जन्मिएको छोरा तर जुनी नफेरी कसरी भइन् लोभलाग्दी सुन्दरी ? अझै के के चाहना ? (फोटोसहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १५, २०७४
|
|
२१ पटक हेरिएको
Shares
जन्मिएको छोरा तर जुनी नफेरी कसरी भइन् लोभलाग्दी सुन्दरी ? अझै के के चाहना ? (फोटोसहित)

सारांश

  • काठमाडौं, १५ माघ ।
  • बाबु आमाको कोखबाट जन्मिदा उनी छोरा थिए ।
  • मान्छेले जूनी फेर्नुपर्छ अर्को रुप धारण गर्नका लागि तर उनी यही जूनीमै छोरी भइन् ।

काठमाडौं, १५ माघ । बाबु आमाको कोखबाट जन्मिदा उनी छोरा थिए । मान्छेले जूनी फेर्नुपर्छ अर्को रुप धारण गर्नका लागि तर उनी यही जूनीमै छोरी भइन् । झापामा जन्मिएकी नुमा लिम्बु थाइल्याण्ड पुगेर ठूलो शल्यक्रियाबाट लिंग परिवर्तन गरेपछि छोरीको चोलामा प्रकट भइन् ।

नुमा सुब्बा पहिले ह्यान्सम देखिने युवक थिए । थाइल्याण्डमा भएको लिंग परिवर्तनपछि उनी लोभलाग्दी सुन्दरी युवतीमा परिणत भएकी छन् । “मैले सोचेको सपना पूरा भयो । अर्को जुनी कुर्नु पर्दैन रहेछ । यही जुनीमा चिताएको कुरा पनि पुग्दो रहेछ । धन्य भगवान । धन्य विज्ञान” नुमाले यी शव्दहरु लिङ्ग परिवर्तनको शल्यक्रिया सफल भएपछि लेखेकी थिइन् ।

ब्लुडायमण्ड सोसाइटी झापामा कार्यरत नुमाले शल्यक्रिया गरेर लिङ्ग र अण्डकोष हटाएको केही वर्षमै अहिले एउटी स्वस्थ र पूर्ण सुन्दरी बनेकी छन् । तेस्रोलिङ्गी नुमाले यसअघि बैंककमै पुगेर स्तनको शल्यक्रिया गराएकी थिइन् । त्यसअघि उनीहरुले आफ्नो शरीरमा महिलाको हर्मोन बढाउने खालका विभिन्न औषधिहरु प्रयोग गर्दै आएका थिए ।

अहिले उनै नुमा लिम्बु मोडलिङमा जम्ने तयारीमा जुटेकी छन् । झापाबाट मोडलिङ, म्यूजिक भिडियो तथा फिल्महरु खेल्ने रहर बोकेर राजधानी छिरेकी छन् । “केही फिल्म र म्युजिक भिडियोमा काम गर्नका लागि कुरा भइरहेको छ”, सोमवार सुन्धारामा भेटिएकी नुमाले भनिन् ।

“राजधानी नछिरेर आफूले चाहेको करिअर बनाउन नसकिने रैछ”, नुमा गफिइन्, “त्यही भएर झापाबाट यता आएकी छु । हेरौं, प्रयास सफल हुन्छ कि हुँदैन ?” अहिलेसम्म सोचेको कुरा पुग्दै आएको बताउने नुमा भन्छिन्, “सोचेको कुरा अब पुग्छ कि पुग्दैन हेरौं ।” पुगोस !

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?