हिजो खाईपाई आएकाहरु तर्सिएर म बिरुद्ध खनिएका हुन् -प्रधानमन्त्री आईटी बिज्ञ अस्गर अली

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ७, २०७५
|
|
३६ पटक हेरिएको
Shares
हिजो खाईपाई आएकाहरु तर्सिएर म बिरुद्ध खनिएका हुन् -प्रधानमन्त्री आईटी बिज्ञ अस्गर अली

सारांश

  • सफल व्यवसायी अस्गर अली प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधी बिज्ञ हुन् ।
  • ‘योङ सीईओ अफ दि इयर–२०१८’ बाट सम्मानित उनी प्रधानमन्त्रीको समृद्ध नेपाल बनाउने उदेश्यमा इ–गभरनेन्सका माध्यमबाट सहयोग पूर्याउन लागिपरेका छन् ।
  • नागरिकहरुलाई सुशासनको प्रत्याभूति गराई इ–गभरनेन्सको माध्यमबाट सेवा र सुविधा दिन सकिनेमा उनी बिश्वस्त छन् ।

सफल व्यवसायी अस्गर अली प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधी बिज्ञ हुन् । ‘योङ सीईओ अफ दि इयर–२०१८’ बाट सम्मानित उनी प्रधानमन्त्रीको समृद्ध नेपाल बनाउने उदेश्यमा इ–गभरनेन्सका माध्यमबाट सहयोग पूर्याउन लागिपरेका छन् । नागरिकहरुलाई सुशासनको प्रत्याभूति गराई इ–गभरनेन्सको माध्यमबाट सेवा र सुविधा दिन सकिनेमा उनी बिश्वस्त छन् ।

समृद्ध नेपाल बनाउने लक्ष्यमा आफ्नो अनुभव र ज्ञान बाँड्न आएका उनी आफ्नावारे आएका गलत रिर्पोटिङबाट भने दुःखी छन् । उनी भन्छन् – म आय आर्जन गर्न आएको होइन, मेरो अनुभव बाँडेर देशको सेवा गर्न आएको हुँ ।

इ–सेवा जस्तो प्राइभेट कम्पनीमा काम गरेर सफल व्यवसायी बन्नुभएको मान्छे प्रधानमन्त्रीको आइटी विज्ञको रुपमा किन आउनुभयो ?
ई–सेवा मेरो जीवनका लागि ठूलो अनुभवको भण्डार हो । विगत १४ बर्षमा मैले ई–सेवा अन्तर्गत बसेर व्यवसायिक काम गरे । हामीले ई–सेवालाई मोबाइलबाटै धेरै काम गर्न सक्ने बनायौं । जस्तै– खानेपानीको विलहरु, रिचार्ज कार्डहरु लगायत धेरै सेवाहरु मोवाइल एप्सकै आधारमा गर्न सक्ने बनायौं तर त्यो कामहरु हामीले प्राइभेट कम्पनीको रुपमा गर्यौं । अहिलेको सरकारले समृद्घिको जुन सपना देखेको छ, त्यसलाई पुरा गर्नका लागि सूचना प्रविधिमार्फत इ–गर्भनेन्सको रुपमा धेरै काम गर्नुपर्ने हुन्छ । प्रधानमन्त्रीको उक्त सपना पुरा गर्नका लागि मैले पनि कही न कहीबाट योगदान दिनुपर्छ भन्ने थियो । इ–गभरनेन्सको माध्यमबाट आम नागरिकहरुको अपेक्षा पुरा गर्नका लागि र नागरिकहरुलाई सुशासनको प्रत्याभूति गराई सेवा र सुविधा  दिन केही न केही योगदान गर्नसक्ने अवसरको रुपमा म यहाँ आएको हुँ । मैले यसलाई जागिर अर्थात आर्थिक उर्पाजनको भन्दा पनि अवसर र जिम्मेवारीको रुपमा लिएको छु । सरकारले देखेको समृद्धि जुन सपना छ, कही न कहीबाट पुरा गराउन मेरो अनुभव र ज्ञान काम लाग्न सक्छ भन्ने लागेर म यहाँ आएको हुँ ।

तपाई प्रधानमन्त्रीको सूचना प्रविधि विज्ञको रुपमा आएपछि के कस्ता काम गर्दै हुनुहुन्छ ?
अब सरकारी सेवा प्रवाहमा धेरै समस्या छन् । प्रविधिको पहुँच नहुँदा हुने ढिलासुस्ती, हैरानीबाट नागरिकहरु दुखी छन् । कतिपय प्रविधिहरु प्रयोगमा ल्याएपनि एक अर्को कार्यालयसँग ती जोडिन सकिरहेका छैनन् । अब नागरिकका समस्या कहाँबाट हिट गर्न सकिन्छ भनेर हामीले मन्त्रिपरिषद्बाट  केही काम सुरु गर्यौं ।  मन्त्रिपरिषद्लाई सूचना प्रविधिमैत्री बनाउन सक्यौं भने विस्तारै तलसम्म त्यसलाई लैजान सकिन्छ भन्ने बुझाई हो । अब हामीले छिट्टै पहिलाको हेलो सरकारलाई नयाँ स्वरुपमा ल्याउदैंछौ । हेलो सरकारलाई व्यापक परिर्वतन गरेर सुशासनका लागि सरकारले नागरिकहरुका गुनासो थुपार्ने मात्र हैन ती गुनासोको तत्काल सम्बोधन गर्नुपर्छ भनेर काम गरिरहेका छौ ।

अब केही निउँ नपाएर त्यही बेलको भ्रमणको फोटो हुवावेको मात्र निकालेर मेरो त्यसमा सम्बन्ध थियो भन्ने देखाएर बदनाम गराउन खोजियो । अब चाइना सरकारले हामीलाई सबैतिर डुलाएको, निम्तादिएको सबै प्रमाण हुँदाहुँदै एउटा फोटो डाउनलोड गरेर गलत प्रचार गर्न खोजियो ।

सरकारले जनतालाई हेर्ने र जनताले सरकारलाई बुझ्ने रुपमा हेलो सरकारलाई ल्याउँदैछौ । नागरिकहरुका गुनासोबाट सरकार कहाँनिर चुकिरहेको र के गर्नुपर्ने रहेछ भन्ने कुरा छर्लङ हुन्छ । हेलो सरकारमा आएका गुनासो थुपार्ने मात्र होइन सम्बोधन गर्ने एउटा पाटो हो  र अर्को कुरा चाँहि हामी कुन दिशामा अगाडि बढ्दैछौ भनेर बुझने कुराको लागि पनि त्यो एउटा मार्गदर्शन बन्नेछ । अबको हेलो सरकारमा कुनैपनि नागरिकहरुले गुनासो गर्यो भने, हाम्रो यहाँको हेलो सरकारको टिमले मात्र त्यो राख्दैन । अब गुनासो सोझै सम्बन्धित निकायसम्म पुग्छ । त्यसको निरिक्षण प्रधानमन्त्री कार्यालयबाट हुनेछ । राष्ट्रिय परिचयपत्रको काम पनि स्पिडका साथ अगाडि बढिरहेको छ । त्यसैगरी हामीले नागरिकहरुलाई मोबाइलबाटै सेवा र सुविधा लिनसक्नेगरी नागरिक एप्सको विकास गर्ने तयारी समेत गरिरहेका छौं ।

