कोरोना भाइरस बन्द कोठामा १० मिटरभन्दा टाढासम्म फैलिन सक्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २४, २०७७
|
|
५८ पटक हेरिएको
Shares
कोरोना भाइरस बन्द कोठामा १० मिटरभन्दा टाढासम्म फैलिन सक्ने

सारांश

  • एजेन्सी, २४ असार ।
  • कोरोना भाइरस (कोभिड १९) बन्द कोठाभित्र १० मिटरभन्दा लामो दुरीसम्म फैलिनसक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।
  • वैज्ञानिकहरुका अनुसार कोरोना भाइरस बोकेका सूक्ष्म थोपा (ड्रपलेट)हरु बन्द कोठामा १० मिटरभन्दा लामो दूरीसम्म फैलिन सक्छन् ।

एजेन्सी, २४ असार । कोरोना भाइरस (कोभिड १९) बन्द कोठाभित्र १० मिटरभन्दा लामो दुरीसम्म फैलिनसक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । वैज्ञानिकहरुका अनुसार कोरोना भाइरस बोकेका सूक्ष्म थोपा (ड्रपलेट)हरु बन्द कोठामा १० मिटरभन्दा लामो दूरीसम्म फैलिन सक्छन् ।

जसको कारण अहिले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले दिएको भौतिक दुरीको नियमले कोरोना भाइरस नियन्त्रण गर्न नसकिने उनीहरुको भनाइ छ । विश्वका ३२ मुलुकका २३९ वैज्ञानिकहरुले डब्ल्यूएचओलाई पत्र लेख्दै यसबारे जानकारी गराएका हुन् ।

वैज्ञानिकहरुका अनुसार बन्द कोठामा पाँच माइक्रोमिटरभन्दा साना ड्रपलेटहरु १० मिटरभन्दा लामो दुरीसम्म फैलिन सक्छन् । अहिलेसम्म डब्ल्यूएचओले कोरोना भाइरस नियन्त्रणको लागि कम्तीमा एक मिटरको भौतिक दुरी कायम राख्न दिशानिर्देश जारी गर्दै आएको छ ।

पछिल्लो समय विश्वभरका मुलुकहरु कोरोना भाइरस नियन्त्रण तथा रेष्टुरेन्ट, पसल र सिनेमाजस्ता व्यावसायिक क्षेत्र खोल्न संघर्ष गरिरहेको अवस्थामा वैज्ञानिकहरुले यस्तो चेतावनी दिएका हुन् । स्रोत : साउथ चाइना मर्निङ पोस्ट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शनिबार काठमाडौँमा ‘रमाइलो दौड’ हुने
शनिबार काठमाडौँमा ‘रमाइलो दौड’ हुने
अध्यागमनको ‘सर्भर डाउन’ हुँदा प्रभावित बनेको अन्तर्राष्ट्रिय उडान नियमित
अध्यागमनको ‘सर्भर डाउन’ हुँदा प्रभावित बनेको अन्तर्राष्ट्रिय उडान नियमित
२३ वर्षपछि चुनावी प्रतिस्पर्धामा पूर्वसभामुख ढुङ्गाना  2017-11-02 16:45
२३ वर्षपछि चुनावी प्रतिस्पर्धामा पूर्वसभामुख ढुङ्गाना 2017-11-02 16:45
कुहिने र नकुहिने नछुट्याए काठमाडौं महानगरपालिकाले फोहोर नउठाउने
कुहिने र नकुहिने नछुट्याए काठमाडौं महानगरपालिकाले फोहोर नउठाउने
१२५ थान मतदाता परिचय पत्र खोसेर भाग्ने निवर्तमान वडाध्यक्ष पक्राउ
१२५ थान मतदाता परिचय पत्र खोसेर भाग्ने निवर्तमान वडाध्यक्ष पक्राउ
ओलीले माओवादीको र प्रचण्डले एमालेको बैठकलाई सम्वोधन गर्ने !
ओलीले माओवादीको र प्रचण्डले एमालेको बैठकलाई सम्वोधन गर्ने !
बियरको मुुल्य दुई लाख पचास हजार
बियरको मुुल्य दुई लाख पचास हजार
प्रधानमन्त्री ओलीलाई भेट्दा बीचमा शिशा !
प्रधानमन्त्री ओलीलाई भेट्दा बीचमा शिशा !
निर्वाचनकाे मुखमा राजपामा विवाद, बहुराष्ट्रवादको विषयले बढायाे असन्तुष्टि, शीर्ष नेता अाराेप–प्रत्याराेपमा
निर्वाचनकाे मुखमा राजपामा विवाद, बहुराष्ट्रवादको विषयले बढायाे असन्तुष्टि, शीर्ष नेता अाराेप–प्रत्याराेपमा
पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध !
पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध !