साउदी अरबका हजारौं सैनिक नियन्त्रणमा लिएको हूती विद्रोहीको दाबी

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १२, २०७६
|
|
४१ पटक हेरिएको
Shares
साउदी अरबका हजारौं सैनिक नियन्त्रणमा लिएको हूती विद्रोहीको दाबी

सारांश

  • बीबीसी।
  • यमनका हूती विद्रोहीले आफूहरुले ठूलो संख्यामा साउदी अरबका सैनिकलाई नियन्त्रणमा लिएको दाबी गरेको छ।
  • हूती विद्रोहीका एक जना प्रवक्ताले बीबीसीलाई लिएको जानकारी अनुसार साउदी अरबको नाजरान सहर नजिकै साउदीका तीन ब्रिगेडले आत्मसमर्पण गरेका छन्।

बीबीसी। यमनका हूती विद्रोहीले आफूहरुले ठूलो संख्यामा साउदी अरबका सैनिकलाई नियन्त्रणमा लिएको दाबी गरेको छ। हूती विद्रोहीका एक जना प्रवक्ताले बीबीसीलाई लिएको जानकारी अनुसार साउदी अरबको नाजरान सहर नजिकै साउदीका तीन ब्रिगेडले आत्मसमर्पण गरेका छन्।
ती प्रवक्ताका अनुसार पक्राउ परेका सैनिक हजारौंको संख्यामा छन्। उनको दाबी अनुसार हूती विद्रोहीको तीन दिनको अभियानमा साउदी अरब गठनबन्धन सेनाका अन्य धेरै सैनिक मारिएका छन्।

साउदी अरबका अधिकारीले हूती विद्रोहीको यो दाबीको पुष्टि गरेका छ्रैनन्। हूती विद्रोहीका प्रवक्ता कर्नल याहिया सारियाले यमनमा संघर्ष सुरु भएपछि अहिलेसम्म कै यो ठूलो अभियान भएको बताएका छन्। कर्नल याहिया सारियाले साउदी सेनाले आत्मसमर्पण गरेको बताए। उनले ठूलो संख्यामा जनहानि र युद्धमा प्रयोग हुने हतियार मेशिनमा क्षति पुगेको बताए। उनले आफ्नो नियन्त्रणमा रहेका सैनिकलाई आइतबार हूती नियन्त्रित अल मसीहार टिभी नेटवर्कमा परेड गराइने बताए।

हूती विद्रोहीले यसअघि साउदी अरबका दुई तेल प्रशोधन कम्पनीमा आक्रमण गरेको दाबी गरेका थियो। यो आक्रमण १४ सेप्टेम्बरमा भएको थियो। उक्त आक्रमणपछि विश्वमा तेल बजार प्रभावित भएको थियो। तर साउदी अरब र अमेरिकाले यो आक्रमणका लागि इरानलाई जिम्मेवार बताएका थिए। इरानले उक्त आरोपलाई अस्वीकार गर्दै आएको छ। इरानले हूती विद्रोहीलाई समर्थन गर्ने गरेको आरोप लाग्ने गरेको छ।

यमनमा २०१५ देखि संघर्ष जारी छ। त्यतिबेला हूती विद्रोहीले राजधानी सानामाथि नै कब्जा जमाएका थिए। र राष्ट्रपति अब्दरबू मंसूर हादीले देश छोडेर भाग्नु परेको थियो। उत्तरी यमनको धेरै जसो भाग हूती विद्रोहीको कब्जामा छ।

साउदी अरब राष्ट्रपति दाबीको समर्थनमा छ। साउदी अरबको अगुवाईको गठबन्धन सेनाले २०१५ हूती विद्रोही विरुद्ध हवाइ आक्रमण सुरु गरेको थियो। यो गठबन्धन आज पनि प्रत्येक दिन हवाइ आक्रमण गरिरहेको छ। हूती विद्रोही साउदी अरबमाथि मिसाइल आक्रमण गर्दै आएको छ।
गृह युद्धका कारण यमन गहिरो मानवीय संकटमा फसेको छ। देशको करिव ८० प्रतिशत जनसंख्या अर्थात करिव २ करोड ४० लाख मानिसलाई मानवीय सहायताको जुरुरी छ। करिव एक करोड मानिस भोकमरीको चपेटामा छन्।

संयुक्त राष्ट्रसंघका अनुसार २०१६ देखि जारी संघर्षका कारण ७० हजार भन्दा मानिसको मृत्यु भइसकेको छ।

(https://www.drogueriasanjorge.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राेचक समाचार : बिहेको जन्ती नाँच्दा भाँचियो पुल, बेहुलाले पाए तीन लाख क्षतिपूर्ति
राेचक समाचार : बिहेको जन्ती नाँच्दा भाँचियो पुल, बेहुलाले पाए तीन लाख क्षतिपूर्ति
यी हुन् विमान दुर्घटनामा परेका बंगलादेशमा अध्ययनरत नेपाली मेडिकल विद्यार्थीहरु
यी हुन् विमान दुर्घटनामा परेका बंगलादेशमा अध्ययनरत नेपाली मेडिकल विद्यार्थीहरु
खाएर हात धुन निस्केका बालकलाई चितुवाले खायो
खाएर हात धुन निस्केका बालकलाई चितुवाले खायो
कम्युनिष्ट पार्टीको चुनाव चिह्न ‘सूर्य’ कि ‘सूर्यभित्र हँसिया–हथौडा’!
कम्युनिष्ट पार्टीको चुनाव चिह्न ‘सूर्य’ कि ‘सूर्यभित्र हँसिया–हथौडा’!
उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध
उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध
आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय
आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय
कहिले आउला त मेलम्ची !
कहिले आउला त मेलम्ची !
रहस्यमय शक्तिले बेहोस बनाएर काट्यो कयौं महिलाको कपाल !
रहस्यमय शक्तिले बेहोस बनाएर काट्यो कयौं महिलाको कपाल !
सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने
सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने
बैतडीमा २५ प्रतिशत मत खस्यो , न्वादेउमा बिष्फोटको आवाज आएपछि मतदाता त्रसित
बैतडीमा २५ प्रतिशत मत खस्यो , न्वादेउमा बिष्फोटको आवाज आएपछि मतदाता त्रसित