गीत जस्ताको तस्तै अपलोड गर्न पशुपतिलाई आग्रह, दवावले गीत हटाएको गायकको दावी
सारांश
- काठमाडौ ।
- राष्ट्रिय लोक दोहोरीगीत प्रतिष्ठानले चर्चित लोक गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीतलाई जस्ताको तस्तै फेरि युट्युबमा अपलोड आग्रह गरेको छ ।
- शर्माको गीतलाई लिएर सामाजिक सञ्जाल र आम सर्वसाधारणमाझ चर्को आलोचनापछि आइतबार प्रतिष्ठानको आकस्मिक बैठकले गीतलाई फेरि युट्युबमा अपलोड गर्नु पर्ने निष्कर्ष निकालेको हो ।
काठमाडौ । राष्ट्रिय लोक दोहोरीगीत प्रतिष्ठानले चर्चित लोक गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीतलाई जस्ताको तस्तै फेरि युट्युबमा अपलोड आग्रह गरेको छ । शर्माको गीतलाई लिएर सामाजिक सञ्जाल र आम सर्वसाधारणमाझ चर्को आलोचनापछि आइतबार प्रतिष्ठानको आकस्मिक बैठकले गीतलाई फेरि युट्युबमा अपलोड गर्नु पर्ने निष्कर्ष निकालेको हो ।
अध्यक्ष बद्री पंगेनी र महासचिव सुवास केसीद्वारा हस्ताक्षर भएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘पशुपति शर्माको गीतमा प्रयोग भएका शब्दमा कलाकार आफैलाई फेर्न योग्य लागेर गीत हटाउनुभएको हो भने त्यो उहाँको निजी स्वतन्त्रताको कुरालाई संस्था सम्मान गर्दछ तर कुनै दबाब या कुनै धम्कीको कारणले हटाउनु भएको हो भने गीतलाई जस्ताको तस्तै पुनः अपलोड गर्नुहुन संस्था अनुरोध गर्दछ ।’
यसका साथै प्रतिष्ठानले गीत डिजिटल प्लेटफर्ममा राख्न वा हटाउने सम्बन्धमा कहीकतैबाट आधिकारिक निवेदन, अनुरोध वा जानकारी संस्थामा नआएको, र गीत हटाउने विषयलाई लिएर संस्थामा कोही पनि औपचारिक प्रस्ताव दर्ता नगराएको स्पष्ट पारेको छ ।
उता लोकदोहोरी गायक पशुपति शर्माले पनि गीत ‘लुट्न सके लुट’ गीत आपत्तिजनक नभएको बताएका छन् । व्यंग्यात्मक गीत भनेर लेख्दा पनि विरोध भएको उनले बताए । गीत हटाउन दवाव आएको समेत उनले खुलासा गरे ।
प्रतिक्रिया