प्रधानमन्त्री कप महिला टी-२० मा मधेश प्रदेशको पहिलो जित

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०८०
|
|
२८ पटक हेरिएको
Shares
प्रधानमन्त्री कप महिला टी-२० मा मधेश प्रदेशको पहिलो जित

सारांश

  • काठमाडौं।
  • जारी प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगितामा मधेश प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ।
  • सोमबार सम्पन्न खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशलाई २७ रनले पराजित गरेको हो।

काठमाडौं। जारी प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगितामा मधेश प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ। सोमबार सम्पन्न खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशलाई २७ रनले पराजित गरेको हो।

मधेश प्रदेशले दिएको ११३ रनको लक्ष्य पछाएको गण्डकी प्रदेशले १९.४ ओभरमा अल आउट हुँदै ८५ रन बनाएपछि मधेश प्रदेश २७ रनले विजयी भएको हो। यस अघि मधेश प्रदेशले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर ११२ रन बनाएको थियो।

यो जारी प्रतियोगितामा मधेश प्रदेशको पहिलो जित हो। मधेश प्रदेशको ४ खेलमा २ अंक हासिल गर्दै सातौं स्थानमा रहेको छ । त्यस्तै गण्डकी प्रदेशको भने ४ खेलमा २ अंक रहेको छ र अंकतालिकामा पाँचौं स्थानमा रहेको छ।

अब मधेश प्रदेशले बुधबार सुदूरपश्चिम प्रदेशसँग खेल्ने छ भने गण्डकी प्रदेशले बुधबार नै कोशी प्रदेशको सामना गर्ने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?