नेपाल दाना उद्योग संघ, चितवन को १४ औं साधारण सभा सम्पन्न, सभाले नयांँ कार्यसमिति चयन गर्यो।

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २, २०७३
|
|
२६३ पटक हेरिएको
Shares
नेपाल दाना उद्योग संघ, चितवन को १४ औं साधारण सभा सम्पन्न, सभाले नयांँ कार्यसमिति चयन गर्यो।

सारांश

  • पुष ०२, चितवन।
  • नेपाल दाना उद्योग संघ, चितवनको साधारण सभा आज भरतपुरमा सम्पन्न भएको छ।
  • सभाले बालचन्द्र खनालको अध्यक्षतामा ९ सदस्य कार्यसमिति समेत चयन गरेको छ ।

पुष ०२, चितवन। नेपाल दाना उद्योग संघ, चितवनको साधारण सभा आज भरतपुरमा सम्पन्न भएको छ। सभाले बालचन्द्र खनालको अध्यक्षतामा ९ सदस्य कार्यसमिति समेत चयन गरेको छ । जसमध्ये उपाध्यक्षमा बिनोद पोख्रेल, सचिव सोमनाथ तिमिल्सेना कोषध्यक्ष भीमनारायण श्रेष्ठ र सदस्यहरुमा सुर्यमान श्रेष्ठ, कृष्ण अर्याल, लीलाबल्लभ चापागांँई, तोयनाथ चालिसे र सुनील ढकाल सर्वसम्मत चयन भएका छन।

सभालाई सम्वोधन गर्दै प्रमुख अतिथि एवं पशु सेवा बिभाग निर्देशनालयका विमल कुमार निर्मलले पशुपंक्षीको विकास तथा उत्थानको लागि आफूले जुनसुकै योगदान दिन तयार रहेको बताए। उनले पशुपंक्षीको लागि ६० प्रतिशत योगदान दानाको भएकोले उत्पादन लागत घटाउनुपर्ने मा जोड दिए। सरकारले दाना उत्पादनको लागि नयांँ प्रविधिका उपकरण भित्र्याइसकेकोले अझ गुणस्तरयुत्त दाना उत्पादन हुने जिकिर गरे।

कार्यक्रममा बोल्दै दुग्ध बिकास बोर्डका कार्यकारी निर्देशक कैलाश ढुंगेलले पशुपंक्षीलाई दाना नेपालको माटो र वाताबरण अनुकुल उत्पादन हुनुपर्ने र दाना गुणस्तर उत्पादन हुनुपर्ने भन्दै चितवन जिल्ला अण्डा र मासुमा नमुना जिल्ला बन्नु पर्ने बताए।

यसैगरी नेपाल पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष शंकर प्रसाद कंडेलले नेपालमा पशुपंक्षीजन्य उत्पादनको लागि श्रीलंकाको मोडल अपनाउनुपर्ने बताए। पोल्ट्री क्षेत्रमा समेत बिदेशी लगानी भित्रिन लागेकोमा चिन्ता व्यक्त गर्दै उनले सबैको ध्यानआर्कषण गरे।

नेपाल दाना उतपादक संघका निर्वतमान केन्द्रीय अध्यक्ष तिलचन्द्र भट्टराइले दाना उत्पादनमा क्रमश सुधार आएमा उत्पाकत्व बृद्धि हुने बताए। भट्टराइले चितवनमा पनि राष्ट्रिय स्तरको प्रयोगशाला बन्नु पर्नेमा जोड दिए।

अतिथिको रुपमा रहेका उद्योग बाणिज्य संघ, चितवनका राजन गौतम, नेपाल उद्योग संघका उपाध्यक्ष भेषराज दुवाडीले मन्तव्य राखेका थिए,भने कार्यक्रममा नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम के.सी, कुखुरा व्यवस्थापन समिति का अध्यक्ष भुवनलाल के.सी., पोल्ट्री कल्याणकारी संघमा जयकिसन सापकोटा त्यस्तै जिल्ला पशु सेवा कार्यालय बरिष्ठ चिकित्सक डां.डिल्लीराम सेढाई, राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालाका प्रमुख दयाराम चापागाई, लगायतको उपस्थिति थियो ।
सभाको अध्यक्षता गरेका दुर्गा प्रसाद भण्डारीले स्वागत मन्तव्य व्यत्त गरेका थिए ।

सुर्य प्रसाद अधिकारी
शिखरन्युज सम्पादाता

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई छैन : मन्त्री थापा
प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई छैन : मन्त्री थापा
कति छ शनिबार, विदेशी मुद्राको विनिमय दर ?
कति छ शनिबार, विदेशी मुद्राको विनिमय दर ?
इलाममा ५१ जनाको उम्मेदवारी, लेप्चालाई पत्याएनन् ठूला दलले
इलाममा ५१ जनाको उम्मेदवारी, लेप्चालाई पत्याएनन् ठूला दलले
डोनाल्ड ट्रम्पका अर्का प्रतिस्पर्धी राष्ट्रपतिको रेसबाट बाहिरिए, ट्रम्पलाई नै समर्थन गर्ने
डोनाल्ड ट्रम्पका अर्का प्रतिस्पर्धी राष्ट्रपतिको रेसबाट बाहिरिए, ट्रम्पलाई नै समर्थन गर्ने
बैशाख १७ गते बुधबारको राशिफल यस्तो छ
बैशाख १७ गते बुधबारको राशिफल यस्तो छ
चिनियाँ र भारतीय रेल अब काठमाडौंमा भेटिँदै!
चिनियाँ र भारतीय रेल अब काठमाडौंमा भेटिँदै!
विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख नाघ्यो
विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख नाघ्यो
भरतपुर महानगरको २० ठाउँमा आइल्यान्ड निर्माण
भरतपुर महानगरको २० ठाउँमा आइल्यान्ड निर्माण
तनहुँको ब्यासमा गोविन्दराज जोशीका छोराले बढाए मतान्तर
तनहुँको ब्यासमा गोविन्दराज जोशीका छोराले बढाए मतान्तर
रक्षामन्त्री पोख्रेलज्यू यता पनि ध्यान दिने कि ? सेनाभित्र खरिदमा ५ करोडको ज्याकेट २२ करोडमा खरिद !
रक्षामन्त्री पोख्रेलज्यू यता पनि ध्यान दिने कि ? सेनाभित्र खरिदमा ५ करोडको ज्याकेट २२ करोडमा खरिद !