कर्णालीका चार मन्त्रीद्वारा शपथ ग्रहण
सारांश
- कर्णाली प्रदेशका नवनियुक्त चारजना मन्त्रीहरूले पद तथा गोपनीयताकाे शपथ लिएका छन्।
- प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त चार मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
- कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसीले शपथ लिएका छन् ।
कर्णाली प्रदेशका नवनियुक्त चारजना मन्त्रीहरूले पद तथा गोपनीयताकाे शपथ लिएका छन्। प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त चार मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसीले शपथ लिएका छन् । यस्तै यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी माओवादीकी उर्मिला विश्वकर्माले जलस्रोत तथा ऊर्जा विकास मन्त्रीको रूपमा शपथ लिएकी छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया