जतिसक्दो चाँडो सञ्चार ऐन ल्याउने तयारीमा छौँ : मन्त्री शर्मा
सारांश
- काठमाडौँ ।
- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जतिसक्दो चाँडो सञ्चारसम्बन्धी कानून ल्याउने तयारी भइरहेको बताएकी छिन् ।
- मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालको बिदाइ कार्यक्रममा सरकारका प्रवक्ता शर्माले सञ्चार क्षेत्रका विज्ञ तथा सरोकारवालाको सल्लाह र सुझावका आधारमा सञ्चार ऐन ल्याउने तयारी भइरहेको जानकारी दिइन् ।
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जतिसक्दो चाँडो सञ्चारसम्बन्धी कानून ल्याउने तयारी भइरहेको बताएकी छिन् ।
मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालको बिदाइ कार्यक्रममा सरकारका प्रवक्ता शर्माले सञ्चार क्षेत्रका विज्ञ तथा सरोकारवालाको सल्लाह र सुझावका आधारमा सञ्चार ऐन ल्याउने तयारी भइरहेको जानकारी दिइन् ।
उनले सूचना प्रविधिको क्षेत्रमा आएको परिवर्तनलाई आत्मसाथ गर्दै इमान्दारीपूर्वक जनतालाई अझै प्रत्यक्ष लाभ हुने गरी नतिजामुखी काम गर्न कर्मचारीलाई निर्देशन दिइन् । उनले भनिन्,“सचिवज्यू जहाँ भए पनि उहाँको योग्यता र क्षमताको जनताले अनुभूत गर्न पाउनेछन् भन्नेमा म विश्वस्त छु ।”
सोही अवसरमा सचिव अर्यालले आफ्नो कार्यकालमा एकीकृत कार्यालयको व्यवस्थापन कार्य,सञ्चार ऐन तयार गर्ने, चलचित्र स्टुडियो निर्माण र डिजिटल साक्षरता अभियानलगायतका कार्यक्रम गर्न सफल भएको बताइन् ।
यही चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको हो । सचिव अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा सरुवा भएको हो । उनी करिब डेढ वर्षदेखि सूचना सञ्चार मन्त्रालयको सचिव थिइन् ।
प्रतिक्रिया