अन्ततः भिड्ने नै भए शेरबहादुर देउवा र प्रकाशमान, कसले मार्ला बाजी ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १३, २०७४
|
१२
|
४० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, १३ फागुन ।
  • नेपाली कांग्रेसको संसदीय दलको नेता अन्ततः निर्वाचनबाट चयन हुने भएको छ ।
  • पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौति दिँदै नेता प्रकाशमान सिंह मैदानमा उत्रिएपछि चुनावी प्रक्रियाबाट संसदीय दलको नेता चयन गर्न ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।

काठमाडौँ, १३ फागुन । नेपाली कांग्रेसको संसदीय दलको नेता अन्ततः निर्वाचनबाट चयन हुने भएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौति दिँदै नेता प्रकाशमान सिंह मैदानमा उत्रिएपछि चुनावी प्रक्रियाबाट संसदीय दलको नेता चयन गर्न ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान बसेको केन्द्रीय कार्यसमिति बैठकले नेता चीनकाजी श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति बनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार समितिमा नवीन्द्रराज जोशी र भीष्मराज आङदेम्बे सदस्य रहेका छन् । संसदीय दलको नेता चयनका लागि सम्भवतः फागुन १५ गते निर्वाचन हुनेछ ।

फागनु २१ गतेदेखि संघीय संसद्को बैठक बस्दैछ । त्यसअघि नै संसदीय दलको नेता चयन गरिसक्न कांग्रेस लागेको छ ।

बैठकले पार्टीको संसदीय दलको विधान पनि अनुमोदन गरेको छ । कांग्रेसबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको शनिबार बसेको संयुक्त बैठकले कांग्रेस संसदीय दलको विधान मस्यौदा सर्वसम्मतले पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाएको थियो ।

स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन समीक्षाका लागि छिट्टै अर्को बैठक आव्हान गरिने प्रवक्ता शर्माले जनाए । उक्त बैठकमा चुनावमा कांग्रेसको हारको कारण गम्भीर छलफलबाट खोतलिने शर्माको दावी छ ।

प्रतिक्रिया

12 कमेन्ट

    Comment Author

    Ramesh Namjali Dotyal

    Deuba le

    Comment Author

    Netra Ghimire

    good

    Comment Author

    Michael Maharjan

    prakash

    Comment Author

    Chakra Pani Baral

    Parkesh

    Comment Author

    Sundar Tangbe

    Murkha nabhana yo bela sahamati tira Jane kosish gara lo

    Comment Author

    Hirendra Bahadur Bayak Chhetry

    Deuba

    Comment Author

    Gajendrasingh Nayak

    R

    Comment Author

    Arjun Sing Bista

    duaba

    Comment Author

    Bisraj Shahi

    Good luck

    Comment Author

    Anup Manandhar

    Bhannai pardaina ni bharat ko force lagayera bhrasta Sherey nai jitcha ni. Yo ta dekhawati natak ta ho.

    Comment Author

    Padam Chongbang

    Prakash nabane congress ajha pattasap hune xa

    Comment Author

    Kunwar Surya

    Harne paale gadeshman ko kuputra ko

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 12
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?