सडक दुर्घटनामा १८ मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १५, २०७५
|
|
३० पटक हेरिएको
Shares
सडक दुर्घटनामा १८ मृत्यु

सारांश

  • ग्वाटेमाला सिटी, १४ चैत  ग्वाटेमाला शहरको एक राजमार्गमा बुधबार राती भएको सडक दुर्घटनामा परी कम्ती १८ ग्वाटेमाली नागरिकको मृत्यु भएको छ ।
  • ग्वाटेमालाको पश्चिमी शहर नाहुआलाको प्रवेशद्धारमा एक सानो ट्रकले करिब १८ व्यक्तिलाई किचेर मारेको उद्धारकर्मीहरुले जानकारी दिएका छन् ।
  • सर्वसाधारण जम्मा भएका एक स्थानमा उच्च गतिमा आइरहेको एक ट्रकले किचेर ट्रक चालकले भागेका बताइएको छ ।

ग्वाटेमाला सिटी, १४ चैत  ग्वाटेमाला शहरको एक राजमार्गमा बुधबार राती भएको सडक दुर्घटनामा परी कम्ती १८ ग्वाटेमाली नागरिकको मृत्यु भएको छ ।

ग्वाटेमालाको पश्चिमी शहर नाहुआलाको प्रवेशद्धारमा एक सानो ट्रकले करिब १८ व्यक्तिलाई किचेर मारेको उद्धारकर्मीहरुले जानकारी दिएका छन् । सर्वसाधारण जम्मा भएका एक स्थानमा उच्च गतिमा आइरहेको एक ट्रकले किचेर ट्रक चालकले भागेका बताइएको छ ।

गाडीले नै किचेर मारिएका एक स्थानीय नेताका विषयमा चर्चा गर्दै गरेका एक समूहमाथि ट्रकको लाइट पनि नबालिकन आएको एक ट्रक चालकले सर्वसाधारणलाई किचेर भागेका बताइएको छ । स्थानीय नेता र सर्वसाधारणलाई किचेर मार्ने दुबै चालक भागेका र खोजी भईरहेको प्रहरीले जानकारी दिएको छ ।

करिब ६८ जनसङ्ख्या रहेका यस शहरमा भएको दुर्घटनामा परी मृत्यु हुनेमा अधिकांश त्यहाँका आदिवासी समुदायका नागरिक रहेका छन् ।

त्यस दुर्घटनामा करिब १८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० जना घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । घाइतेहरुलाई स्थानीय अस्पताल पु¥याइएको बताइएको छ ।

दुर्घटनापछि ट्रक चालक फरार रहेको जनाइएको छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनका कारण नै सो दुर्घटना हुन पुगेको बताएको छ ।

मध्य अमेरिकी देश ग्वाटेमालामा यस्ता दर्घटनाहरु सामान्यजस्तै भएका छन् । सवारी चालकहरुले ट्राफिक नियमको उल्लङ्घन गर्ने गरेका छन् ।

यहाँका सार्वजनिक सवारी चालकहरुले पनि ट्राफिक नियम उल्लङ्घन गरी दुर्घटना गराउने र भाग्ने गरेका हुन्छन् । पछिल्ला समयमा उक्त देशमा सडक दुर्घटनाहरु यही कारणले पनि बढ्ने गरेको बताइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्यक्ष प्रचण्डसँग विश्व बैंकका प्रतिनिधिले भने, “नेपालको प्राथमिकताका क्षेत्रमा सघाउँछौं”
अध्यक्ष प्रचण्डसँग विश्व बैंकका प्रतिनिधिले भने, “नेपालको प्राथमिकताका क्षेत्रमा सघाउँछौं”
भौतिक पूर्वाधारमन्त्रीद्वारा सडक निरीक्षण
भौतिक पूर्वाधारमन्त्रीद्वारा सडक निरीक्षण
एकजना व्यक्तिलाई फिर्ता गरेको विषयलाई लिएर प्रधानमन्त्रीको राजीनामा माग्नु हास्यास्पद: महेश बस्नेत
एकजना व्यक्तिलाई फिर्ता गरेको विषयलाई लिएर प्रधानमन्त्रीको राजीनामा माग्नु हास्यास्पद: महेश बस्नेत
२२७ नेपाली विदेशी जेलमाः नौ नेपालीलाई मृत्युदण्डको फैसला
२२७ नेपाली विदेशी जेलमाः नौ नेपालीलाई मृत्युदण्डको फैसला
प्रधानमन्त्रीलाई बाबुरामको प्रश्न : भ्रष्टाचारको छानबिन गर्न कसले रोकेको हो त ?
प्रधानमन्त्रीलाई बाबुरामको प्रश्न : भ्रष्टाचारको छानबिन गर्न कसले रोकेको हो त ?
डलर साट्न बोलाई ठगी गरि फरार
डलर साट्न बोलाई ठगी गरि फरार
पढाई खर्च दिने नाममा राजधानीमै यसरी लुटिए अभिभावक
पढाई खर्च दिने नाममा राजधानीमै यसरी लुटिए अभिभावक
इजरायलमा मारिएका सबै नेपालीको शव पहिचान
इजरायलमा मारिएका सबै नेपालीको शव पहिचान
प्रधानमन्त्रीलाई माया गरेको हो भने देवराज घिमिरेलाई पनि सभामुखमा मत दिनुहोस् : याेगेश भट्टराई
प्रधानमन्त्रीलाई माया गरेको हो भने देवराज घिमिरेलाई पनि सभामुखमा मत दिनुहोस् : याेगेश भट्टराई
ललितपुर-१ मा राणा र सिलवालबीच मुख्य प्रतिस्पर्धा
ललितपुर-१ मा राणा र सिलवालबीच मुख्य प्रतिस्पर्धा

तपाईंले छुटाउनुभयो कि?