छाउ गोठमा बस्नेको सेवा सुविधा रोक
सारांश
- डोटी, १० चैत , जिल्लाको पूर्वीचौकी गाउँपालिकाले आप्mनो गाउँपालिकाभरिमा छाउपडी गोठमा बस्नेलाई स्थानीय तहले प्रदान गर्ने सेवा सुविधामा रोक लगाउने भएको छ ।
- पूर्वीचौकी गाउँपालिकाको सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले पूर्वीचौकी गाउँपालिका–५ काँडामाडौँमा आयोजना गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले छाउपडी गोठमा बस्नेलाई स्थानीय तहले प्रदान गर्ने सबैखाले सेवा सुविधामा रोक लगाउने बताउनुभयो ।
- उहाँले भन्नुभयो, “महीनावारी भए छाउगोठमा बसे सबै सेवासुविधा कटौती गर्छौं, सफासुग्घर हुनुस् घरैमा बस्नुहोस् ।
डोटी, १० चैत , जिल्लाको पूर्वीचौकी गाउँपालिकाले आप्mनो गाउँपालिकाभरिमा छाउपडी गोठमा बस्नेलाई स्थानीय तहले प्रदान गर्ने सेवा सुविधामा रोक लगाउने भएको छ । पूर्वीचौकी गाउँपालिकाको सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले पूर्वीचौकी गाउँपालिका–५ काँडामाडौँमा आयोजना गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले छाउपडी गोठमा बस्नेलाई स्थानीय तहले प्रदान गर्ने सबैखाले सेवा सुविधामा रोक लगाउने बताउनुभयो ।
उहाँले भन्नुभयो, “महीनावारी भए छाउगोठमा बसे सबै सेवासुविधा कटौती गर्छौं, सफासुग्घर हुनुस् घरैमा बस्नुहोस् ।” पूर्वीचौकी गाउँपालिकासँगै डोटी जिल्ला र सुदूरपश्चिम प्रदेश क्षेत्र छाउपडी प्रथाका नाममा बदनाम भइसकेको र छाउपडीलाई जानाजान प्रथाका रुपमा मान्नेलाई आफूले प्रदान गर्ने सेवा सुविधामा रोक लगाउने उहाँले बताउनुभयो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै डोटीका प्रजिअ यादव सुवेदीले छाउपडीलाई कुप्रथा र अपराधका रुपमा लिइसकेकाले कसैले पनि छाउपडीका नाममा अपराध गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “छाउपडी प्रथा अपराध मानिएको छ, अपराधजन्य काम कसैले गर्नु भएन ।”
डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझीले छाउपडीलाई प्रथाका रुपमा लिई असुरक्षित तवरले गोठमा बस्ने विषयमा गाउँगाउँमा जनचेतना फैलाउनु पर्ने र अटेरी गरेमा कानूनी कारवाही गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जबर्जस्ती छाउगोठमा राख्नेलाई कारवाही नगरेसम्म यो प्रथा हट्ने देखिन्न ।”
गाउँमा छाउपडीका विषयमा जानकारी नभएर नभई बुझेर बुझ पचाएका कारण समस्या भएको पूर्वीचौकी गाउँपालिकाका उपाध्यक्ष निर्मला साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “छाउपडी हटाउन सुरक्षित तवरले घरभित्र बस्नेहरुलाई पुरस्कृत र कुप्रथा मान्नेलाई कानूनी सजाय गर्न जरुरी भएको छ ।”
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी कार्यक्रम भए पनि कार्यक्रमका अधिकांश वक्ताले छाउपडी प्रथाकै विषयमा समय खर्चेका थिए । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले जिल्लाका विभिन्न स्थानमा पछिल्लो समय स्थानीय तहसँगको समन्वय र सहयोगमा समुदाय प्रहरी साझेदारी कार्यक्रम गरिरहेको छ ।
सुदूरपश्चिमका पहाडी जिल्लामा एम्बुलेन्स दिइँदै
सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमका विभिन्न सात पहाडी जिल्लामा एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । सुदूरपश्चिम प्रदेशका बझाङ, बैतडी, दार्चुला, डडेल्धुरा, अछाम, बाजुरा र डोटीमा गरी १६ वटा एम्बुलेन्स दिने भएको जनाइएको छ ।
सात पहाडी जिल्लाका दुर्गम १६ वडा निर्वाचन क्षेत्रमा उक्त एम्बुलेन्स वितरण गरिने कार्यक्रम तय भएको सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जानकारी दिनुभयो । यहाँका पहाडी भेगका दुर्गम क्षेत्रका मानिसको स्वास्थ्य सेवामा पहुँच बढाउन प्रदेश सरकारले सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गर्न लागेको मन्त्री सुवेदीले बताउनुभयो ।
