ज्ञानेन्द्र शाहीद्वारा तत्काल गृहमन्त्री नियुक्त गर्न माग

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ३, २०७९
|
|
२९ पटक हेरिएको
Shares
ज्ञानेन्द्र शाहीद्वारा तत्काल गृहमन्त्री नियुक्त गर्न माग

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले तत्काल गृहमन्त्री नियुक्त गर्न माग गरेका छन् ।
  • प्रतिनिधिसभाको आज जारी बैठकमा शुन्य समय लिएर बोल्दै उनले गृहमन्त्री नियुक्त गरेर देशमा भइरहेको अराजक स्थितिलाई नियन्त्रणमा लिन माग गरेका हुन् ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले तत्काल गृहमन्त्री नियुक्त गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आज जारी बैठकमा शुन्य समय लिएर बोल्दै उनले गृहमन्त्री नियुक्त गरेर देशमा भइरहेको अराजक स्थितिलाई नियन्त्रणमा लिन माग गरेका हुन् ।

शाहीले सोमबार नयाँ बसपार्क क्षेत्रमा भएको घटनासहितले देशमा सरकार नभएको आभास गराएको बताए ।

देशको शान्ति सुरक्षाको जिम्मेवारी वहन गर्न गृहमन्त्रालयमै मन्त्री नियुक्त नहुँदा देशमा अराजतक, लुटपाट भएको भन्दै उनले तत्काल गृहमन्त्री नियुक्त गर्न माग गरे ।

सबै मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्ने हो भने सबै मन्त्रालय खाली गरे हुने उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?