जसपा फुटाएर लोसपासँग एकीकरण गर्ने बाबुरामको तयारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २८, २०७९
|
|
२१ पटक हेरिएको
Shares
जसपा फुटाएर लोसपासँग एकीकरण गर्ने बाबुरामको तयारी

सारांश

  • काठमाडौं।
  • सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) फेरि विभाजन भएको छ ।
  • पार्टी विभाजनको औपचारिक घोषणा मंगलबार हुँदै छ ।

काठमाडौं। सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) फेरि विभाजन भएको छ । पार्टी विभाजनको औपचारिक घोषणा मंगलबार हुँदै छ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै गएपछि पार्टी विभाजन भएको हो ।

भट्टराई र यादवले आपसी सहमतिमै पार्टी विभाजन गर्नेमा यसअघि नै सहमति गरिसकेका छन् । यसअघि महन्थ ठाकुर, राजेन्द्र महतोले जसपा विभाजन गरेर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) गठन गरिसकेका छन् ।

भट्टराईको नेतृत्वमा फेरि विभाजन हुन लागेको जसपा ठाकुर नेतृत्वको लोसपासँग पार्टी एकीकरण गर्ने रणनीति रहेको स्रोतले जनाएको छ । उपेन्द्रको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बाबुरामले आफ्नो नेतृत्वमा नयाँ पार्टीको घोषणा गर्ने भएका छन् ।

मंगलबार र बुधबार (२८, २९ असार) मा भट्टराई समूहको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंको जडीबुटीमा बस्दै छ । सोही बैठकबाट नयाँ पार्टीको घोषणा गरिनेछ । उता, उपेन्द्र समूहको केन्द्रीय समितिको विस्तारित बैठक बुधबार र बिहीबार (२९, ३० असार)मा वीरगन्जमा बस्दै छ ।

बाबुराम र उपेन्द्र समूहको छुटाछुटै केन्द्रीय समितिको बैठक बसेसँगै पार्टी स्पष्ट रूपमा विभाजन भएको हो । बाबुराम समूहले केन्द्रीय समिति बैठकको एजेन्डासमेत तय गरेको छ । बैठकमा संघीय परिषद् अध्यक्ष बाबुरामले समसामयिक राजनीतिक विषयमा राजनीतिक प्रतिवेदन पेस गर्ने बताइएको छ ।

बाबुरामनिकट नेता विश्वदीप पाण्डेले राजनीतिक प्रतिवेदनसँगै समसामयिक विषय’ बैठकमा छलफल हुने बताए । ‘छलफल हुने विभिन्न एजेन्डा तय गरी बैठकको सूचना सबै पदाधिकारी, केन्द्रीय सदस्य तथा संघीय परिषद् सदस्यलाई पठाइएको छ ।

जसपाको केन्द्रीय समितिको विस्तारित बैठकका एजेन्डाहरूमा पार्टीको आन्तरिक अवस्था’bout छलफल, स्थानीय निर्वाचनको समीक्षा, संगठन, आगामी कार्ययोजनालगायतका विषयमा छलफल र विविध रहेका छन्,’ पाण्डेले भने ।

उता बाबुराम समूहले बैठक बोलाएपछि उपेन्द्र समूहले सो बैठकलाई अवैधानिक बैठक भएको टिप्पणी गरेको छ । पार्टीको आधिकारिक बैठक वीरगन्जमा भइरहेको बताउँदै उपेन्द्रनिकट नेता प्रकाश अधिकारीले काठमाडौंमा पार्टीको कुनै बैठक नभएको बताए ।

गत १३ असारमा बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार वीरगन्जमा बस्ने बैठक नै आधिकारिक भएको अधिकारीले बताए । अधिकारीले गैरजिम्मेवार व्यक्तिले विधानविपरीत बैठक बोलाएको आरोप लगाए ।

बाबुराम समूहले बैठक बोलाएपछि उपेन्द्र समूहले अनधिकृत व्यक्तिले बोलाएको बैठकमा नजान आग्रह गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केही अराजक एवं गैरजिम्मेवार व्यक्तिहरूले पार्टीको विधान र निर्णयविपरीत अवैधानिक तथा अनधिकृत रूपमा सोही दिन जसपा नेपालको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंमा बस्ने भनी भ्रम फैलाइरहेको बुझिन आएको छ । तर, त्यो बैठक पार्टीको आधिकारिक बैठक नरहेको जानकारी गराइन्छ ।’

यसअघि नै बाबुराम र उपेन्द्रबीच अघिल्लो साता एउटै पार्टीमा रहन सक्ने अवस्था नरहेको भन्दै सहमतिमै अलगअलग बाटो लाग्ने सहमति भएको थियो । जसपाका दुवै बैठकमा समसामयिक विषयमा छलफल हुने बताए पनि उपेन्द्र समूहले सकेसम्म नेता तथा कार्यकर्तालाई रोक्ने र बाबुराम समूहले पनि नेता÷कार्यकर्ता आफूसँग ल्याउने कसरत गरिरहेका छन् । पार्टी अध्यक्ष महन्थ ठाकुर २० प्रतिशत सांसदसहित गत ३ साउनमा बाहिरिएपछि सुरु भएको जसपाको विवाद अहिले फुटको संघारमा पुगेको हो ।

महन्थ ठाकुरको स्थानमा को रहने भन्ने विषयले पार्टीभित्र विवाद विजारोपण भएको थियो । विवाद समाधान गर्न बाबुराम, उपेन्द्र र वरिष्ठ नेता अशोक राई रहनेगरी तीन सदस्यीय हेटक्वार्टर समिति गठन भएको थियो । तर, सो समितिले समेत विवाद समाधान गर्न नसकेपछि पार्टी फेरि फुटको संघारमा पुगेको हो । विधानअनुसार अर्को अध्यक्ष राख्न उपेन्द्र अनिच्छुक हुने तर बाबुराम समूह जसरी पनि राख्नैपर्ने अडान लिँदै आएका छन् ।

यस्तै, पाँच दलीय गठबन्धनमा हुने निर्णय पार्टीमा जानकारी नगराउने, स्थानीय तह निर्वाचनमा मानोमानी गरेका उपेन्द्रले निर्वाचनको समीक्षासमेत गर्न नमानेको बाबुराम समूहको आरोप छ । यस्तै, मन्त्री हेरफेरमा समेत उपेन्द्रले पार्टीमा छलफल नगरेको आरोप छ । २२ वैशाख २०७६ मा बाबुराम नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र नेतृत्वको संघीय समाजवादीबीच एकता भएर समाजवादी पार्टी बनेको थियो ।

सो समाजवादी विभाजन हुनै लाग्दा रातारात १० वैशाख २०७७ मा अर्को मधेसवादी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)सँग एकता भएर जसपा घोषणा भएको थियो । तर, एकताको तीन वर्ष नपुग्दै महन्थ, राजेन्द्रसहितका नेताले जसपा विभाजन गरेर लोसपा गठन गरेका गरिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ताकेता
नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ताकेता
यसरी उल्टियो मन्त्रिपरिषद् निर्णय : सार्वजनिक पदधारण गरेको व्यक्तिले सम्पत्ति गोप्य राख्न नपाउने
यसरी उल्टियो मन्त्रिपरिषद् निर्णय : सार्वजनिक पदधारण गरेको व्यक्तिले सम्पत्ति गोप्य राख्न नपाउने
आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
सरकार विरुद्व सर्वोच्च अदालतमा रिट निवेदन दर्ता
सरकार विरुद्व सर्वोच्च अदालतमा रिट निवेदन दर्ता
इराकमा केन्द्रित भयो अमेरिका(इरान द्धन्द्ध)
इराकमा केन्द्रित भयो अमेरिका(इरान द्धन्द्ध)
इराकबाट अमेरिकी सेना फिर्ता हुँदैनः अमेरिकी रक्षामन्त्री
इराकबाट अमेरिकी सेना फिर्ता हुँदैनः अमेरिकी रक्षामन्त्री
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई चिनौ
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई चिनौ
जनार्दन शर्मालाई लिएर सोलुखुम्बु किन पुगे प्रचण्ड ?
जनार्दन शर्मालाई लिएर सोलुखुम्बु किन पुगे प्रचण्ड ?
उत्तर कोरियाले आणविक क्षेप्यास्त्र उत्पादन केन्द्र नष्ट गर्ने
उत्तर कोरियाले आणविक क्षेप्यास्त्र उत्पादन केन्द्र नष्ट गर्ने
लेकबेंसी–१ मा एमालेका पुन विजयी
लेकबेंसी–१ मा एमालेका पुन विजयी

तपाईंले छुटाउनुभयो कि?