यत्तिका परिर्वतनका काम गरिरहनुभएको छ । तर बाहिर त तपाईको व्यापक आलोचना भइरहेको छ त ?
सूचना प्रविधिको काम यस्तो काम हो कि यसका बारेमा कतिपयलाई त्यसको मूल्य र लागतका विषयमै थाहै हुँदैन । जस्तै–एउटा मोबाइल विग्रिएर बनाउन गयौें भने पसलेले ५ सय भन्योभने ४०० मा गर्देउ भनेर भन्छौ । उसले त्यही समस्याका लागि ५ हजार भन्यो भने ४ हजारमा गर्देउ भनेर पैसा तिर्छौ । हामीलाई वास्तवमै कति पर्ने हो, थाहा छैन । त्यस्तै अवस्था सरकारी निकायमा पनि छ । सूचना प्रविधिमा जाने त भनियो तर त्यसका लागि लगानी कति हो भन्नेमा हामीबीच ठूलो ग्याप छ । हामीले गर्न खोजेको कस्तो हो भने सकेसम्म सस्तो  र भरपर्दो तरिकाले हामी काम गर्न चाहान्छौं । त्यसका लागि सरकार आफैंले आफ्ना निजामती कर्मचारीहरुबाट धेरै सफ्टवेयर बनाउन सक्छ, त्यस्ता इन्जिनियर र सफ्टवेयर विकास गर्ने जनशक्ति सरकारसँगै पनि छ । अब यहाँ हुनै नसक्ने कामहरु मात्र बाहिरबाट खरिद गर्नुपर्छ । अब त्यसो गर्दा हिजो खाईपाई आएकाहरु, व्यापार गरिरहेकाहरु स्वभाविकरुपमा डिस्ट्रव हुने नै भए । अनि उनीहरु तर्सिएर म सँग खनिनु स्वभाविक हो । अब कसरी हुन्छ यो काम गर्न दिनुहुँदैन भनेर उनीहरु लागेका छन् । सरकारलाई र राज्यलाई फाइदा हुने काम दिगोरुपमा अब सरकारकै कर्मचारीहरुले बनाउने छन् । अब यो काम रोक्न उनीहरु मरेरै लागेका छन् । त्यसमा कतिपय मिडियाहरुलाई समेत प्रयोग गर्न खोजियो ।

सरकारी तथ्यांकको समेत दुरुपयोग गरेर आफ्नो प्राइभेट कम्पनीमा प्रयोग गर्नुभयो भनेर आरोप लाग्यो नी ?
अब तपाई सिधै बुझन् सक्नु हुन्छ । कुन डाटा मैले दुरुपयोग गरें । मेरो कम्पनी र सरकारका डाटा के का लागि काम लाग्छन् ? सरकारका अधिंकाश तथ्यांक लुकाउनु पर्ने नै हुँदैन ।  अब इ–सेवाका ग्राहक आफ्नै इच्छाले ग्राहक बनेका हुन्छन् । त्यहाँ कसैलाई बाध्यतामा पार्ने काम भएको हुँदैन । अब यहाँका तथ्यांकहरुले हामीले गर्ने चाँहि के हो र ? कहीनेर पनि त्यसको प्रयोग हुँदैन । मलाई बदनाम गर्न केही नपाएपछि कम्पनी र मलाई जोडेर बदनाम गर्न गरिएको प्रपन्च हो । म टुंडिखेलमा बसेर खुल्ला बहस गर्न तयार छु । कुनै तथ्यांकको दुरुपयोग गरेको पाउनुभयो भने कारवाही भोग्न म तयार छु । अब इमीग्रेसनमा मलाई मुछिएको छ । तपाइले त्यहाँ फोन गरेर तत्काल बुझ्न सक्नुहुन्छ । त्यहाँ मैले कहिले पनि यो काम यसलाई देउ भनेर फोन गरेको पनि छैन, कुरा गरेको पनि छैन । मेरो धारणा भनेकै सकेसम्म  सरकारी कामहरु स्थायीरुपमै  सरकारका आफ्नै टेक्निसियनहरुले खडा गरेर गनुर्पर्छ भन्ने हो । यो कामको सुरुवातका लागि दुई जना इन्जिनियरहरुले अध्यागमन विभागमा काम गरिरहनुभएको छ ।   सरकारले सूचना प्रविधिमा धेरै काम गर्नुपर्ने छ । त्यसका लागि धेरै सफ्टवेयर बनाउनुपर्नेछ । यसमा सरकारले निजामती भित्रैका क्षमतावान टिम बनाएर त्यो काम निरन्तर र नियमित गर्नुपर्छ ।

न म अहिलेसम्म विभाग पुगेको छु न मलाई विभागले बोलाएको छ । यस्तो कुरामा मलाई मुछेर आफ्नो स्वार्थ पुरा गर्न खोज्नेहरुका यी सब झुट र बकबास मात्र हुन् । म जुन दिनसम्म यहाँ रहन्छु,सरकारको सपना पुरा गर्न, सुशासन र पारदर्शिता पुराका पुर पालना गरेरै बस्छु ।

