गौशाला व्यवस्थापन गर्न इस्कोनसँग सहकार्य

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २१, २०७५
|
|
२८ पटक हेरिएको
Shares
गौशाला व्यवस्थापन गर्न इस्कोनसँग सहकार्य

सारांश

  • बुटवल, २१ जेठ ।
  • रुपन्देहीमा सञ्चालित तिलोत्तमा गौशाला व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) सँग सहकार्य गर्ने भएको छ ।
  • आइतबार तिलोत्तमा नगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा सबै सरोकारवाला सकारात्मक देखिएपछि इस्कोनसँग सहकार्य गर्ने भएको हो ।

बुटवल, २१ जेठ । रुपन्देहीमा सञ्चालित तिलोत्तमा गौशाला व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) सँग सहकार्य गर्ने भएको छ ।

आइतबार तिलोत्तमा नगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा सबै सरोकारवाला सकारात्मक देखिएपछि इस्कोनसँग सहकार्य गर्ने भएको हो ।

गौशालालाई आधुनिकरुपमा व्यवस्थापन गर्दै सञ्चालनको सम्पूर्ण जिम्मेवारी लिन इस्कान इच्छुक भइरहँदा नगरपालिकाले आइतबार सरोकारवालासँग छलफल गरेको हो । गौशालालाई अहिलेकै अवस्थामा धेरै समय चलाउन नसकिने निष्कर्ष निकाल्दै छलफलका सहभागीले इस्कोनसँगको छलफल अघि बढाउन नगरपालिकालाई सुझाव दिएका छन् । इस्कोनले गौशाला व्यवस्थापनसँगै वैदिक शिक्षा, स्वास्थ्यका कार्यक्रमसमेत सँगसँगै सञ्चालन गर्ने प्रस्ताव अघि सार्दै थप जग्गा माग गरेको छ ।

तिलोत्तमा गौशाला शंकरनगर र करहिया सामुदायिक वन क्षेत्रमा पर्दछ । चार बिगाह क्षेत्रफल रहेको गौशालामा हाल १६० गाई÷गोरु रहेका छन् । नियमित आर्थिक स्रोत अभावका कारण गौशाला व्यवस्थित हुनसकेको छैन भने बाहिर रहेका छाडा चौपायाको पनि पूर्ण व्यवस्थापन हुन सकेको छैन ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दल, गौशाला व्यवस्थापन समिति, वन उपभोक्ता समूहलगायतका सरोकारवाला संघ–संस्थाका प्रमुखलाई इस्कोनले गौशालाको आधुनिक व्यवस्थापनसँगै गर्न चाहेको इस्कोनको प्रस्ताव सकारात्मक लागेपछि नगरपालिकाले सरोकारवालासँग छलफल गरिएको हो ।

छलफलमा नगर प्रमुख वासुदेव घिमिरे, उप–प्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले इस्कोनले राखेको प्रस्तावका बारेमा सरोकारवालालाई जानकारी गराएका थिए । छलफलमा गौशाला व्यवस्थापन समिति र वन उपभोक्ता समूहको नेतृत्वले आ–आफ्नो कार्यसमितिमा यसबारे आवश्यक निर्णय गरी पुनः अर्को चरणको छलफलमा जुट्ने बताएका छन् ।

छलफलमा सहभागी गौशाला व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर खत्रीले आधुनिक र व्यवस्थितरुपमा गौशालालाई अघि बढाउन सञ्चालनको जिम्मेवारी इस्कोनलाई दिन समिति तयार रहेको बताए । समितिका उपाध्यक्ष कृष्ण पौडेलले गौशालाको आधुनिक व्यवस्थापनको काम समिति र नगरपालिकाले पनि गर्न नसक्ने भएकाले त्यसको जिम्मेवारी इस्कोनलाई दिनुपर्ने बताए ।

वनको खास हैसियत नबिग्रिने र जनताको अधिकतम हितमा हुने गरी गौशाला सञ्चालनको जिम्मा इस्कोनलाई दिन सकिने नेपाल कम्युनिष्ट पार्टीका नेता यज्ञ गैरेले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या ६५ पुग्यो
बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या ६५ पुग्यो
पाँच स्रष्टा पुरस्कृत एवं सम्मानित
आज संघीय संसदको सपथ, भोलिदेखि अधिवेशन- चौधरी र तीनजनाले सपथ लिन नपाउने
आज संघीय संसदको सपथ, भोलिदेखि अधिवेशन- चौधरी र तीनजनाले सपथ लिन नपाउने
उपेन्द्र यादव भन्छन् : मधेस र मधेसी जनताको लागि एमालेले भोट माग्ने नैतिकता गुमाएको छ
उपेन्द्र यादव भन्छन् : मधेस र मधेसी जनताको लागि एमालेले भोट माग्ने नैतिकता गुमाएको छ
रुस कोरोनाविरुद्धको खोप उत्पादन गर्ने पहिलो देश बन्ने सम्भावना बढ्यो, परीक्षण सफलतातर्फ
थाहा पाउनुहोस आजको राशीफल
थाहा पाउनुहोस आजको राशीफल
सुदूरपश्चिम सरकारले केही दिनमै पूर्णता पाउँछ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम सरकारले केही दिनमै पूर्णता पाउँछ : मुख्यमन्त्री शाह
फेसबुकमा ‘समाप्त’ लेखेर मध्यरातमा २१ वर्षीय युवकले गरे रहस्यमय ढंगले आत्महत्या !
फेसबुकमा ‘समाप्त’ लेखेर मध्यरातमा २१ वर्षीय युवकले गरे रहस्यमय ढंगले आत्महत्या !
अमेरिकामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार
अमेरिकामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार
पोखरामा फेरी महायोग साधना तथा दीक्षा कार्यक्रमको तयारी
पोखरामा फेरी महायोग साधना तथा दीक्षा कार्यक्रमको तयारी

तपाईंले छुटाउनुभयो कि?