नियम विपरीत सञ्चालनमा रहेका औषधि र मासु पसलमा सिलबन्दी !

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
३४ पटक हेरिएको
Shares
नियम विपरीत सञ्चालनमा रहेका औषधि र मासु पसलमा सिलबन्दी !

सारांश

  • काठमाडौँ, २१ साउन।
  •   नियम विपरीत सञ्चालनमा रहेका चार पसललाई सिलबन्दी गरिएको छ ।
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार गरेको अनुगमनका क्रममा यसअघि दिएको निर्देश निर्देशन पालना नगरेको र औषधि पसल सञ्चालनसम्बन्धी कुनै पनि कागजात नपाइएपछि नरेफाँटस्थित एनएण्डएस औषधि पसल सिलबन्दी गरिएको हो ।

काठमाडौँ, २१ साउन।  नियम विपरीत सञ्चालनमा रहेका चार पसललाई सिलबन्दी गरिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार गरेको अनुगमनका क्रममा यसअघि दिएको निर्देश निर्देशन पालना नगरेको र औषधि पसल सञ्चालनसम्बन्धी कुनै पनि कागजात नपाइएपछि नरेफाँटस्थित एनएण्डएस औषधि पसल सिलबन्दी गरिएको हो ।  त्यसैगरी मनकामना मार्केटिङ स्टोर र केसी चिकेन स्टोर गँगबुमा पनि कुखुरा राख्ने स्थान र वधस्थल अत्यधिक फोहोर भएको, छानाबाट पानी चुहिएको तथा व्यवसाय दर्तासँग सम्बन्धित कागजात व्यवसायस्थलमा नभएकाले हाल दुवै पसलका सामान सञ्चालक स्वयंको जिम्मामा रहने गरी सिलबन्दी गरिएको हो । केसी चिकेन स्टोरबाट म्याद नाघेका रु दुई हजार ८०० बराबरको सामान नष्ट गरिएको छ ।

चिरीशा फार्मेसी नरेफाँटमा सम्बन्धित व्यवसायीको अनुपस्थिति रहेको, औषधि व्यवस्था विभागको ढाँचानुसारको बिल नभएको तथा म्याद नाघेको औषधि बिक्रीस्थलमा राखेकाले तत्काल बन्द गरी २४ घण्टाभित्र विभागमा आउन निर्देशन दिइएको छ ।  संयोजक रामकृष्ण श्रेष्ठको अगुवाइमा भएको अनुगमनका क्रममा काठमाडौँ जडीबुटीमा रहेको स्पर्श फार्मेसीमा व्यवसाय दर्तानुसारको सूचनापाटी नभएको र औषधि व्यवस्था विभागअनुसारको बिल नभएकाले २४ घण्टाभित्र विभागमा आउन निर्देशन दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उदयपुरबाट १ किलो गाँजा सहित एक युवक पक्राउ
उदयपुरबाट १ किलो गाँजा सहित एक युवक पक्राउ
गरिबी, असमानता, जलवायु परिवर्तन विश्वकै चुनौती : प्रधानमन्त्री ओली
गरिबी, असमानता, जलवायु परिवर्तन विश्वकै चुनौती : प्रधानमन्त्री ओली
श्रीलङ्काको होटल र चर्चमा भयानक बिस्फोट, मृत्यु हुनेको संख्या १६० पुग्यो
श्रीलङ्काको होटल र चर्चमा भयानक बिस्फोट, मृत्यु हुनेको संख्या १६० पुग्यो
Checkout who is playing whom in the Sanjay Dutt biopic ‘Sanju’
Checkout who is playing whom in the Sanjay Dutt biopic ‘Sanju’
हेर्नुहोस् प्रदेशसभाका ३३ सीटमा माओवादी उम्मेदवारको सूची
हेर्नुहोस् प्रदेशसभाका ३३ सीटमा माओवादी उम्मेदवारको सूची
मन्त्रिपरिषद्ले गरेका निर्णयहरु के-के हुन् ? (सूचीसहित)
मन्त्रिपरिषद्ले गरेका निर्णयहरु के-के हुन् ? (सूचीसहित)
नेकपाले दियो घुस प्रकरणमा मुछिएका पाठकको भिडियो
आज सहिद दिवस, विविध कार्यक्रम गरी मनाइँदै
आज सहिद दिवस, विविध कार्यक्रम गरी मनाइँदै
विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक चाँडै नियुक्त गरिन्छः मन्त्री पुन
विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक चाँडै नियुक्त गरिन्छः मन्त्री पुन
लोकसेवाको विज्ञापनको समर्थनमा युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलको ९ तर्क
लोकसेवाको विज्ञापनको समर्थनमा युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलको ९ तर्क

तपाईंले छुटाउनुभयो कि?