त्यो बाहेक गृह मन्त्रालयमा पनि त्यसैगरी काम भइरहेको छ । राष्ट्रिय परिचयपत्रको पनि नेपाल सरकार आफैंले सफ्टवेयर बनाएर काम गर्नुपर्दछ । त्यो टिमले गर्न नसक्ने कामहरु मात्र हामीले बाहिरबाट किन्नुपर्दछ भन्ने मान्यताका साथ काम अगाडि बढाइरहेका छौं । त्यसो गर्दा मैले अघि पनि भने सरकारी पैसा जो हिजो बाहिर खाने प्राइभेट कम्पनीहरु थिए ती बन्द हुन थाले । त्यसो हुँदा ती म माथि खनिए । मैले कहिले पनि यो काम यसलाई देउ र यसलाई नदेउ भनेर कसैसँग कुरा गरेको छैन, गर्दा पनि गर्दिन ।

प्रधानमन्त्रीलाई प्रभावमा पारेर स्मार्ट लाइसेन्स छपाउँदै हुनुहुन्छ । स्मार्ट लाइसेन्सको क्वालिटी समेत कमजोर बनाउँदै हुनुहुन्छ भन्ने आरोप पनि आयो त ? 
प्रधानमन्त्रीको आइटी विज्ञको रुपमा यदी कसैले मलाई सल्लाह माग्छन् भने मैले सल्लाह दिने हो । अब मलाई लाइसेन्स विभागमा को आइटीको मान्छे छ पनि थाहा छैन । यातायात विभागमा कसले यो काम गरिरहेको छ पनि मलाई थाहा छैन । र मलाई कसैले कुनै आइडिया मागेको पनि छैन । मलाई यातायात विभागले बोलाएको पनि छैन र म गएको पनि छैन ।  मलाई थाहा भएको कुरा भनेको दुई महिनाअघि बुझ्दा बर्षैदेखि नागरिकहरुले लाइसेन्स नपाएर बस्नुपरिरहेको छ । त्यो समस्या चाँहि हल हुनुपर्छ भन्ने मेरो धारणा हो । अब समस्या समाधानका लागि जुन कामहरु भइरहेका छन्, त्यो ठिक पनि छ तर त्यहाँको कुनैपनि काममा मेरो संलग्नता भने छैन ।

लाइसेन्समा लेजरलाई विस्थापित गरेर नर्मल थर्मल ल्याउने कुरा आयो नी,  हैन ? 
त्यो के गर्ने कसो गर्ने त्यो सबै विभागले गर्ने काम हो । विभागले आफै सोचिरहेको होला । विभागमा आफ्नै आइटी टिम छ । उहाँहरुले मलाई यस विषयमा बोलाउनु भएको पनि छैन र म पनि त्यहाँ गएको पनि छैन । गएको हो भने सोध्ने कुरा एउटा होला  । न म अहिलेसम्म विभाग पुगेको छु न मलाई विभागले बोलाएको छ । यस्तो कुरामा मलाई मुछेर आफ्नो स्वार्थ पुरा गर्न खोज्नेहरुका यी सब झुट र बकबास मात्र हुन् । म जुन दिनसम्म यहाँ रहन्छु,सरकारको सपना पुरा गर्न, सुशासन र पारदर्शिता पुराका पुर पालना गरेरै बस्छु । अब कसैले राम्रो गर्दागर्दै पनि अनावश्यक हल्ला मच्चाएर बदनाम गराउन खोज्छ भने म त्यसको प्रतिवाद गर्छु । मेरो काम र व्यवहारले त्यो सबै छर्लङ हुन्छ । कुनै तथ्य र प्रमाणबिना हल्ला खल्ला गरेर मेरो इमान्दारीताको यात्रा रोकिन्न ।

