विश्वकप फुटबल २०१८: अाजकाे खेल र समय, अर्जेन्टिना माथि दबाब

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ७, २०७५
|
|
१६ पटक हेरिएको
Shares
विश्वकप फुटबल २०१८: अाजकाे खेल र समय, अर्जेन्टिना माथि दबाब

सारांश

  • विश्व कपको सातौं दिनको समाप्ती सम्म आइपुग्दा २ टोली नकआउट चरणमा पुगिसकेका छन् भने ३ टोली समूह चरणबाट बाहिरिएका छन् ।
  • आयोजक रसिया र उरुग्वे अन्तिम खेल अघिनै नकआउट चरणमा पुग्दा सो समूहबाट इजिप्ट र साउदी अरेबिया बाहिरिएका छन् ।
  • समूह ‘बी’ रोमाञ्चक बन्दा त्यसबाट मोरोक्को भने बाहिरिएको छ ।

विश्व कपको सातौं दिनको समाप्ती सम्म आइपुग्दा २ टोली नकआउट चरणमा पुगिसकेका छन् भने ३ टोली समूह चरणबाट बाहिरिएका छन् ।

आयोजक रसिया र उरुग्वे अन्तिम खेल अघिनै नकआउट चरणमा पुग्दा सो समूहबाट इजिप्ट र साउदी अरेबिया बाहिरिएका छन् । समूह ‘बी’ रोमाञ्चक बन्दा त्यसबाट मोरोक्को भने बाहिरिएको छ । समूहमा पोर्चुगल र स्पेनको समान ३ अंक छ भने इरानको ३ अंक छ ।  जसका कारण समूह चरणको अन्तिम खेल सम्म कुर्नपर्ने भएको छ ।

समूह ‘ए’ र ‘बी’को दोस्रो चरणको खेल समाप्ती भइसकेको छन् । विश्व कपमा बिहीबार समूह ‘सी’का २ र ‘डी’को एक गरि तीन खेल हुँदैछन् ।

समूह ‘सी’मा डेनमार्क र अस्ट्रेलिया तथा फ्रान्स र पेरुबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डी’मा अर्जेन्टिना र क्रोएसियाले एकअर्काको सामना गर्नेछन् ।  फ्रान्स र डेनमार्कले पहिलो खेल जितिसकेकाले आजको खेल जित्न सके नकआउट चरणको सम्भावना बलियो हुनेछ ।

नकआउट चरणमा पुग्ने सम्भावना बनाउनेका लागि अस्ट्रेलिया र पेरुले आजको खेलमा जित वा कम्तीमा बराबरी निकाल्नै पर्ने हुन्छ । दाबेदारका मध्ये एकका रुपमा हेरिएको लियोन मेस्सीको अर्जेन्टिनाले पनि अर्को चरण प्रवेशका लागि आजको खेलमा सफल नतिजा निकाल्नुपर्ने हुन्छ । अर्जेन्टिना पहिलो खेलमा आइसल्यान्डसँग १–१ को बराबरीमा रोकिएको थियो । क्रोएसियाले भने पहिलो खेल जितेको थियो ।
विश्व कपमा अाज
समूह सी
पहिलो खेल: डेनमार्क विरुद्ध अस्ट्रेलिया साँझ ५ः४५ बजे
दोस्रो खेल: फ्रान्स विरुद्ध पेरु राती ८ः४५ बजे

समूह डी
तेस्रो खेल :अर्जेन्टिना विरुद्ध क्रोएसिया राती ११ः४५ बजे

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?