पिछडिएको दलित बस्ती राहतको प्रतीक्षामा

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ६, २०७४
|
|
५७ पटक हेरिएको
Shares
पिछडिएको दलित बस्ती राहतको प्रतीक्षामा

सारांश

  • महोत्तरी, ६ माघ ।
  • शीतलहर र बाक्लोे हुस्सुको समयमा तराई मधेश कठ्यांग्रिदैं गएको समयमा नेपाल भारत सीमासँगै जोडिएको महोत्तरीको सोनमा गाउँपालिका खैरवनीका सर्वसाधारण राहतको प्रतिक्षामा रहेका छन् ।
  • सिंहदरबारको अधिकार गाउँमै ल्याउने सपना देखाएर निर्वाचित भएका जनप्रतिनिधि उनीहरुको समस्या बुझ्न गाउँ नफर्केपछि दलित बस्ती चिसोले कठ्यांग्रिएको छ ।

महोत्तरी, ६ माघ । शीतलहर र बाक्लोे हुस्सुको समयमा तराई मधेश कठ्यांग्रिदैं गएको समयमा नेपाल भारत सीमासँगै जोडिएको महोत्तरीको सोनमा गाउँपालिका खैरवनीका सर्वसाधारण राहतको प्रतिक्षामा रहेका छन् ।

सिंहदरबारको अधिकार गाउँमै ल्याउने सपना देखाएर निर्वाचित भएका जनप्रतिनिधि उनीहरुको समस्या बुझ्न गाउँ नफर्केपछि दलित बस्ती चिसोले कठ्यांग्रिएको छ । स्थानीय जनप्रतिनिधि चुनावमा निर्वाचित भएको १०० दिन पूरा भएपनि सोनमा गाउँपालिका–५ खैरवनीका दलित बस्तीमा कुनै किसिमको परिवर्तन हुन सकेको छैन । खैरवनी महरा बस्तीमा सो अवधिमा न त बाटो मर्मत हुन सकेको छ न त खानेपानीको नै सुविधा छ ।

पचासौँ दलित समुदायका घरपरिवार स्वच्छ खानेपानीको लागि तड्पिरहेका छन् । न त खानलाई घरमा अन्न छ न त पिउनलाई नै स्वच्छ पानी त्यहाँ छ त केवल फोहरको डुँगुर, छाप्रोभित्र चिसोसँग बच्नका लागि राखेको परालको चटाई । यहाँका स्थानीय जनप्रतिनिधिविहीन भएको अनुभव गर्न थालेका छन् ।

स्थानीय ५० वर्षीया साकु्देवी महराका अनुसार त्यहाँ स्थानीयले स्वच्छ खानेपानी पिउन पाएका छैन । खेनारी यादवले चिसोले जनजीवन कष्टकर हुँदासमेत अहिलेसम्म जनप्रतिनिधि गाउँ नआएको गुनासो पोखेका छन् ।

एैलानी जग्गामा बसोबास गर्दै आएको स्थानीय इन्दल मल्लिक डोमले बालबालिका घरको अभावमा कठ्यांगिँ्रदै जीवन बिताउँदै आएको बताउनुभयो । राति जाडो हुँदा रातभर जाग्राम भएर बस्नुपर्ने स्थिति रहेको मल्लिकले गुनासो पोखे ।

लीलादेवी मल्लिकले जनप्रतिनिधिले झुठो आश्वासन दिएर मत मागेर लगेता पनि पछि फर्केर नआउँदा अनेकौँ समस्या रहेको सुनाउनुभयो ।

(basicbluesnation.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण
भुटानमा पूर्वप्रधानमन्त्री छिरिङ तोब्गे नेतृत्वको पार्टीलाई बहुमत
भुटानमा पूर्वप्रधानमन्त्री छिरिङ तोब्गे नेतृत्वको पार्टीलाई बहुमत
यस्तो देखे मोहनविक्रमले सुषमा नेपाल आउनुको कारण
यस्तो देखे मोहनविक्रमले सुषमा नेपाल आउनुको कारण
मध्यपहाडी राजमार्गको हेटौडा–चतरा सडकखण्डको काममा लापर्वाही
मध्यपहाडी राजमार्गको हेटौडा–चतरा सडकखण्डको काममा लापर्वाही
महराले यसरी पुराए हिमाली जिल्ला डोल्पामा मोबाइलको टावर
महराले यसरी पुराए हिमाली जिल्ला डोल्पामा मोबाइलको टावर
देशको नेतृत्व लिन महिला योग्य र सक्षम छन् : मन्त्री अर्याल
देशको नेतृत्व लिन महिला योग्य र सक्षम छन् : मन्त्री अर्याल
आजको मौसमः तराइमा हुस्सु तथा हिमाली भागमा हिमपातकाे सम्भावना
आजको मौसमः तराइमा हुस्सु तथा हिमाली भागमा हिमपातकाे सम्भावना
अमेरिकाका राष्ट्रपति डोनाल्ड जे. ट्रम्प महाअभियोगबाट जोगिए
अमेरिकाका राष्ट्रपति डोनाल्ड जे. ट्रम्प महाअभियोगबाट जोगिए
वाइडबडी भ्रष्टाचार : परिमार्जित प्रतिवेदनमाथि आज लेखा समितिमा छलफल हुँदै
वाइडबडी भ्रष्टाचार : परिमार्जित प्रतिवेदनमाथि आज लेखा समितिमा छलफल हुँदै
व्यवस्थित बन्दै ‘हरिचौर बजार’
व्यवस्थित बन्दै ‘हरिचौर बजार’