पशुपतिमा पारस शाहको नयाँ हुलिया (हेर्नुहोस् ५ तस्बिरमा)

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
१७ पटक हेरिएको
Shares
पशुपतिमा पारस शाहको नयाँ हुलिया (हेर्नुहोस् ५ तस्बिरमा)

सारांश

  • काठमाडौं, माघ १७ ।
  • पूर्वयुवराज पारस शाह अचानक पशुपति मन्दिर दर्शनमा निस्किए ।
  • मंगलबार दिउँसो साँढे ३ बजेतिर गुहेश्वरी मन्दिरमा पुगेका पारस त्यसपछि पशुपति नाथमा पुजा गर्न आइपुगेका थिए ।

काठमाडौं, माघ १७ । पूर्वयुवराज पारस शाह अचानक पशुपति मन्दिर दर्शनमा निस्किए ।

मंगलबार दिउँसो साँढे ३ बजेतिर गुहेश्वरी मन्दिरमा पुगेका पारस त्यसपछि पशुपति नाथमा पुजा गर्न आइपुगेका थिए । गुहेश्वरीमा उनले १० मिनेट पुजा गरेका थिए भने पशुपतिनाथमा १५ मिनेट बिताए ।

आफ्ना समर्थकहरुका साथ पुजाआजामा निस्केका पारस मंगलबार भने नयाँ भेषमा देखिएका थिए । पहिले भन्दा केही मोटाएको जस्तो देखिने पारसले उलनको लामो कोट लगाएका थिए । उनको टाउकोमा कालो चश्मा थियो भने सदाझैँ कपालको चुल्ठो बाँधिएको थियो । उनको खुट्टामा सामान्य चप्पल थियो । लामो दाह्री पालेका पारसको घाँटीमा रुद्राक्षका मालाहरु थिए ।

पशुपतिमा उनले पुजा गरिरहँदा उनका समर्थकहरुले भने राजतन्त्रको माग गर्दै नाराबाजी गरेका थिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?