धार्चेको पर्यटकीय पदमार्गमा सूचना बोर्ड

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३१, २०८०
|
|
३४ पटक हेरिएको
Shares
धार्चेको पर्यटकीय पदमार्गमा सूचना बोर्ड

सारांश

  • काठमाडौं ।
  • पर्यटकलाई आफू पुग्ने गन्तव्यका बारेमा पूर्वजानकारी दिन गोरखाको धार्चे गाउँपालिकाको पर्यटकीय पदमार्गमा सूचना बोर्ड राखिएको छ ।
  • नेपाल पर्यटन बोर्ड गडण्की प्रदेश र धार्चे गाउँपािलकाको संयुक्त साझेदारीमा पर्यटकीय पदमार्गमा सूचना बोर्ड राखिएको धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङले जानकारी दिए ।

काठमाडौं । पर्यटकलाई आफू पुग्ने गन्तव्यका बारेमा पूर्वजानकारी दिन गोरखाको धार्चे गाउँपालिकाको पर्यटकीय पदमार्गमा सूचना बोर्ड राखिएको छ । नेपाल पर्यटन बोर्ड गडण्की प्रदेश र धार्चे गाउँपािलकाको संयुक्त साझेदारीमा पर्यटकीय पदमार्गमा सूचना बोर्ड राखिएको धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङले जानकारी दिए ।

पदमार्गमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई पर्यटकीय स्थानको उचाइ, पर्यटकीय गन्तव्य पुग्न लाग्ने समय, एक ठाउँदेखि अर्को ठाउँसम्मको दूरीलगायतका विषय सूचना बोर्डमा जानकारी दिएको उनले बताए ।

“सूचना बोर्डमा पदर्मागमा पर्ने खोलानाला, ताल, पुलका साथै ती क्षेत्रमा पाइने जङ्गली जनावरका बारेमा पनि जानकारी दिएको छ”, उनले भने, “यसले पर्टयकलाई पर्यटकीय गन्तव्यका बारेमा बाटोमा नै पूर्वजानकारी प्राप्त हुने हुँदा पदयात्रमाा थप सजिलो हुने विश्वास गरिएको छ ।”

धार्चे मनास्लु पर्यटन विकास समितिले पर्यटकीय पदमार्गको विभिन्न पाँच स्थानमा सूचना बोर्ड राखेको उनले बताए । “अहिले यामगाउँ, काशीगाउँ, धार्चेडाँडा, माछीखोला र यारुबगरमा सूचना बोर्ड राखिएको छ”, अध्यक्ष गुरुङले भने, “बोर्ड राख्नका लागि नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशबाट पाँच लाख र गाउँपालिकाबाट एक लाख बजेट प्राप्त भएको थियो ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीलाई माधव नेपालको अन्तिम प्रस्ताव ः ‘२०७५ जेठ २ गते फर्किए विश्वासको मत दिन्छौं, नत्र सामूहिक राजीनामा’
ओलीलाई माधव नेपालको अन्तिम प्रस्ताव ः ‘२०७५ जेठ २ गते फर्किए विश्वासको मत दिन्छौं, नत्र सामूहिक राजीनामा’
पश्चिम नेपालका क्यान्सर बिरामीमाथि चरम संकट: सरकारी उदासीनता र भुक्तानी विवादले रेडियोथेरापी सेवा ठप्प, बिरामी भारत धाउन बाध्य
पश्चिम नेपालका क्यान्सर बिरामीमाथि चरम संकट: सरकारी उदासीनता र भुक्तानी विवादले रेडियोथेरापी सेवा ठप्प, बिरामी भारत धाउन बाध्य
भारत जाँदा प्रधानमन्त्री देउवाले तोडेका ३ परम्परा
भारत जाँदा प्रधानमन्त्री देउवाले तोडेका ३ परम्परा
बेलैमा नसोचे धर्मका नाममा द्वन्द्वको खतरा : पूर्व राष्ट्रपति यादव
बेलैमा नसोचे धर्मका नाममा द्वन्द्वको खतरा : पूर्व राष्ट्रपति यादव
शर्मालाई फेरि अकुत अभियोग: श्रीमतीको नाममा सम्पत्ति
शर्मालाई फेरि अकुत अभियोग: श्रीमतीको नाममा सम्पत्ति
जेठ ३ गते सोमवारको राशिफल यस्तो छ
जेठ ३ गते सोमवारको राशिफल यस्तो छ
सत्ता गुमेपछि माओवादीलाई जनमतको चिन्ता
सत्ता गुमेपछि माओवादीलाई जनमतको चिन्ता
पार्क भिलेज फेवातालको बफर जोन भित्र छ?
पार्क भिलेज फेवातालको बफर जोन भित्र छ?
आज जनताको विजय भएको दिन (प्रधानमन्त्री)
आज जनताको विजय भएको दिन (प्रधानमन्त्री)
त्रिशुलीमा बस खस्यो, ३ जनाको मृत्यु, १२ जना घाईते
त्रिशुलीमा बस खस्यो, ३ जनाको मृत्यु, १२ जना घाईते