जबर्जस्ती गर्न खोज्नेलाई किशोरीले रडले हानेपछि मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २९, २०७५
|
|
२१ पटक हेरिएको
Shares
जबर्जस्ती गर्न खोज्नेलाई किशोरीले रडले हानेपछि मृत्यु

सारांश

  • रामेछाप ।
  • रामेछापकी १३ वर्षीया एक किशोरीलाई जबर्जस्ती गर्न खोज्दा उनले हानेको रडबाट एक वृद्धको ज्यान गएको छ ।
  • आफूलाई जबर्जस्ती गर्न खोजेपछि नाताले नातिनी पर्ने १३ वर्षीया किशोरीले रडले हानेर लागेपछि रामेछाप नगरपालिका–७, मुढाजोर रजगाउँका ६५ वर्षीय पूर्णबहादुर श्रेष्ठको ज्यान गएको बताइएको छ ।

रामेछाप । रामेछापकी १३ वर्षीया एक किशोरीलाई जबर्जस्ती गर्न खोज्दा उनले हानेको रडबाट एक वृद्धको ज्यान गएको छ ।

आफूलाई जबर्जस्ती गर्न खोजेपछि नाताले नातिनी पर्ने १३ वर्षीया किशोरीले रडले हानेर लागेपछि रामेछाप नगरपालिका–७, मुढाजोर रजगाउँका ६५ वर्षीय पूर्णबहादुर श्रेष्ठको ज्यान गएको बताइएको छ ।

बिहीबार बिहान ती किशोरी घरबाट केही टाढा बारीमा घाँस काट्न हिँडेकी थिइन् । सो क्रममा श्रेष्ठले जबर्जस्ती गर्न खोजेको र आफू फुत्किएर घर पुगी फलामको रड लिएर श्रेष्ठको घरमै गई हानेको किशोरीले प्रहरीसमक्ष बताएकी छिन् ।

उनले हानेको रड लिएर किशोरी प्रहरी चौकी रामेछापमा हत्याको बारेमा जानकारी गराई आत्मसमर्पणसमेत गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?