नेपाल दुरसंचार कम्पनीमा पनि मोवाइल सेवा व्यवस्थापनका लागि १३ मिलिएन डलर  बराबरको काम ठेक्का रद्द गराएर आफ्नै कम्पनीलाई दिन दवाव दिंदै हुनुहुन्छ रे ? 
पो प्रोजेक्ट भनेको ठूलो प्रोजेक्ट हो । नेपालको हालसम्मका कुनैपनि कम्पनीले अहिले यो प्रोजेक्ट गर्नसक्ने अवस्था छैन । विदेशका कम्पनीहरुले नै यो काम गर्ने हुन् । अब उनीहरु नेपाल आउँदा र काम गर्दा पुरा गर्नुपर्ने प्रकृया त हाम्रोमा छनी । प्रकृयामा को को आइरहेका छन् भनेर होहल्ला गरेर त भएन नी । फेरि त्यो प्रोजेक्ट आजको पनि होइन । यो प्रोजेक्टको प्रकृया सुरु हुँदा नत केपी ओली सरकार थियो नत म नै प्रधानमन्त्री कार्यालयमा नै थिएँ । त्यो त्यतिखेरै सुरु गरिएको प्रकृया अहिले आएर अघि बढ्यो ।

मेरो धारणा भनेकै सकेसम्म  सरकारी कामहरु स्थायीरुपमै  सरकारका आफ्नै टेक्निसियनहरुले खडा गरेर गनुर्पर्छ भन्ने हो । सरकारले सूचना प्रविधिमा धेरै काम गर्नुपर्ने छ । त्यसका लागि धेरै सफ्टवेयर बनाउनुपर्नेछ । यसमा सरकारले निजामती भित्रैका क्षमतावान टिम बनाएर त्यो काम निरन्तर र नियमित गर्नुपर्छ । यो कामको सुरुवातका लागि दुई जना इन्जिनियरहरुले राहादानीको काम गरिरहनु भएको छ ।

त्यसका लागि ६ बटा कम्पनीहरुले आवेदन हालेकोमा सरकारले ४ बटा कम्पनीको नाम सटलिस्टको रुपमा निकाल्यो । त्यो आफ्नै प्रकृया र विधिमा अगाडि बढिरहेको छ । त्यसका लागि मैले दवाव दिनुपर्ने कुनै काम नै छैन ।  मेरो कम्पनीले एक बर्ष अघि के गर्यो भने यस्तो खालको काम नेपालमा आवश्यक पर्यो भने कस्ले गर्छ भनेर हामीले कुनै बाहिरको कम्पनीसँग ज्वाइन्ट भेन्चर (जेभी) गरेका थियौं । त्यो संझौता हुँदा न यो सरकार थियो न म यहाँ नै थिए । त्यतिखेरै सरकारलाई गरेको आवेदन अहिले प्रोसेसमा गएको हो । अहिले त्यो काम अगाडि बढिरहेको बेला बर्षौ अघिदेखिको काम म यता आएभन्दैमा गलत प्रचार गरेर हुन्छ ।

हुवावे कम्पनीले तपाइहरुलाई चाइना लगेर ल्याएछ हैन ? अनि त्यही कम्पनीलाई काम दिन लबिङ गर्नु भयो रे नी त ? 
यो पनि गलत कुरा हो । कुनैपनि तथ्यसँग नजोडि फेसबुकमा भएका एक दुईबटा फोटाहरु डाउनलोड गरेर गरिएको नियोजित प्रोपागान्डा हो यो । अब हामी चाइना हुवावेले निम्ता दिएर गएकै होइन । हामीलाई चाइना सरकारले निम्ता दिएर हामी चाइना गएका हौं । इ–गर्भमेन्सको अध्ययन गर्नका लागि चाइना सरकारले हामीलाई निम्ता दियो र हामी गयौं । त्यतीखेर चाइना सरकारले ६ बटा स्थानमा हामीलाई भ्रमण गरायो । इ–गर्भमेन्सको प्रयोग कसरी गर्ने र त्यसबाट कसरी सेवा लिएको छ भन्ने बुझाउन चाइना सरकारले त्यहाँका दुई बटा सरकारी कार्यालयमा हामीलाई भ्रमण गरायो । इ–गर्भनेन्स कसरी बनाउन सकिन्छ र सेवा सुविधा कसरी दिने भन्ने देखाउनु मुख्य उद्देश्य थियो ।

