जलवायु परिवर्तनमा गाई-भैसी पनि जिम्मेवार !

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ८, २०७५
|
|
३३ पटक हेरिएको
Shares
जलवायु परिवर्तनमा गाई-भैसी पनि जिम्मेवार !

सारांश

  • जलवायु परिवर्तन अहिले विश्वकै हट इस्यू हो ।
  • जलवायु परिवर्तनका असरबाट अहिले विश्वका सबै मुलुक प्रभावित बनिरहेका छन् ।
  • जलवायु परिवर्तनमा गाई भैसी पनि जिम्मेवार भएको विषयलाई लिएर लामो समयदेखि वैज्ञानिक तथा पर्यावरणविद् चिन्तित बन्दै आएका छन् ।

जलवायु परिवर्तन अहिले विश्वकै हट इस्यू हो । जलवायु परिवर्तनका असरबाट अहिले विश्वका सबै मुलुक प्रभावित बनिरहेका छन् । जलवायु परिवर्तनमा गाई भैसी पनि जिम्मेवार भएको विषयलाई लिएर लामो समयदेखि वैज्ञानिक तथा पर्यावरणविद् चिन्तित बन्दै आएका छन् । गाइ भैसीले निकाल्ने ग्यास र डकार जलवायु परिवर्तनको कारक बन्दै आइरहेको प्रति वैज्ञानिक र पर्यावरणविद् चिन्तित बनेका हुन् ।

वैज्ञानिकहरु वायुमण्डलमा हानिकारक मिथेन ग्यास अत्याधिक हुनुमा गाई भैसीको डकार र पेटबाट निस्किने ग्यासलाई जिम्मेवार ठान्छन् । वायुमण्डलमा मिथेन ग्यासको उत्सर्जन रोक्न गाई भैसीको खानामा सुधार ल्याउन पर्ने भन्दै त्यसका लागिग वैज्ञानिकहरु प्रयासरत रहेका छन् । गाई भैसीलाई लसुन, केशर र अरु सागसब्जी खुवाएर त्यसको प्रभाव परिक्षण गर्ने कार्य वैज्ञानिकले थालिसकेका छन् ।

उता अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका सोधकर्ताहरूले गाईले निकाल्ने ग्यासलाई कम हानिकारक बनाउने उपाय निकालेको बताएका छन् । वैज्ञानिकहरूका अनुसार गाई भैँसीलाई समुद्री लेउ खुवाइए तिनीहरूले निकाल्ने ग्यासमा मिथेनको मात्रा घटाउन सकिन्छ र त्यसले पर्यावरणलाई जोगाउन सकिन्छ । यसको परिक्षण स्वरुप वैज्ञानिकहरूले करिब एक दर्जन दुधालु गाईहरूलाई समुद्री लेउ खुवाएका थिए । लेउ खुवाइएपछि गाईहरूको डकार र ग्यासमा मिथेनको मात्रामा ३० प्रतिशतले कमी आएको पाइएको वैज्ञानिकहरूले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?