राष्ट्रपति चयनका लागि मतदान समाप्त, ४ बजेदेखि मतगणना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २९, २०७४
|
|
१८ पटक हेरिएको
Shares
राष्ट्रपति चयनका लागि मतदान समाप्त, ४ बजेदेखि मतगणना

सारांश

  • काठमाडौैं, २९ फागुन ।
  • मुलुकको सर्वोच्च पद राष्ट्रपति चयनका लागि मंगलबार मतदान सम्पन्न भएको छ ।
  • बिहान १० बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजे सकिएको छ ।

काठमाडौैं, २९ फागुन । मुलुकको सर्वोच्च पद राष्ट्रपति चयनका लागि मंगलबार मतदान सम्पन्न भएको छ । बिहान १० बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजे सकिएको छ । मतगणना दिउँसो ४ बजेदेखि सुरु हुने बताइएको छ ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कुमारी लक्ष्मी राई चुनावी मैदानमा छन् । भण्डारीलाई वाम गठबन्धन तथा राईलाई विपक्षी नेपाली कांग्रेसको समर्थन छ । राष्ट्रपति निर्वाचन संघीय संसद् तथा प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ । कानुनले संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ तोकेको छ । प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रियसभाका ५९ गरी संघीय संसद्का ३ सय ३४ र सातवटै प्रदेशसभाका ५ सय ५० सदस्य मतदाता थिए ।

निर्वाचन आयोगले संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ४९ जनाको अन्तिम नामावली प्रकाशित गरेको थियो । नामावली प्रकाशनपछि शपथग्रहण गर्न पाएका राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत ३ सदस्यले मतदान गर्न पाउने छैनन् । प्रदेशसभामा मनाङबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे)को नाम अन्तिम नामावलीमा छैन । अदालतबाट दोषी प्रमाणित भई सजाय सुनाइएका मनाङे फरार छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले कमिसन खाएर बुढिगण्डकी आयोजना निर्माणको जिम्मा निजी क्षेत्रलाई दियाे: बाबुराम भट्टराई
सरकारले कमिसन खाएर बुढिगण्डकी आयोजना निर्माणको जिम्मा निजी क्षेत्रलाई दियाे: बाबुराम भट्टराई
७२ वर्षपछिअष्ट्रेलियाविरुद्धको टेस्ट शृङ्खलामा भारतको ऐतिहासिक जित
७२ वर्षपछिअष्ट्रेलियाविरुद्धको टेस्ट शृङ्खलामा भारतको ऐतिहासिक जित
प्रभावकारी बन्दै बेनी अस्पतालको स्वास्थ्य सेवा
प्रभावकारी बन्दै बेनी अस्पतालको स्वास्थ्य सेवा
जङ्गली हात्ती मृत भेटियो
जङ्गली हात्ती मृत भेटियो
त्रिकोणात्मक टि-२० सिरिज :  हङकङलाई पराजित गर्दै नेपाल फाइनलमा
त्रिकोणात्मक टि-२० सिरिज : हङकङलाई पराजित गर्दै नेपाल फाइनलमा
काठमाडौँ ७ मा वाम तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच प्रतिष्पर्धा
काठमाडौँ ७ मा वाम तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच प्रतिष्पर्धा
‘केपी बा आँफैंमा गाइजात्रा हुनुहुन्छ, उहाँका धुपौरेबाट सावधान हुनुपर्छ’ : दमन रुपाखेती (भिडिओसहित)
‘केपी बा आँफैंमा गाइजात्रा हुनुहुन्छ, उहाँका धुपौरेबाट सावधान हुनुपर्छ’ : दमन रुपाखेती (भिडिओसहित)
गैरव्यावसायिक क्रियाकलापमा संलग्न एक सय ७७ फर्म माथि कारबाही, झण्डै ५५ लाख जरिवाना असुल
गैरव्यावसायिक क्रियाकलापमा संलग्न एक सय ७७ फर्म माथि कारबाही, झण्डै ५५ लाख जरिवाना असुल
सस्तो बजार प्रकरण : अदालतको आदेश मान्ने वायु सेवा निगमको स्पष्टोक्ती
सस्तो बजार प्रकरण : अदालतको आदेश मान्ने वायु सेवा निगमको स्पष्टोक्ती
नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बन्न सक्छ : उपराष्ट्रपति यादव
नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बन्न सक्छ : उपराष्ट्रपति यादव

तपाईंले छुटाउनुभयो कि?