त्यसैगरी हामीलाई चाइनाले 3 बटा सफ्टबेयर कम्पनी भ्रमण गरायो । कसरी सफ्टवेयर कम्पनीले सरकारको सहयोगीको रुपमा काम गराइदो रहेछ भनेर त्यहाँ देखाउने काम भयो । दुईबटा हार्डवयेर कम्पनी पनि भ्रमण गराइयो । र एउटा प्रविधि व्श्विविद्यालयको भ्रमण पनि गराएको थियो । अब त्यो दुईबटा हार्डवेयर कम्पनी मध्ये एउटा चाँहि हुवावे पनि थियो । अब केही निउँ नपाएर त्यही बेलाको  भ्रमणको फोटो हुवावेको मात्र निकालेर मेरो त्यसमा सम्बन्ध थियो भन्ने देखाएर बदनाम गराउन खोजियो । अब चाइना सरकारले हामीलाई सबैतिर डुलाएको, निम्तादिएको सबै प्रमाण हुँदाहुँदै एउटा फोटो डाउनलोड गरेर गलत प्रचार गर्न खोजियो । हुवावेसँग हाम्रो भ्रमण जोडिएको पनि छैन  र होइन पनि । चीनले बनाएको लिस्टमा हामी त्यहाँ पुगेका थियों । त्यो क्रममा हुवावे पनि एक स्थान थियो । अब त्यही एउटा फोटो झिकेर गलत प्रचार गर्न खोजियो । यो जतिको अतिरन्जित, गलत र झुट अरु के हुन सक्छ ।
मलाई जसरी हुवाइवे ले चाइना लगेको भनेर तामझामका साथ प्रचार गरिएको छ । म यो कुरालाई प्रमाणित गरेर देखाउन चुनौती दिन चाहान्छु, यदी तिनीहरुले यो कुरा प्रमाणित गर्न सक्दैनन् भने त्यो समाचार  उनीहरु आफैले सच्याउन ।  गलत कुरा गरेर अर्काको बदनाम गर्न त पाइदैननी । पत्रकारितामा  इमान्दारीता भन्ने चिज छ भने झुटो समाचार  सच्याउनु हुनेछ ।

सूचना प्रविधि भन्दै मन्त्री परिषद्लाई भिडियो कन्फिरेन्स गर्नुभयो, यसमा पनि विवादमा तान्ने काम हुँदैछ, हैन ?
प्रधानमन्त्रीज्यूले राष्ट्रिय गौरवका आयोजनाहरुमा महिना महिना दिनमा निरिक्षण गर्नुपर्ने हुन्छ । त्यसका लागि समय पनि त्यत्तिकै लाग्छ ।  हेलिकप्टर लैजाउ, ल्याउ, धेरै खर्चहरु पनि भइरहेको हुन्छ । अब यस्तो आयोजनामा सिसीटीभी क्यामरा जोड्दा यहीबाट त्यसको मनिटरिङ हुने भो । खर्च पनि जोगिने भयो । फिल्डमा बस्नेहरुले पनि हामीलाई कुनैपनि बेला प्रधानमन्त्रीले देखिरहनुभएको हुन्छ भन्ने डरले काम पनि राम्रो हुने भयो । त्यसकै लागि यो आइडीया र टेक्निक ल्याइएको हो । telepresence को लागि प्रधानमन्त्री कार्यालयले सहसचिव एमलाल भुशालको नेतृत्वमा एउटा कमिटि बनाएर काम अगाडि बडाईरहेको छ । मैलै यसमा  आमन्त्रित सदस्यको रुममा भूमिका खेले । विकास निर्माणको काम मनिटरिङ गर्न प्रविधिको उपयोग गरिनु आफैमा राम्रो र पारदर्शी हुने काम हो । अब यस्लाई कहिले के कहिले के भनेर विवादमा पार्न खोज्नु भनेको सकारात्मक कामहरु हुनै नदिन खोज्नु हो ।  णा भनेकै सकेसम्म  सरकारी कामहरु स्थायीरुपमै  स

तपाई सारा सुधार गर्न खोजिरहनु भएको छ । तर बाहिर विवाद तान्ने काम भइरहेको छ । सफल व्यवसायी बेक्कारमा सरकारी झमेलामा पर्न आएजस्तो लाग्दैन ?
अब सरकारी क्षेत्रमा कुनै सकारात्मक काम गर्न खोज्यो भने त्यसलाई रोक्नका लागि ठूलो प्रयास र चलखेल हुनेरहेछ । कुनै नयाँ र सकारात्मक परिर्वतन ल्याउन खोजियो भने विविद तर्क, कुर्तक र दवाव आउने रहेछ । अझै पनि के मान्यतामा विश्वास गर्छु भने सरकारले कुनैपनि आइटीका कामहरु आफ्नै आइटीको टिम बनाएर गर्नु पर्दछ । त्यो कुनैपनि हालतमा गर्नैपर्छ । कुनैपनि हालतमा हुन नसकेका कामहरु मात्र बाहिर बाट ल्याउनु पर्दछ भनेर म अडिग छु । यो गर्दा कतिको खाइपाइ आएको गुम्छ भने मैले के नै गर्न सक्दछु ।  म जतिदिन यहाँ बस्छु,  सरकारका लागि सही सल्लाह दिएर बस्छु । प्रधानमन्त्रीका लागि सही सल्लाह दिने हो । म त्यही गर्छु । अब बाहिर बाट हल्ला खल्ला गरेर सरकारको समृद्धिको यात्रामा तगारो हाल्न खोज्दैमा लत्रिनु हुन्न । फेरि म म यहाँ सधै बस्नेपनि हैन । एक दुई बर्ष सरकारको सपना पुरा गर्न सकेको योगदान गर्ने हो बाँकि जीवन मेरो आफ्नै व्यवसाय छ । प्रधानमन्त्रीको सपना पुरा गर्नका लागि कसैले गलत प्रचार गर्दैमा म विचलित हुन्न । सरकारको सपना पुरा गर्न मैले मेरा अनुभव र ज्ञानबाट केही न केही योगदान गर्नसके धेरै परिर्वतन आउथ्यो र मलाई पनि गर्ब हुन्थ्यो भन्ने न हो । नागरिकहरुले सरकारसँग जे जस्तो अपेक्षा गरेका छन् त्यसमा मैले सूचना प्रविधिको क्षेत्रबाट दिनसक्ने जति दिने प्रयास गर्छु ।

अब हामीले छिट्टै पहिलाको हेलो सरकारलाई नयाँ स्वरुपमा ल्याउदैंछौ । हेलो सरकारलाई व्यापक परिर्वतन गरेर सुशासनका लागि सरकारले नागरिकहरुका गुनासो थुपार्ने मात्र हैन ती गुनासोको तत्काल सम्बोधन गर्नुपर्छ भनेर काम गरिरहेका छौ । सरकारले जनतालाई हेर्ने र जनताले सरकारलाई बुझ्ने रुपमा हेलो सरकारलाई ल्याउँदैछौ । नागरिकहरुका गुनासोबाट सरकार कहाँनिर चुकिरहेको र के गर्नुपर्ने रहेछ भन्ने कुरा छर्लङ हुन्छ ।

इ–गर्भनेन्सको लक्ष्इ पुरा गर्न के कस्ता समस्या देख्नु हुन्छ ?
सरकारका विभिन्न निकाय र कार्यालयमा विभिन्न सफ्टवेयरहरु छन् । तिनीहरुसँग तथ्यांक र डाटाहरु पनि छन् । तर ती डाटाहरु एक अर्कोमा जोडिएका छैनन् । पहिला यी सूचना र डाटाहरुलाई हामीले व्याकअप स्टोर गरेर एक अर्कोमा जोड्न सक्नुपर्दछ भन्ने हो ।  नागरिकहरुको अपेक्षा अनुसार सेवा र सुविधा दिनका लागि यदि हामीले हेरक क्षेत्रमा प्रविधिसँग जोड्न सके अहिले दिदै आइरहेको सेवाहरुमा ९० प्रतिशत सेवा लिनका लागि सरकारी अड्डा पुग्नु पर्ने बाध्यता हट्थ्यो । त्यसका लागि हामीले अहिले डाटाहरुको ब्याकअप स्टोर गर्ने र एक अर्को सफ्टवेयरसँग जोड्ने प्रयास गरिरहेका छौ ।

