रवि लामिछानेको कार्यक्रमले २०० भाग पूरा गर्दै
सारांश
- काठमाडौं, ८ चैत ।
- अबको केही घण्टामा कार्यक्रम “सिधा कुरा जनतासँग”ले कार्यक्रमको २०० भाग पूरा गर्दैछ ।
- जनताका चासो, गुनासो र प्रश्नसहितको यस कार्यक्रम नेपाली टेलिभिजन इतिहासमै सबै भन्दा बढी टिआरपी कमाउन सफल कार्यक्रम बन्यो ।
काठमाडौं, ८ चैत । अबको केही घण्टामा कार्यक्रम “सिधा कुरा जनतासँग”ले कार्यक्रमको २०० भाग पूरा गर्दैछ । जनताका चासो, गुनासो र प्रश्नसहितको यस कार्यक्रम नेपाली टेलिभिजन इतिहासमै सबै भन्दा बढी टिआरपी कमाउन सफल कार्यक्रम बन्यो ।
जनताका प्रत्यक्ष समस्यासँग सरोकार राख्ने कार्यक्रमले सरकारका कर्मचारीदेखि सरकारका मन्त्रीसम्म जनताका कुरा पुराउने माध्यम पनि बन्यो । बिशेषगरी भ्रष्टाचार र समाजका कुरुतिलाई यस कार्यक्रमले महत्व दियो । देशबिदेशमा रहेका नेपाली दर्शकमाझ यो कार्यक्रम चर्चित मात्रै बनेन कि बिदेशमा समस्यामा परेका नेपाली चेलीहरुको उद्धार गर्न पनि सफल भयो ।
शुरुको भागदेखि नै चर्चित यो कार्यक्रमका सम्पूर्ण टिमको प्रयासमा सफल भएको कार्यक्रमका प्रस्तोता रवि लामिछानेलाई केही दर्शकले देवतासम्म पनि भन्न रुचाए त केही दर्शकले सामाजिक सन्जालमा प्रधानमन्त्री, मन्त्री बनाउनुपर्ने भन्दै ट्रोल चलाए । शुरुदेखि नै कार्यक्रमले श्रम कार्यालयका घुस प्रकरण, ठगी, हिंसा, महिला दिदीबहिनीप्रति भइरहेका अपराधलाई आफ्नो बिषय बनाउँदै आइरहेको छ । हप्तामा तीनपटक प्रसारण हुने कार्यक्रमका हरेक भागहरु विशेष छन् ।
प्राप्त जानकारीअनुसार कार्यक्रमले २०० भाग मनाउँदै गर्दा सरकारी कार्यालय र कर्मचारीका घुस प्रकरण, सेवाग्राहीप्रति कर्मचारीको हेपाहा प्रवृत्ति आदि बिषयसँग प्रत्यक्ष रही सरकारका स्थानीय प्रशासन मन्त्री लालबाबु पण्डित र श्रममन्त्री गोकर्ण विष्टसँगको प्रत्यक्ष कुराकानीसहित आजको विशेष कार्यक्रम प्रसारण हुँदैछ । आगामी दिनमा पनि “सिधा कुरा जनतासँग”को यस्तै लोकप्रियता कायम रहोस्, शिखरन्युजको शुभकामना !
प्रतिक्रिया