नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १७, २०७७
|
|
३२ पटक हेरिएको
Shares
नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल पक्राउ

सारांश

  • नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • गृहजिल्ला तनहुँमा पुल उद्घाटनका लागि पुगेका पौडेललाई कार्यक्रम स्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको हो।
  • पौडेलले आफ्नो आधिकारिक फेसबुकमा लेखेका छन्, ‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। गृहजिल्ला तनहुँमा पुल उद्घाटनका लागि पुगेका पौडेललाई कार्यक्रम स्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको हो। पौडेलले आफ्नो आधिकारिक फेसबुकमा लेखेका छन्, ‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु। साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस्।’

उनका सचिवालयका सदस्यहरुले पनि पौडेलसहित तनहुँका कार्यवाहक जिल्ला सभापति जित ओले पनि पक्राउ परेको जानकारी दिए।

तनहुँको व्यास नगरपालिका १ र ११ जोड्ने सडकको उद्घाटन गर्ने विषयमा कांग्रेस र नेकपाबीच विवाद भएको हुँदै आएको थियो। बुधबार पौडेलले यसअघि नै बनेको पुलबाट सडक विस्तार गर्ने कामको उद्घाटन गर्ने तयारी गरेपछि नेकपा पक्षले विरोध जनाउँदै आएको थियो।

नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप हुनेस्थित देखापरेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञा जारी गरेको थियो। प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पौडेललाई नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रम्पले सार्वजनिक गरे लागूऔषध उत्पादन गर्ने देशको सूची, भारत र पाकिस्तान पनि सूचीमा
ट्रम्पले सार्वजनिक गरे लागूऔषध उत्पादन गर्ने देशको सूची, भारत र पाकिस्तान पनि सूचीमा
साग म्याराथन : शनिबार मुख्य सडक क्षेत्रमा सवारी साधन नचलाउन अनुरोध
साग म्याराथन : शनिबार मुख्य सडक क्षेत्रमा सवारी साधन नचलाउन अनुरोध
शिखरन्यूजका ‘टप १०’ समाचार : तपाईंले छुटाउनुभयो कि ?
शिखरन्यूजका ‘टप १०’ समाचार : तपाईंले छुटाउनुभयो कि ?
प्रदेश नम्बर २:  ९ सय प्रहरी भर्ना गर्न पाउने विधेयक स्वीकृत
प्रदेश नम्बर २: ९ सय प्रहरी भर्ना गर्न पाउने विधेयक स्वीकृत
कांग्रेस संसदीय दलको निर्वाचन : को–कसको पक्षमा ?नाम लिस्ट सहित
कांग्रेस संसदीय दलको निर्वाचन : को–कसको पक्षमा ?नाम लिस्ट सहित
सल्यानमा पहिलो परीक्षण : ‘डीटीएस’बाट जमिनमुनिको पानी तानियो
सल्यानमा पहिलो परीक्षण : ‘डीटीएस’बाट जमिनमुनिको पानी तानियो
सङ्खुवासभामा दुर्घटना हुँदा छ बेपत्ता
सङ्खुवासभामा दुर्घटना हुँदा छ बेपत्ता
चिनियाँ राष्ट्रपति सीको भ्रमण: नेपाललाई ’भूपरिवेष्‍टितबाट भू-जडित देश’ बन्न सहयोग गर्ने
चिनियाँ राष्ट्रपति सीको भ्रमण: नेपाललाई ’भूपरिवेष्‍टितबाट भू-जडित देश’ बन्न सहयोग गर्ने
ठाउँमात्र ओगटेर बस्ने प्रथाको अन्त्यका लागि मेरो उम्मेद्वारी : तामाङ
ठाउँमात्र ओगटेर बस्ने प्रथाको अन्त्यका लागि मेरो उम्मेद्वारी : तामाङ
बाजुरामा पुनःहिमपात
बाजुरामा पुनःहिमपात

तपाईंले छुटाउनुभयो कि?