फ्रान्समा पारिश्रमिक वृद्धि र कर छुटको घोषणा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २५, २०७५
|
|
१८ पटक हेरिएको
Shares
फ्रान्समा पारिश्रमिक वृद्धि र कर छुटको घोषणा

सारांश

  • फ्रान्स, २५ मंसिर ।
  • फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले न्यूनतम पारिश्रमिक वृद्धि र करमा छुट दिने घोषणा गरेका छन् ।
  • इन्धनमा भएको मूल्यवृद्धि र महंगी बढेको विरोधमा फ्रान्समा चार हप्तादेखि आन्दोलन भइरहेका बेला राष्ट्रपति म्याक्रोनले टेलिभिजनमार्फत् राष्ट्रका नाममा सम्बोधन गर्दै न्यूनतम पारिश्रमिक वृद्धि र कर छुट दिने घोषणा गरेका हुन् ।

फ्रान्स, २५ मंसिर । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले न्यूनतम पारिश्रमिक वृद्धि र करमा छुट दिने घोषणा गरेका छन् । इन्धनमा भएको मूल्यवृद्धि र महंगी बढेको विरोधमा फ्रान्समा चार हप्तादेखि आन्दोलन भइरहेका बेला राष्ट्रपति म्याक्रोनले टेलिभिजनमार्फत् राष्ट्रका नाममा सम्बोधन गर्दै न्यूनतम पारिश्रमिक वृद्धि र कर छुट दिने घोषणा गरेका हुन् ।

प्रदर्शनका क्रममा भएको हिंसाको निन्दा गर्दै राष्ट्रपति म्याक्रोनले प्रदर्शनकारीले उठाएका कतिपय माग जायज भएको स्वीकार गरे । उनले सन् २०१९ मा न्यूनतम पारिश्रमिकमा प्रतिमहिना १ सय युरो बढाउने घोषणा गरेका छन् । उनले कम आय भएकाहरु माथिको कर वृद्धिको घोषणा पनि रद्द गरिदिएका छन् ।

त्यस्तै ओभरटाइम काम गरेवापत पाउने पारिश्रमिकमा कर नलगाउने पनि उनले जानकारी दिए । सम्बोधनका क्रममा राष्ट्रपति म्याक्रोनले फ्रान्सका सबै क्षेत्रका मेयरसँग भेटघाट गर्ने र जनताका मुद्दामा बहस गर्न प्रोत्साहित गर्नेसमेत बताएका छन् ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब ‘नेपाल खुला दिशामुक्त राष्ट्र’ घोषणा हुने
अब ‘नेपाल खुला दिशामुक्त राष्ट्र’ घोषणा हुने
बाढीपीडितको उद्दारमा लाग्न नेपाल जेसिजका राष्ट्रिय अध्यक्षको आग्रह
बाढीपीडितको उद्दारमा लाग्न नेपाल जेसिजका राष्ट्रिय अध्यक्षको आग्रह
आफूखुशी शुल्क नबढाउन इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन
आफूखुशी शुल्क नबढाउन इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन
बसले मोटरसाईकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
बसले मोटरसाईकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
जनकपुर-जयनगर रेल वैशाखदेखि
जनकपुर-जयनगर रेल वैशाखदेखि
अर्थ मन्त्रालयले पठायो ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन
अर्थ मन्त्रालयले पठायो ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन
सिद्धबाबा धाममा रोट्¥याक्ट क्लव अफ बुटवलले गर्यो सरसफाई कार्यक्रम
सिद्धबाबा धाममा रोट्¥याक्ट क्लव अफ बुटवलले गर्यो सरसफाई कार्यक्रम
प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता
हुलाक सेवाको संरचनालाई परिवर्तन गर्न लागिएको छ : सञ्चारमन्त्री शर्मा
हुलाक सेवाको संरचनालाई परिवर्तन गर्न लागिएको छ : सञ्चारमन्त्री शर्मा
राष्ट्रपति पौडेलद्वारा बहिनीहरूबाट टीका ग्रहण
राष्ट्रपति पौडेलद्वारा बहिनीहरूबाट टीका ग्रहण

तपाईंले छुटाउनुभयो कि?