शिल्पा सेट्टीलाई घ्यु नभई नहुने, आलु खानु हुन्न भन्नेलाई झापड
सारांश
- काठमाडौं ।
- बलिउडकी चर्चित नायिका शिल्पा सेट्टी फिटनेशबारे निकै सचेत छिन् ।
- नियमित योगाभ्यास गर्दै आएकी सेट्टी डाईटिङबारेपनि उतिकै कन्सियस छिन् ।
काठमाडौं । बलिउडकी चर्चित नायिका शिल्पा सेट्टी फिटनेशबारे निकै सचेत छिन् । नियमित योगाभ्यास गर्दै आएकी सेट्टी डाईटिङबारेपनि उतिकै कन्सियस छिन् ।जब उनलाई डाइटिंगबारे सोधिएको थियो तब उनले आम मान्छेमा पोषणको बारेमा ज्ञान हुन जरुरी रहेको प्रतिक्रिया दिँदै भनिन्,”३० प्रतिशत वर्कआउट हुनुपर्छ । चाहे, त्यो जिम होस वा योगा होस । तर, फिट हुनको लागि तपाईलाई ७० प्रतिशत सही डाईट हुनुपर्छ । तर, डाईटको मतलव यो होईन कि तपाई तेल नै खान छोडनुहोस ।’उनले आफूले दबाएर जिरा आलु खाने गरेको पनि सुनाईन् । उनले भनिन्,”मान्छे आलुसँग नफरत गर्छन । कसले भन्छ आलु खाँदा मोटो भईन्छ भनेर रु कसले भन्छ खाना पकाउँदा ओलिभको तल हाल्नुपर्छ भनेर । म त खानामा बेस्सरी घ्यु हाल्छु । र, खान्छु पनि । घ्युबिना मेरो खाना नै अधुरो हून्छ ।’ यो समाचार बिबिसी हिन्दीले विशेष महत्वका साथ प्रकाशित गरेको छ ।
सुनील कपिलको शोमा फर्किने पक्का!
यो पनि पढ्नुहोस्
मुम्बई। चर्चित कमेडियन कपिल शर्मा सानो पर्दामा एकलौटी राज गरिरहेका छन्। कमेडीमार्फत कपिलले धेरैको मन जित्न सफल भएका छन्। कपिलको कमेडी शो ‘द कपिल शर्मा शो’ टीआरपीमा सधैं अगाडि छ। दर्शकले कपिलको शोलाई निकै मन पराएपछि दर्शकले कपिलका सहकर्मी सुनील ग्रोवरलाई भने धेरै मिस गरिरहेका छन्। सुनील कपिलको शोमा यसअघि डाक्टर मशहूर गुलाटी र रिंकू भाभीको भूमिकामा देखिन्थे।कपिल र सुनीलबीच जहाजमा भएको विवादपछि सुनीलले कपिलको साथ छोडेका थिए। सुनीलले कपिलकोसाथ छोडेपछि कपिलको शो धेरै दिन अगाडि बढ्न सकेन। कपिलको शो बन्द भएपछि करिव एक वर्षपछि पुन शो सुरु गरेका छन्। र शो अहिले सफल पनि भएको छ। तर कपिलको नयाँ शोमा सुनील ग्रोबर देखिएनन् जसका कारण दर्शकले शो खल्लो महशुस गरे। तर अब यो खल्लो अनुभव धेरै दिन गर्नु नपर्ने भएको छ।
भारतीय संचारमाध्यमका अनुसार बलिउडका चर्चित हस्तीले कपिल र सुनीललाई एकसाथ मिलेर काम गर्न सम्झाएका छन्। उनीहरुको जोडी हेर्न फ्यान आतुर पनि छन्। यदि यो जोडी फेरि सँगै काम गर्न राजी भएका छन् र उनीहरु चाँडै शोमा एकैसाथ देखिने भएका छन्।यो खबर सुनील ग्रोबरका फ्यानकालागि निकै राहत दिने खालको छ। हुन त यो बीचमा सुनील आफ्नो कुनै न कुनै प्रोजेक्टका कारण चर्चामा नै छन्। सुनील पछिल्लो पटक सलमान खानको फिल्म भारतमा देखिएका छन्। उक्त फिल्ममो सुनीलको भूमिकालाई निकै रुचाइएको पनि छ।
(Provigil)
प्रतिक्रिया