प्रदेश सरकारले प्रति एम्बुलेन्स रु ३९ लाखका दरले ६ करोड ४० लाख खर्च गरिरहेको र केही समयभित्रै खरीद प्रक्रिया पूरा गरी निर्वाचन क्षेत्रमा एम्बुलेन्स हस्तान्तरण गरिने उहाँले जानकारी दिनुभयो ।
त्यस्तै सुदूरपश्चिममा वर्षेनी औषत ३२ हजार महिला सुत्केरी हुने गरेको र आमा सुरक्षा कार्यक्रममा बजेट अभाव भएकाले केन्द्र सरकारसँग रु २९ करोड माग गरेको मन्त्री सुवेदीले बताउनुभयो । सुदूरपश्चिममा डाक्टरको अभाव रहेको बताउँदै उहाँले कम्तीमा १० वर्ष यसै क्षेत्रमा बस्ने गरी चारजना गैरदलित र चारजना समावेशी गरी आठजना डाक्टरका लागि बजेटको व्यवस्था गरिने जानकारी दिनुभयो ।
डोटी जिल्लामा पनि एकजना डाक्टर राख्न वर्षेनी रु २०÷२२ लाख प्रदेश सरकारले सहयोग गर्ने उहाँले बचन दिनुभयो । यस्तै जिल्ला अस्पताल प्रदेश सरकारको मातहतमा रहेकाले रिक्त रहेका व्यवस्थापन समितिलाई यसै चैत महीनाभित्र पूर्णता दिने उहाँले बताउनुभयो ।
चौपाया मर्दै
पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–३ मा फैलिएको खोरेत रोगका कारण चौपाया मर्न थालेका छन् । करीब दुई हप्तादेखि फैलिएको उक्त रोगका कारण आधा दर्जन जति चौपाया मरिसकेका छन् भने एक दजर्नभन्दा बढी चौपाया थला परेका स्थानीयवासी राम गिरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “वडाभरिमा खोरेत रोग फैलिएको छ, जति औषधि गरे नि चौपाया निको हुन सकेका छैनन् हामीलाई ठूलै नोक्सानी हुँदैछ ।”
सायल गाउँपालिका–३ स्थित साप्रेबेटारा, लुसाकोट, भल्मा लगायतका क्षेत्रमा उक्त रोग फैलिएको स्थानीयवासी बताउँछन् । सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले वडा नं ३ का विभिन्न गाउँमा खोरेत रोग फैलिएको खबर आएकाले पशु चिकित्सकको टोली मगाएर उपचार भइरहेको बताउनुभयो ।
खोरेत रोग लागेका चौपायाको खुट्टामा कीरा पर्ने, मुखमा ¥याल आउने, काँप्ने, छट्पटाउने र खाना पानी नखाने लक्षण देखिने गरेको र पछि चौपाया मर्ने गरेको स्थानीयवासी बताउँछन् ।
सामाजिक विकासमा सिडिसी
सामाजिक विकासमा सामुदायिक विकास केन्द्र डोटीको पहल र भूमिका प्रशंसनीय रहेको लक्षित समुदाय तथा सरोकारवालाले बताएका छन् । सामुदायिक विकास केन्द्र डोटीद्वारा सञ्चालित पहल कार्यक्रमअन्र्तत गठन गरिएको जिल्ला परियोजना सल्लाहकार कमिटीका प्रतिनिधिसहितको अनुगमनका क्रममा सहभागीले विकट ग्रामीण क्षेत्रमा भौतिक तथा चेतनाको विकासमा सिडिसीद्वारा सञ्चालित पहल कार्यक्रमको भूमिका उल्लेख्य रहेको बताउनुभयो ।
वासुदेवीका जोगी बडैलाले पहल कार्यक्रमले कृषिमा आधुनिक प्रविधि हस्तान्तरण गरेपछि आफू व्यावसायिक रुपमा तरकारी खेतीमा संलग्न रहेको बताउनुभयो । अनुगमनपश्चात् आयोजना गरिएको समीक्षा कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले सामुदायिक विकास केन्द्र डोटीद्वारा सञ्चालित पहल कार्यक्रमबाट दूरदराजका समुदायमा भौतिक, चेतनाको विकासका साथै जीविकोपार्जनका लागि ठूलो सहयोग पुगेको बताउनुभयो ।
केआई सिंह गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले सामुदायिक विकास केन्द्र डोटीद्वारा सञ्चालित पहल कार्यक्रम र गाउँपालिका बीचमा विभिन्न समयमा सहकार्यमा काम भएको बताउँदै पहल कार्यक्रम पारदर्शी र गुणस्तरीय रहेको धारणा व्यक्त गर्नुभयो ।
बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले गैरसरसकारी संस्थाहरु स्थानीय सरकारका विकास साझेदार तथा अभिन्न अङ्ग भएकाले गाउँपालिकाका योजनामा गैरसरकारी संस्थाहरुले सहयोग गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया