जब आक्रमणकारी र चर्चका पदारीबीच जम्का भेट भयो…

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ११, २०७६
|
|
२१ पटक हेरिएको
Shares
जब आक्रमणकारी र चर्चका पदारीबीच जम्का भेट भयो…

सारांश

  • बीबीसी।
  •   श्रीलंकामा गत आइतबार भएको श्रृंखलावद्ध बम विस्फोटमा मृत्यु हुनेको संख्या ३१० पुगेको छ।
  • पीडित परिवारले बम विस्फोटमा परी मृत्यु भएकाहरुको अन्तिम संस्कार गर्ने तयारी सुरु गरेका छन्।
बीबीसी।  श्रीलंकामा गत आइतबार भएको श्रृंखलावद्ध बम विस्फोटमा मृत्यु हुनेको संख्या ३१० पुगेको छ। पीडित परिवारले बम विस्फोटमा परी मृत्यु भएकाहरुको अन्तिम संस्कार गर्ने तयारी सुरु गरेका छन्।
यो दर्दनाक माहोलमा एक चर्चमा पादरी फादर स्टेनलीले आक्रमण भन्दा पहिला आक्रमणकारीसँग भएको आफ्नो कुराकानी बीबीसीलाई सुनाएका छन्।
आक्रमणकारीसँग फादर स्टेनलीको भेट श्रीलंकाको मट्टकालाप्पु इलाकामा रहेको सियोन चर्चमा भएको थियो। यो चर्चमा भएको आक्रमणमा २६ जनाको मृत्यु भएको थियो, जसमा धेरै जसो बालबालिका थिए।
फादर स्टेनलीले भने, ‘हाम्रा पेस्टर (पादरी) विदेशमा हुनुहुन्छ। त्यहाँ सहयोगी पेस्टर पनि थिएनन्। उनले मलाइ केही नयाँ मानिससँग भेट गराएका थिए। शायद कथिप रुपमा तिनै मध्ये कसैले यो घटना गराएको हुनुपर्छ।’
उनले अगाडि भने, ‘मैले आक्रमणकारीसँग कुरा गरेँ। मैले उसलाई चर्चभित्र बोलाएँ। तर उ भित्र आउन मानेन र आफू कसैको फोनको पर्खाइमा बसेको बतायो।’
फादर स्टेनलीले भने, ‘हाम्रो अफिस चर्च नजिकै छ। त्यो व्यक्ति त्यही उभिएका थिए। उसले मलाइ सर्भिस कहिले सुरु हुन्छ भनेर सोध्यो। मैले प्रश्नको जवाफ दिएँ। मैले फेरि चर्चमा आउन भने। हामी सधैं सबैको स्वागत गर्छौं।’
‘उसले आफ्नो काँधमा एउटा व्याग भिरेको थियो। अगाडि क्यामराको जस्तो व्याग थियो। म त्यो बेला उसको उद्देश्यसँग परिचित थिइन। धेरै बच्चा भनिरहेका छन् की यो विस्फोट उसैले गराएको हो।’
‘जब सर्भिस सुरु भयो तब म भित्र गएँ। म भित्र गएको दुई–तीन मिनेटपछि उनले बाहिर विस्फोट गरायो। बम चर्च भित्र विस्फोट भएन। केही बच्चा आफ्नो क्लासपछि बाहिर पानी पिइरहेका थिए। उनीहरु पानी पिइसकेपछि भित्र आउँथे। ती बच्चा र अन्य मानिस त्यो बेला चर्च भित्र पस्दै थिए। त्यही बेला विस्फोट भयो।’
फादर स्टेनलीका अनुसार चर्च बाहिर विस्फोटपछि कोलाहलको माहोल बन्यो।
‘विस्फोटपछि गाडी र जेनेरेटरमा आगो लाग्यो। आगो लागेका कारण विस्फोटमा घाइते भएका मानिसलाई बचाउन सकेनौं। हामीले केही बच्चालाई विस्फोट भएको ठाउँबाट बाहिर निकाल्यौं,’ उनले भने।
फादर स्टेनलीका अनुसार उनको चर्चमा पहिलो विस्फोटपछि फेरि अर्को विस्फोट भएको थियो।
‘हामीले घाइतेलाई बचाउन पूरै कोशिश गर्यौं। त्यसपछि फेरि विस्फोटको आवाज सुनियो। र सबै कुरा आगोमा परिणत भयो। हामी सबै कुरा भुलेर यता उता दौडिन थाल्यौं। केही जिवीत रहेछ भने उद्धार गर्नुपर्छ भन्ने भयो। यो भागदौडमा मेरी पत्नी र छोरालाई देखिन। पछि उनीहरुको खोजी गर्दा उनीहरुलाई अस्प्तालमा  फेला पारेँ। यो विस्फोटमा निर्दोष बच्चाहरुको निधन भयो हामीलाई यतिमात्रै  थाहा छ,’ उनले भने।
श्रीलंकामा भएको श्रृखंलावद्ध विस्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ। तर त्यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?