दशैमा बलि दिइने पशुपक्षिको आत्माको चिरशान्तिको लागि ‘मानिबुम पूजा’

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ६, २०७६
|
|
२५ पटक हेरिएको
Shares
दशैमा बलि दिइने पशुपक्षिको आत्माको चिरशान्तिको लागि ‘मानिबुम पूजा’

सारांश

  • हेलम्बु — दसैंमा हिन्दु धर्मावलम्बीले देवीदेवतालाई बलि दिने गर्छन् ।
  • मासुका लागि खसी, च्यांग्रा, भेडा नपाइने घरै हुँदैनभन्दा फरक पर्दैन  ।
  • शक्तिपीठमा घटस्थापनाबाटै पशु बलि दिइन्छ ।

हेलम्बु — दसैंमा हिन्दु धर्मावलम्बीले देवीदेवतालाई बलि दिने गर्छन् । मासुका लागि खसी, च्यांग्रा, भेडा नपाइने घरै हुँदैनभन्दा फरक पर्दैन  । शक्तिपीठमा घटस्थापनाबाटै पशु बलि दिइन्छ । तर, हिमाली गाउँको पर्यटकीय क्षेत्र हेलम्बुको हयोल्मो समुदायले भने दसैंमा मारिने पशुआत्माको चिरशान्तिको कामना गर्दै ‘मानिबुम’ पूजाको सुरु गरेको छ । दसैंमा बलि दिइने पशुहरूको मुक्तिको कामना गर्दै ह्योल्मो समुदायले बस्तीका गुम्बाहरूमा चारदिने पूजा गर्छन् । हेलम्बुमा बलि पूजा निषेध गरिएको मात्र होइन सामान्य अवस्थामा पनि पशुवध गर्न पनि दिइँदैन । हेलम्बु जाने पर्यटकका लागि होटलहरूमा पनि मासु पाक्दैन । पशुबलि हिंसा भएकाले उनीहरू पूजा र जप गरी दसैं मनाउँछन् । मानिबुम भन्नाले १ लाखपटक जप गर्नु हो । कान्तिपुरबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?