जन्मोत्सवमा मन्त्री भट्टराईद्वारा चार वर्षीय बालकलाई सहयोग

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २१, २०७६
|
|
२२ पटक हेरिएको
Shares
जन्मोत्सवमा मन्त्री भट्टराईद्वारा चार वर्षीय बालकलाई सहयोग

सारांश

  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफ्नो जन्म दिनका अवसरमा ताप्लेजुङका समिर राईको पठनपाठन र स्वास्थ्य उपचारका लागि सहयोग प्रदान गर्नुभएको छ ।
  • विगतदेखि नै आफ्नो जन्म दिनका अवसरमा असहाय र गरीब बालबालिकालाई सहयोग प्रदान गर्दै आउनुभएका उहाँले यो वर्ष फक्ताङलुङ गाउँपालिका–६ का चार वर्षीय राईलाई नगद रु २० हजार सहयोग प्रदान गर्नुभएको हो ।
  • सहयोग रकम समीर राईका अविभावकसम्म पुग्ने गरी ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँका अध्यक्ष चित्रगुप्ता साँवा र फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष सरोज एभेङलाई हस्तान्तरण गरिएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफ्नो जन्म दिनका अवसरमा ताप्लेजुङका समिर राईको पठनपाठन र स्वास्थ्य उपचारका लागि सहयोग प्रदान गर्नुभएको छ । विगतदेखि नै आफ्नो जन्म दिनका अवसरमा असहाय र गरीब बालबालिकालाई सहयोग प्रदान गर्दै आउनुभएका उहाँले यो वर्ष फक्ताङलुङ गाउँपालिका–६ का चार वर्षीय राईलाई नगद रु २० हजार सहयोग प्रदान गर्नुभएको हो ।

सहयोग रकम समीर राईका अविभावकसम्म पुग्ने गरी ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँका अध्यक्ष चित्रगुप्ता साँवा र फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष सरोज एभेङलाई हस्तान्तरण गरिएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिनुभयो । मन्त्री भट्टराईले आगामी दिनमा समेत समिरको थप पठनपाठन र स्वास्थ्यमा समस्या आइपरे उपचारका लागि आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

समिरका आमाबुबा दृष्टिविहीन छन् । समिर आफैँले समेत राम्रोसँग आँखा देख्दैनन् । कक्षा नर्सरीमा अध्ययनरत समिरलाई सदरमुकाम फुङलिङस्थित नवज्योति बोर्डिङ स्कूलले निःशुल्क रुपमा पढाउँदै आएको बताइएको छ । मन्त्री भट्टराईले गत वर्ष जन्म दिनका अवसरमा पाथीभरा याङवरक गाउँपालिकाका दुई दलित विद्यार्थीलाई आर्थिक सहायता प्रदान गर्नुभएको थियो । ताप्लेजुङबाट उहाँको विसं २०२३ भदौ २१ गते जिल्लाको ढुङ्गेसाँघुमा जन्म भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनियुक्त मन्त्रीहरुले लिए राष्ट्रपतिसमक्ष सपथ
नवनियुक्त मन्त्रीहरुले लिए राष्ट्रपतिसमक्ष सपथ
युट्युबरलाई आचारसंहिता पालना गर्न आह्वान
युट्युबरलाई आचारसंहिता पालना गर्न आह्वान
बलीउडकी पहिलो महिला सुपर स्टार नायिका श्रीदेबिको मृत्यु !!
बलीउडकी पहिलो महिला सुपर स्टार नायिका श्रीदेबिको मृत्यु !!
गाउँपालिका भवन निर्माणका लागि करोडौँ मूल्यको जग्गा दान
गाउँपालिका भवन निर्माणका लागि करोडौँ मूल्यको जग्गा दान
आज निर्जला एकादशी: घर घरमा तुलसीको दल राखिँदै
आज निर्जला एकादशी: घर घरमा तुलसीको दल राखिँदै
विराटनगरमा हुने साफ महिला च्याम्पियनसिपको लागि अन्तिम टोलीको घोषणा
विराटनगरमा हुने साफ महिला च्याम्पियनसिपको लागि अन्तिम टोलीको घोषणा
एमाले अध्यक्ष केपी ओली,बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र पार्टीका प्रचार विभाग प्रमुख एवम् युवा नेता योगेश भट्टराई लगायतले अभिनय गर्नुभएको यो गीति भिडियो भाइरल
एमाले अध्यक्ष केपी ओली,बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र पार्टीका प्रचार विभाग प्रमुख एवम् युवा नेता योगेश भट्टराई लगायतले अभिनय गर्नुभएको यो गीति भिडियो भाइरल
पूर्वयुवराज पारश शाह नर्भिकमा भर्ना
पूर्वयुवराज पारश शाह नर्भिकमा भर्ना
प्रकाशमान सिंह : देउवालाई मैलेबाहेक अरुले पराजित गर्न सक्दैनन्, म सभापतिमा लड्छु
प्रकाशमान सिंह : देउवालाई मैलेबाहेक अरुले पराजित गर्न सक्दैनन्, म सभापतिमा लड्छु
बँधुवा मजदुर हकहितको आन्दोलन ढाँचा परिवर्तन गर्न आवश्यक
बँधुवा मजदुर हकहितको आन्दोलन ढाँचा परिवर्तन गर्न आवश्यक

तपाईंले छुटाउनुभयो कि?