चैत ८ गतेदेखि एसइई परीक्षा, पहिलो दिन अनिवार्य अंग्रेजी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ६, २०७४
|
|
३४ पटक हेरिएको
Shares
चैत ८ गतेदेखि एसइई परीक्षा, पहिलो दिन अनिवार्य अंग्रेजी

सारांश

  • भक्तपुर, पुस ६ ।
  • परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको माध्यामिक शिक्षा परीक्षा (एसइई) आगामी चैत ८ देखि सञ्चालन गर्ने भएको छ ।
  • सञ्चालन समितिको बुधबार बसेको बैठकले चैत ८ गतेदेखि २० गतेसम्म परीक्षा गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

भक्तपुर, पुस ६ । परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको माध्यामिक शिक्षा परीक्षा (एसइई) आगामी चैत ८ देखि सञ्चालन गर्ने भएको छ ।

सञ्चालन समितिको बुधबार बसेको बैठकले चैत ८ गतेदेखि २० गतेसम्म परीक्षा गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । एसइई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

परीक्षा तालिका यसप्रकार छः

चैत ८ गते बिहीबारः अनिवार्य अग्रेजी, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य र अनिवार्य अङ्ग्रेजी ।

चैत ९ गते शुक्रबार: अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीका लागि अङ्ग्रेजीको परीक्षा हुनेछ ।

चैत १२ गते साेमबार : अनिवार्य गणित ।

चैत मंलबार १३ गते : अनिवार्य विज्ञान र वेदविद्याश्रम अन्तर्गत अनिवार्य संस्कृत व्याकरण र अनुवाद।

चैत्र १४ बुधबार गते : प्राविधिकतर्फ फार्म म्यानेजमेण्ट, माकेर्टिङ, इञ्जिनियरिङ, ड्रइङ, कम्प्युटर रिपियरिङ र मेन्टिनेन्स तथा बेसिक म्युजिक

चैत १५ बिहीबार गते : स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रमतर्फ वेद वा नीतिशास्त्र, प्राविधिकतर्फ ऐच्छिक प्रथमका सबै विषयहरुको परीक्षा हुनेछ । प्राविधिकतर्फ एग्रिकल्चर, इलेक्ट्रिकल म्यानेजमेण्ट, कम्प्युटर नेटवर्किङ, इञ्जिनियरिङ सर्भेईङको परीक्षा हुने छ ।

चैत १६ शुक्रबार गते : ऐच्छिक प्रथमका सबै विषय, संस्कृततर्फ अनिवार्य संस्कृत शिक्षा, वेदविद्याश्रमतर्फ ऐच्छिक विषयहरु र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा हुनेछ ।

चैत १७ शनिबार गते : साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीयका विषयहरु, वेदविद्याश्रमतर्फ कर्मकाण्ड वा फलित ज्योतिष, प्राविधिकतर्फ भेजिटेवल एण्ड मेडिसिनल प्लाण्ट प्रोडक्सन, डेरी, इलेक्ट्रिकल इनर्जि, डाटाबेस म्यानेजमेण्ट सिष्टम, म्युजिक टेक्नोलोजीको परीक्षा हुनेछ ।

चैत १८ अाइतबार गते : प्राविधिक विषयतर्फ क्रप प्रोडक्सन, स्मल रुमेण्ट प्रोडक्सन एण्ड म्यानेजमेण्ट, इलोक्ट्रिोनिक्स डिभाइस एण्ड सर्किट, वाटर रिसोर्सेस र इञ्जिनियरिङ।

चैत १९ साेमबार गते : प्राविधिक विषयतर्फ एनिमल हेल्थ, इलेक्ट्रिकल मेसिन, माईक्रो प्रोसेस, हाइवे इञ्जिनियरिङ, म्युजिक विजनेश एण्ड प्रोग्राम म्यानेजमेण्टको परीक्षा हुनेछ ।

चैत मंगलबार २० गते :  प्राविधिकतर्फ फ्लोरिकल्चर एण्ड नर्सरी म्यानेजमेण्ट, भेटेरनरी ल्याब्रोटरी टेक्निक, इण्ड्रष्ट्रियल इन्स्टलेसन एण्ड मेन्टिनेन्स, अब्जेक्ट खोरेण्टेड प्रोग्रामिङ, ईष्टिमेटिङ् कस्टिङ् एण्ड सुपरभिजन र ऐच्छिक विषयमा गायन, संगीत, वाद्यवादन र नृत्यको परीक्षा हुने छ ।

चैत १० गते शनिबार र ११ गते आइतबार चैते दसैँ परेकोले सार्वजनिक बिदा भएकाले कुनै परीक्षा हुने छैन । गएको वर्ष भने चैत ३ गतेबाट एसइई परीक्षा सुरु भएकाे थियाे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन
सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन
प्रधानमन्त्री ओलीलाई स्वागत गर्न यसरी तयार भैसक्यो दिल्ली
प्रधानमन्त्री ओलीलाई स्वागत गर्न यसरी तयार भैसक्यो दिल्ली
प्रथम विश्व युद्धको अन्त्यको स्मरण गरिदै, विश्व नेताहरु सहभागि हुँदै
प्रथम विश्व युद्धको अन्त्यको स्मरण गरिदै, विश्व नेताहरु सहभागि हुँदै
अनेरास्ववियुको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग
अनेरास्ववियुको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको ८४ प्रतिशत काम सकियो
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको ८४ प्रतिशत काम सकियो
जेलमा सेक्स सुविधा
जेलमा सेक्स सुविधा
नयाँ विद्युत् महसुल दर: घरायसी ग्राहकलाई मासिक रु ६० मात्रै, औद्योगिक ग्राहकलाई २० प्रतिशत बढी
नयाँ विद्युत् महसुल दर: घरायसी ग्राहकलाई मासिक रु ६० मात्रै, औद्योगिक ग्राहकलाई २० प्रतिशत बढी
धरान उपमहानगरपालिकामा कांग्रेसको अग्रता
धरान उपमहानगरपालिकामा कांग्रेसको अग्रता
राजेन्द्र महतोले सच्चाए आफ्नो अभिव्यक्ति
राजेन्द्र महतोले सच्चाए आफ्नो अभिव्यक्ति

तपाईंले छुटाउनुभयो कि?