खेतको काम सकेर घर जाँदा खोलाले बगाएर मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २, २०७५
|
|
१७ पटक हेरिएको
Shares
खेतको काम सकेर घर जाँदा खोलाले बगाएर मृत्यु

सारांश

  • पर्वत, २ साउन – पर्वतमा खेतको काम सकेर घर जाँदा खोलाले बगाएर हिजो साँझ एकजनाको मृत्यु भएको छ ।
  • पर्वतको कुश्मा नगरपालिका–११ स्थित जहरे खोलाले बगाउँदा ६० वर्षीय मनिराम विकको मृत्यु भएको हो ।
  • कुस्मा नगरपालिका वडा नं ११ र १४ को बीचमा पर्ने गंगटे खोलामा साँझ खोलाले बगाएको थियो ।

पर्वत, २ साउन – पर्वतमा खेतको काम सकेर घर जाँदा खोलाले बगाएर हिजो साँझ एकजनाको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–११ स्थित जहरे खोलाले बगाउँदा ६० वर्षीय मनिराम विकको मृत्यु भएको हो । कुस्मा नगरपालिका वडा नं ११ र १४ को बीचमा पर्ने गंगटे खोलामा साँझ खोलाले बगाएको थियो ।

खेतमा काम सकेर घर फर्कँदै गर्दा खोला तर्न पसेका विकको शव केही तल भेटिएको स्थानीयवासीले बताए । नजिकै झोलुंगे पुल भएपनि उनी पुल नतरी खोलामा तर्न खोजेका कारण दुर्घटना भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?