जब दुलहीले दुलाहाको शिरमा गोलीमा हानिन्
सारांश
- एजेन्सी, माघ २१ ।
- अमेरिकाको टेनेसी प्रान्तमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
- ती युवतीले विवाह गरेको केही समय पश्चात नै दुलाहाको टाउकोमा गोली हानेकी थिइन् ।
एजेन्सी, माघ २१ । अमेरिकाको टेनेसी प्रान्तमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । ती युवतीले विवाह गरेको केही समय पश्चात नै दुलाहाको टाउकोमा गोली हानेकी थिइन् । २५ वर्षिय केट एलिजाबेथ प्रिचार्डलाई दुलहीको कपडामा प्रहरीले मरफ्रेसबोरोको उक मोटेलबाट नियन्त्रणमा लिएको हो । घटना ३१ जुलाइमा भएको थियो ।
एलिजाबेथले विवाह पश्चात दुलाहाको टाउकोमा ९ मिमीको पिस्तोल राखेर ट्रिगर दबाएकी थिइन् । यो पिस्तोलमा गोली भने भरिएको थिएन ।
केही समय पश्चात उनले पिस्तोलमा गोली भरिन् । हावामा केही राउण्ड गोली फायर गरिन् । उनले गोली चलाएपछि माहोल निकै भयानक बनेको थियो । सबैजना भागदौड गर्न थाले ।
प्रहरी घटनास्थलमा पुगेपछि प्रत्यक्षदर्शीले बयान दिए । उनका अनुसार नवविवाहित जोडीहरु रक्सीको मातमा धुत थिए । एक्कासी उनीहरु झगडा गर्न थाले । दुलाहा दुलही कसैले पनि प्रहरीको मदत गर्न चाहेनन् ।
इंवासले स्थानीय मिडियालाई बताए,‘दुलहीले आफ्नो विवाहको कपडाबाट ९ मिमीको पिस्तोल निकालिन् र आफ्नो भर्खरै विवाह गरेको पतिको शिरमा हानिन् ।’ दुलहीले पिस्टल मोटेलको बाथरुममा लुकाउने प्रयास गरेकी थिइन् ।
प्रतिक्रिया