कति समय लाग्ला ?
अबको एक बर्षदेखि दुई बर्ष भित्रमा धेरैभन्दा धेरै सरकारी सुविधाहरु तपाईले आफ्नै मोबाइलबाट जोडिएर लिन सक्नुहुनेछ । राष्ट्रिय परिचयपत्र मात्र होइन हामीले चलाउन सक्ने नागकिहरुका लागि १, १ वटा मोवाइल एप्स दिन्छौ । त्यो नागरिक एप्सबाट सरकारबाट पाउनुपर्ने जे जस्तो सुविधा छन् त्यो सेवा त्यही हुन्छ र त्यही एप्सबाट लिन सकिने अवस्था हुन्छ ।

कति समयमा आउँछ त्यो एप्स ?
सुरुमा प्रारम्भिक सेवा र ढाँचाको रुपमा त्यो आउँछ । विस्तारै त्यसको सेवा सुविधा र फिचरहरु थपिदै जान्छन् । हामी ६ महिना भित्रमा प्रारम्भिक ढाँचा र सेवा सहित त्यो एप्स ल्याउछौ ।

सूचना प्रविधी बिज्ञ अलीसँग चक्रपथ डटकमका लागि दिनेश घिमिरेले गरेको संवाद

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वराजा ज्ञानेन्द्र र नेकपाका नेता नारायणकाजीबीच यस्तो भलाकुसारी…
पूर्वराजा ज्ञानेन्द्र र नेकपाका नेता नारायणकाजीबीच यस्तो भलाकुसारी…
निर्मला हत्या प्रकरणः एसपी विष्टसँग साढे १० लाख धरौटी माग
निर्मला हत्या प्रकरणः एसपी विष्टसँग साढे १० लाख धरौटी माग
जी–२० अर्थमन्त्रीस्तरीय सम्मेलनमा अल्पविकसित मुलुकले भोगिरहेका समस्या उठान भए : अर्थमन्त्री महत
जी–२० अर्थमन्त्रीस्तरीय सम्मेलनमा अल्पविकसित मुलुकले भोगिरहेका समस्या उठान भए : अर्थमन्त्री महत
भूमिहीन र सुकुम्बासीको अझै तथ्याङ्क सङ्कलन हुन सकेन
भूमिहीन र सुकुम्बासीको अझै तथ्याङ्क सङ्कलन हुन सकेन
ओलीलाई अचानक यो के भयो ? एकाएक सबैलाई रुवाए
ओलीलाई अचानक यो के भयो ? एकाएक सबैलाई रुवाए
बाढीपहिरो पीडितका लागि सहयोग संकलन गर्दै राष्ट्रिय जनमोर्चा
बाढीपहिरो पीडितका लागि सहयोग संकलन गर्दै राष्ट्रिय जनमोर्चा
मुम्बई आक्रमणमा मुख्य योजनाकार हाफिज सईद पाकिस्तानको लाहोरबाट पक्राउ
मुम्बई आक्रमणमा मुख्य योजनाकार हाफिज सईद पाकिस्तानको लाहोरबाट पक्राउ
विद्युत् चोर्ने तीन सय कारवाहीमा,२८ लाख राजश्व सङ्कलन
विद्युत् चोर्ने तीन सय कारवाहीमा,२८ लाख राजश्व सङ्कलन
सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम एकैपटक पठाउने काँग्रेसको निर्णय
सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम एकैपटक पठाउने काँग्रेसको निर्णय
कालीगण्डकी करिडोरमा ढिलासुस्ती गरे कार्वाही : मुख्यमन्त्री गुरुङ
कालीगण्डकी करिडोरमा ढिलासुस्ती गरे कार्वाही : मुख्यमन्त्री गुरुङ

तपाईंले छुटाउनुभयो कि?