आधार इलाका,बालकृष्ण ढुंगेलको गाउँमा माओबादीको लज्जास्पद हार“
भत्कायो एमालेले`माओवादीको आधार इलाका,बालकृष्ण ढुंगेलको गाउँमा माओबादीको लज्जास्पद हार“
कुख्यात अपराधी शोभराजलाई कैद छुट
कुख्यात अपराधी शोभराजलाई कैद छुट
राष्ट्रबैकले ऋण प्रवाहमा कडाई गरेसंगै गाडीको बिक्री घट्यो
राष्ट्रबैकले ऋण प्रवाहमा कडाई गरेसंगै गाडीको बिक्री घट्यो

तपाईंले छुटाउनुभयो कि?