सुनील कपिलको शोमा फर्किने पक्का!

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १३, २०७६
|
|
२७ पटक हेरिएको
Shares
सुनील कपिलको शोमा फर्किने पक्का!

सारांश

  • मुम्बई।
  • चर्चित कमेडियन कपिल शर्मा सानो पर्दामा एकलौटी राज गरिरहेका छन्।
  • कमेडीमार्फत कपिलले धेरैको मन जित्न सफल भएका छन्।

मुम्बई। चर्चित कमेडियन कपिल शर्मा सानो पर्दामा एकलौटी राज गरिरहेका छन्। कमेडीमार्फत कपिलले धेरैको मन जित्न सफल भएका छन्। कपिलको कमेडी शो ‘द कपिल शर्मा शो’ टीआरपीमा सधैं अगाडि छ। दर्शकले कपिलको शोलाई निकै मन पराएपछि दर्शकले कपिलका सहकर्मी सुनील ग्रोवरलाई भने धेरै मिस गरिरहेका छन्। सुनील कपिलको शोमा यसअघि डाक्टर मशहूर गुलाटी र रिंकू भाभीको भूमिकामा देखिन्थे।कपिल र सुनीलबीच जहाजमा भएको विवादपछि सुनीलले कपिलको साथ छोडेका थिए। सुनीलले कपिलकोसाथ छोडेपछि कपिलको शो धेरै दिन अगाडि बढ्न सकेन। कपिलको शो बन्द भएपछि करिव एक वर्षपछि पुन शो सुरु गरेका छन्। र शो अहिले सफल पनि भएको छ। तर कपिलको नयाँ शोमा सुनील ग्रोबर देखिएनन् जसका कारण दर्शकले शो खल्लो महशुस गरे। तर अब यो खल्लो अनुभव धेरै दिन गर्नु नपर्ने भएको छ।

भारतीय संचारमाध्यमका अनुसार बलिउडका चर्चित हस्तीले कपिल र सुनीललाई एकसाथ मिलेर काम गर्न सम्झाएका छन्। उनीहरुको जोडी हेर्न फ्यान आतुर पनि छन्। यदि यो जोडी फेरि सँगै काम गर्न राजी भएका छन् र उनीहरु चाँडै शोमा एकैसाथ देखिने भएका छन्।
यो खबर सुनील ग्रोबरका फ्यानकालागि निकै राहत दिने खालको छ। हुन त यो बीचमा सुनील आफ्नो कुनै न कुनै प्रोजेक्टका कारण चर्चामा नै छन्। सुनील पछिल्लो पटक सलमान खानको फिल्म भारतमा देखिएका छन्। उक्त फिल्ममो सुनीलको भूमिकालाई निकै रुचाइएको पनि छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?