नेकपा (एकिकृत समाजवादी)को सनाखत सकियो

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ९, २०७८
|
|
३७ पटक हेरिएको
Shares
नेकपा (एकिकृत समाजवादी)को सनाखत सकियो

सारांश

  • नेकपा (एकीकृत समाजवादी) का ५५ केन्द्रीय सदस्य र २९ सांसदले निर्वाचन आयोगमा सशरीर उपस्थित भई दलको पक्षमा सनाखत गरेका छन् ।
  • सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा आयोगले उक्त दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित बिहान ११ः३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि बोलाएको थियो ।
  • उक्त दलका नेता राजेन्द्रप्रसाद पाण्डेले दल दर्ताका लागि निवेदन दिँदाका बेला ५८ जनाको नाम पेस गरेकामा दुईजना मात्र सनाखतमा सामेल हुन नसकेको जानकारी दिए ।

नेकपा (एकीकृत समाजवादी) का ५५ केन्द्रीय सदस्य र २९ सांसदले निर्वाचन आयोगमा सशरीर उपस्थित भई दलको पक्षमा सनाखत गरेका छन् । सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा आयोगले उक्त दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित बिहान ११ः३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि बोलाएको थियो ।

उक्त दलका नेता राजेन्द्रप्रसाद पाण्डेले दल दर्ताका लागि निवेदन दिँदाका बेला ५८ जनाको नाम पेस गरेकामा दुईजना मात्र सनाखतमा सामेल हुन नसकेको जानकारी दिए । केन्द्रीय सदस्य भास्कर काफ्ले र रवीन कोइराला सो सनाखतमा उपस्थित भएनन् । पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट सनाखत गरेका छन् ।

सङ्घीय संसद्का २९ जना सांसदले पनि उक्त दलको पक्षमा सनाखत गरेका छन्। अरू दुुईजनाको प्राविधिक समस्याका कारण सनाखत हुन बाँकी रहेको नेता पाण्डेले जानकारी दिए ।

आयोगमा उपस्थित भएर पनि सनाखत गर्न नपाएका केही सांसदका लागि विद्यमान अध्यादेश र ऐनका कारण प्राविधिक समस्या देखिएको जानकारी दिइएको छ । सांसद सोमप्रसाद पाण्डेय, मायादेवी ज्ञवाली र शारदा भट्टको निवेदनका बेला दस्ताखत नभए पनि आज उक्त दलको पक्षमा सनाखतका लागि आयोग पुगेका हुन् ।

निर्वाचन आयोगले आजै नेकपा (एकीकृत समाजवादी) लाई दल दर्ताको प्रमाणपत्र दिने बताइएको छ । सनाखतपछि नेता पाण्डेले भने,“दल दर्ता हुनासाथ विगतमा समानान्तर कमिटी भनेर बनाइएका कमिटीलाई ब्युँताएर वडा तहसम्म संरचना विस्तार गर्ने तथा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र इच्छुुक पार्टीमा सामेल हुन पाउने व्यवस्था छ, त्यसका लागि काम गर्नेछौँ ।”

केही दिनभित्र केन्द्रीय कमिटी बनाउने र राष्ट्रिय सम्मेलनको आयोजना गरेर कार्यक्रमसहित अघि बढ्ने उनले बताए । दलको मान्यता पाउन ४१ केन्द्रीय सदस्य वा ३१ सांसदको समर्थन आवश्यक पर्दथ्यो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले नेतृत्व गर्नुुभएको उक्त दलसँगै आयोगमा महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य र सांसदले आजै आयोगमा पुुगेर दल दर्ताको मान्यता प्राप्तिका लागि सनाखत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटकीय क्षेत्रमा पूर्वाधार अभाव
पर्यटकीय क्षेत्रमा पूर्वाधार अभाव
‘प्रधानमन्त्री ओलीले पदत्याग र प्रायश्चित गर्नु उपयुक्त हुन्छ : डा. बाबुराम भट्टराई
‘प्रधानमन्त्री ओलीले पदत्याग र प्रायश्चित गर्नु उपयुक्त हुन्छ : डा. बाबुराम भट्टराई
लकडाउनले समस्यामा परेकालाई निःशुल्क पानी बाँड्न किन प्रहरी नै गुहार्नु पर्यो ?
लकडाउनले समस्यामा परेकालाई निःशुल्क पानी बाँड्न किन प्रहरी नै गुहार्नु पर्यो ?
रातो पासपोर्ट नबुझाएपछि प्रयोग गर्न नमिल्ने बनाइयो
रातो पासपोर्ट नबुझाएपछि प्रयोग गर्न नमिल्ने बनाइयो
नक्कली शरणार्थी प्रकरणः खाँणकाे सबालमा न्यायधिस बिचमा राय बाझियाे
नक्कली शरणार्थी प्रकरणः खाँणकाे सबालमा न्यायधिस बिचमा राय बाझियाे
मलेशियाको १ सय १५ रनको लक्ष्य पछ्याउँदै नेपाल
मलेशियाको १ सय १५ रनको लक्ष्य पछ्याउँदै नेपाल
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा बाम गठबन्धनका तामाङ ले  पशुपति शमशेरलाई हराए !
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा बाम गठबन्धनका तामाङ ले पशुपति शमशेरलाई हराए !
थ्रीस्टार र आर्मी सिमरा गोल्डकपको उपाधिका भिड्दै
थ्रीस्टार र आर्मी सिमरा गोल्डकपको उपाधिका भिड्दै
दश महिना मै ९१ करोड आम्दानी
दश महिना मै ९१ करोड आम्दानी
राप्रपाको प्रतिबद्धता निषेध गर्ने आयोगको कदमप्रति आठ पार्टीका नेताले के भने ?

तपाईंले छुटाउनुभयो कि?